७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

खुकुरी प्रहारबाट युवकको मृत्यु

बर्दिया–खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । खुकुरी प्रहारबाट गम्भिर घाइते गोला गाविस २ जोधिपुरका ३७ वर्षीय गंगाधर चालीसेको मृत्यु भएको हो ।

चालीसेलाई घर नजिकका श्यामबहादुर बुढाले शनिबार राति खुकुरी प्रहार गरेका थिए । पिठ्यूँ र बायाँ हात छिनेको अवस्थामा उपचारका लागि बर्दिया जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको एसपी गोविन्दराम परियारले बताए ।

उनका अनुसार खकुरी प्रहार गर्ने बुढा डिएसपी दिपक बस्नेतको नेतृत्वमा खटिएको टोलीले खोजी गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान रिसिबिको कारणले चालीसेलाई खुकुरी हानेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित: १७ श्रावण २०७२ ०५:४२ आइतबार