coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

६२ लाखको हुण्डी चेकसहित ट्राभल संचालक पक्राउ

काठमाडौं–हुण्डीबाट रकम ओसार पसार गरेको अभियोगमा प्रहरीले देवु ट्रालभ एजेन्सीका दुई जनालाई ६२ लाखको चेकसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले लव नेपाल र दलबहादुर पुनलाई १२ लाख र ५० लाखको चेकसहित सोमबार पक्राउ गरेको हो।वृत्त प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरुले काठमाडौं मलमार्फत हुण्डीको कारोबार गर्ने सूचनाका आधारमा निगरानीपछि चेकसहित पक्राउ गरिएको हो। पक्राउ दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। पछिल्लो समय हुण्डी कारोबार बढेको सुरक्षा विष्लेषणपछि महानगरीय प्रहरी अपराध माहाशाखाले समेत पटक पटक हुण्डी कारोबारी पक्राउ गर्दै आएको छ।

प्रहरी स्रोतका अनुसार न्युरोड, मखनटोल क्षेत्र, दरबारमार्ग, स्वयंभू र बौद्धक्षेत्रमा बढी हुण्डी कारोबारी सक्रिय छन्। सुन तथा डलर तस्करी र सट्टेबाजीको रकम नेपाल बाहिर लैजान र रेमिट्यान्सको रकम गैरकानुनी आर्थिक प्रक्रियामार्फत नेपाल भित्र्याउन उनीहरु सक्रिय देखिएको अनुभवी प्रहरी अधिकारी बताउँछन्।

प्रहरी अनुसन्धामा प्रभावशाली व्यापारीसमेत हुण्डी कारोबारमा संलग्न रहेको खुलेपनि उनीहरु विरुद्ध प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउन सकेको छैन । विमानस्थलमार्फत प्रहरीकै संलग्नतामा भएको विदेशी मुद्रा तस्करी घटनाको अनुसन्धानमा सो प्रकरणमा मुछिएका सुन कारोबारीहरु हुण्डी कारोबारमासमेत संलग्न रहेको भन्दै उनीको गतिविधिको विस्तृत अनुन्धान गर्न प्रहरीको छानविन समितिले सिफारिस गरेपनि प्रहरी आफैंले आफ्नै सिफारिस अझै कार्यान्वयन गरेको छैन्।

प्रकाशित: ६ वैशाख २०७३ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App