३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
अन्य

बजार अनुगमनमा विभागको सक्रियता: एकैदिन ४२ फर्ममाथि निरीक्षण

नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ।

विभागले मंगलबार काठमाडौंको चुच्चेपाटी, जोरपाटी, चाबहिललगायतका स्थानमा एकै पटक अनुगमन गरी सुधारात्मक निर्देशन दिएको हो। बजारलाई स्वच्छ बनाउन, कानुन कार्यान्वयन गराउन र उपभोक्ता अधिकारको संरक्षण गर्न नियमित रूपमा बजार अनुगमन गरिएको विभागले प्रष्ट पारेको छ। विभागले उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा नियमित अनुगमन गरिएको प्रष्ट पारेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम विभागले ती फर्मलाई कानुनको परिपालना गरी व्यवसाय गर्न आग्रह समेत गरेको छ।

प्रकाशित: ९ वैशाख २०८३ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App