यीमध्ये निरज २०६२ सालमा १२ वर्ष कैद र १२ लाख जरिवाना भएकोमा नौ वर्ष कैद सजाय भुक्तान गरी एक महिनाअघि पाल्पा कारागारबाट छुटेका व्यक्ति हुन्। हरिजन २०६४ सालमा हाटीवनगाईका शत्रुधन यादवलाई अपहरण गरेको अभियोगमा पा"च वर्ष कैद भुक्तान गरी २०६९ सालमा भैरहवा कारागारबाट छुटेका थिए।
विश्वास २०६५ सालमा ब्राउन सुगर र चोरी मुद्दामा सात वर्ष कैद भुक्तान गरी २०७१ सालको असोजमा पाल्पा कारागारबाट छुटेका हुन्। राजु २०६६ मा चोरी मुद्दामा ७० हजार धरौटी राख्न नसकी एक वर्ष कैद बसेर ३० हजार धरौटीमा छुटेका थिए।
यिनीहरु एक सातामा चार ठाउ"मा चोरीडकैतीका घटनामा संलग्न भएको प्रहरीको अभियोग छ।
साना हतियार प्रयोगका घटना नयाँ भने होइन।
देवदह—६, खैरेनीका ईश्वरीप्रसाद न्यौपाने फागुन १, २०७१ सा"झ खाना खाएर टिभी हेर्ने तर्खरमा थिए। दुई युवा भित्र छिरेर उनको कन्चटमा पेस्तोल ताके। पत्नी ताराले चिच्याएर गुहार माग्न थालेपछि लुटेराले भित्तामा फायरिङ गरे। न्यौपाने दम्पतीलाई कोठामा थुनेर उनीहरु पा"च तोला सुन र केही नगद लुटेर हिँडे। घटनापछि पुगेको प्रहरीले कटुवा पेस्तोलको एउटा गोली बरामद गर्यो ।
भैरहवाका युवा आकाश गुरुङलाई अपहरण गरी हत्या गर्ने समूहको खोजी गर्दै हिँडेको प्रहरी टोली र एउटा समूहबीच मंसिर ६, २०७१ मा रुपन्देहीको विष्णुपुरामा जम्काभेट भयो। प्रहरीबाट फुत्किन समूहका एक सर्फराज खानले फायर खोले। प्रहरीको जवाफी फायरमा सर्फराज उनी ढले, सँगै रहेका अन्य तीन जनाले हात उठाएर आत्मसर्मपण गरे। प्रहरीले उनीहरुको खानतलासी गर्दा नौ एमएमको दुई थान पेस्तोल र एक थान रिभल्बर बरामद गर्योस।
साना हतियार प्रयोगले भएका यी प्रतिनिधि घटना मात्रै हुन्। पहिले चोरी र लुटपाटमा चक्कु, खुकुरीजस्ता घरेलु हतियार प्रयोग हुन्थे। केही वर्षयता सामान्य खालका अपराधमा पेस्तोलजस्ता गोली पड्कने हतियार अत्यधिक प्रयोग हुन थालेको छ।
लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी गणेश केसीका अनुसार गोली चल्ने साना हतियार प्रयोगले समाजलाई सजिलै आतंकित बनाउन सकिने भएकाले अपराधीले साना हतियार प्रयोग बढाएका हुन्।
'सस्तोमा सजिलै किन्न सकिने र बोक्न पनि सजिलो भएकाले पेस्तोलको प्रयोग बढेको हो,' उनले नागरिकसँग भने।
भारतीय बजारमा सजिलै पाइने स्थानीय उत्पादनका हतियार खुला सीमाको फाइदा उठाउँदै यहाँ सजिलै आइपुग्छ। १० हजारदेखि ४० हजार भारतीय रुपैंयाँसम्ममा भारतीय हतियार कारोबारीले यतै हतियार ल्याइदिन्छन्। असार १७ को डकैती घटनामा पक्राउ परेका निरज गुरुङले एक जना भारतीय कारोबारीसँग कपिलवस्तुको चन्द्रौटा पुगेर हतियार किनेको प्रहरीसमक्ष खुलासा गरे।
एउटा सिक्सरलाई २० हजार भारतीय रुपैयाँका दरले ४० हजारमा दुई थान सिक्सर र ३५ हजार रुपैयाँका दरले दुई थान पेस्तोल जेठ १८ गते चन्द्रौटामा किनेको बयान गुरुङले प्रहरीलाई दिएका छन्।
कपिलवस्तु र रुपन्देहीको प्रहरी नेतृत्व सम्हालिसकेका एसएसपी विक्रमसिंह थापाका अनुसार नेपाल र भारतबीचको खुला सीमाका कारण दुवैतिरका आपराधिक प्रवृत्ति व्यक्तिबीचको सहज सम्पर्कले साना हतियार ओसारपसार र प्रयोग बढेको हो।
गत वर्ष भदौ २८ मा भैरहवाबाट अपहरित गुरुङको असोज ११ मा नवलपरासीको माकरस्थित सामुदायिक वनक्षेत्रमा शव भेटियो। अपहरणपछि लाखौं रुपैयाँ फिरौती मागेका अपहरणकारीले फिरौती नपाएको आवेगमा छातीमा गोली हानी गुरुङको हत्या गरे। गुरुङको हत्या गर्नुअघि अपहरणकारीले परिवारजनलाई कन्चटमा पेस्तोल ताकेको तस्बिर पठाएका थिए।
'अपहरणकारीले कन्चटमा ताकेको कटुवा पेस्तोल थियो,' रुपन्देहीका एसपी राजेन्द्र ढकालले भने, 'यो घटनामा संलग्न आधा दर्जन अभियुक्तमध्ये एक जना सर्फराज खान भारत, ठुटेवारीका हुन् जो विष्णुपुरामा मंसिर ६ मा प्रहरी घेरामा परेर मारिए।
लुम्बिनी अञ्चल प्रहरी कार्यालयको तथ्यांकअनुसार गएको तीन वर्षमा कपिलवस्तुमा ३७, नवलपरासीमा ६ र रुपन्देहीमा १८ थान गरी ६१ थान साना हतियार बरामद भए। यी हतियारसँगै कपिलवस्तुमा ३३, नवलपरासीमा ८ र रुपन्देहीमा २४ गरी ६० जनालाई प्रहरीले हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार मुद्दा दायर गर्योम। यो ऐनले तीनदेखि पा"च वर्ष कैद सजायको व्यवस्था गरेको छ।
एक प्रहरी अधिकारीका अनुसार प्रमुख जिल्ला अधिकारीले हेर्ने हातहतियार तथा खरखजाना मुद्दामा राजनीतिक दबाब धेरै हुन्छ। राजनीतिक दलनिकट गुन्डा र डनले हतियार बोक्ने र उनीहरु हतियारसहित पक्राउ परेपछि छुटाउन सिडिओलाई चर्को दबाब आउने हुन्छ। राजनीतिक दबाब झेल्ने सिडिओले खुरुखुरु मुद्दामा हदैसम्मको फैसला गर्छन् तर दबाब झेल्न नसक्ने सिडिओले सकेसम्म सफाइ वा न्यून सजाय हुने गरी फैसला गर्छन्।
साउन ४, २०६७ मा ९ एमएमको एउटा पेस्तोलसहित प्रहरीले रुपन्देहीको कोटिहवाबाट भारतको महाराजगन्जका राहुलप्रताप सिंह, ओपी हरिजन र रुपन्देहीको मझगावाका वरकत अली मुसलमान पक्राउ परे। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार राहुल र ओपी हतियार कारोबारी थिए, वरकत हतियार देखाएर धम्क्याउँदै फिरौती असुलीमा संलग्न थिए।
कांग्रेसको मुश्लिम संगठनको रुपन्देही जिल्ला सचिव रहेका वरकतले राजनीतिक आड पाइहाले, उनी पक्राउ परेको नौ महिनामै जेलमुक्त भए। उनीसँगै हतियार कारोबारी राहुलप्रताप र ओपी पनि थुनामुक्त भए। त्यसबेला कांग्रेस, रुपन्देहीले वरकतलाई नछाडिए आन्दोलन गर्ने चेतावनीसहितको विज्ञप्ति नै निकाल्यो।
प्रहरीले माघ दोस्रो साता, २०६७ मा भे१च ९२७ नम्बरको सेतो बोलेरो गाडी बुटवलको अस्पताल लाइनबाट बरामद गर्योी। गाडीचालक दिनप्रसाद उप्रेती ब्ल्युबुक लिएर आउँछु भनेर हिँडेका फर्केर आएनन्। चोरीको गाडीमा खानतलासी गर्दा प्रहरीले नौ एमएमको पेस्तोल बरामद गर्योु। गाडीधनी दाङको त्रिभुवननगरपालिकाका एमाले कार्यकर्ता किशोर केसी प्रहरीले मुद्दा दायर गरेको केही समयसम्म लुकिछिपी हिँडे। सिडिओले धरौटीमा छाड्ने फैसला गर्ने भएपछि उनी सिडिओ कार्यालय हाजिर भए। एमालेको आडमा केसी पनि जेलमा बसिरहनु परेन।
अनुभवी प्रहरी अधिकृतको भनाइमा ऐन कमजोर छ, यही कमजोर ऐनमा टेकेर सिडिओले धमाधम अभियुक्तलाई उन्मुक्ति दिँदै आएका छन्।
वरकत अली मुसलमान राजनीतिक दबाबमा नौ महिनामै जेलमुक्त भएको तीन महिना नपुग्दै २०६८ असारमा पुनः पक्राउ परे। हतियार देखाएर धम्क्याउँदै चन्दा असुलेको अभियोगमा प्रहरीले मुद्दा दायर गर्योा।
एक वर्षपछि ६० हजार धरौटीमा वरकतलाई छाड्ने फैसला भयो। हतियार मुद्दामा जेलमै भएको बेला मर्चवारका १० वर्षीय दिवाकर यादवको अपहरण गरी हत्या भएको घटनामा प्रहरीले वरकतलाई पनि दोषी देख्यो। घटनामा संलग्न अभियोगमा प्रहरीले वरकतलाई मुद्दा दायर गरेपछि उनी फन्दामा परे। अहिले उनी पुर्पक्षका लागि थुनामा छन्।
साना हतियार प्रयोगले तराईको नेपाली समाजमा अपराध बढेपछि प्रहरीले भारतीय प्रहरीसँग सहकार्य गरी नियन्त्रणको पहल पनि गर्दै आएको छ। पटकपटक सीमा सुरक्षा अधिकारीको बैठकमा यसबारे नेपाली पक्षले कुरा उठाउँदै आएको छ।
'हामीले सीमा सुरक्षा अधिकारीको बैठकमा यसबारे कुरा उठाउँदै आएका छौं, साना हतियार नियन्त्रण मिलेर गर्नुपर्छ भन्नेबारे छलफल गर्दै आएका छौं,' रुपन्देही एसपी ढकालले भने।
नेपाली प्रहरी अधिकारीले बैठकमा कुरा उठाए पनि यसको नियन्त्रण गर्न नेपाल र भारतका प्रहरीबीच सहकार्य दरिलो हुन सकेको छैन। बैठकमा नेपाली सुरक्षा अधिकारीले हतियार र लागुऔषध कारोबार नियन्त्रण गर्न कुरा राख्दा भारतीय सुरक्षा अधिकारीले नेपाली रक्सी भारतीय बजारमा पुगेको र भारतीय नक्कली नोटको कारोबार रोक्नेबारे कुरा उठाउँछन्।
'दुई देशका सीमा सुरक्षा निकायबीचको दरिलो सहकार्यबाट मात्रै हतियार नियन्त्रण प्रभावकारी बन्नसक्छ,' लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी केसीले भने। फितलो हातहतियार तथा खरखजाना ऐनलाई बलियो बनाउने र जेलबाट मुक्त भएपछि समाजमा पुनःस्थापना कार्यक्रम चलाउन सके पुनः अपराधको बाटोमा लाग्ने सम्भावना कम हुने र हतियार प्रयोग पनि घट्ने उनको भनाई छ।
प्रकाशित: २३ असार २०७२ १९:०४ बुधबार





