२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

फिरफिरे लिएर अाए बुद्धिसागर

काठमाडौं— चर्चित उपन्यास कर्णाली ब्लुजका लेखक बुद्धिसागर दोस्रो उपन्यास पाठक समक्ष आउन लागेका छन्। कर्णाली ब्लुज प्रकाशित भएको पाँच वर्षपछि उनको दोस्रो उपन्यास फिरफिरे पाठक समक्ष आउन लागेको हो।

फिरफिरे आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विमोचन हुने भएकाे छ।

लामो समयको परिश्रमपछि पुस्तक पाठकको हातमा पर्न लागेकामा बुद्धिसागरले खुशी व्यक्त गरे। 'दोस्रो पुस्तक लेखकको प्रतिभा जाँच्ने कसीका रुपमा हेरिने भएकाले पनि फिरफिरेको परिणाम कस्तो हुने हो भनेर कौतुहुल भइरहेकाे छ' उनले भने। याे उपन्यासकाे प्रकाशक पनि फाइन प्रिन्ट नै रहेकाे छ। पाँच वर्षअघि फाइन प्रिन्टले नै उनकाे पहिलाे उपन्यास कर्णाली ब्लुज प्रकाशित गरेकाे थियाे।

'कर्नाली ब्लुजले पाठकको मनमा जुन छाप छोड्न सफल भएको थियो त्यो छाप कायम गर्न फिरफिरे सफल हुनेमा म विश्वस्त छु', फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीले भने।

फिरफिरेको कथावस्तु आधारित गीतको म्युजिक भिडियो पनि बनाइएको छ। म्युजिक भिडियोको गीत बुद्धिसागर आफैँले लेखेका हुन्। गीतमा कालीप्रसाद बास्कोटाले संगीत र आवाज दिएका छन्। त्यसलाई अनुप बरालले निर्देशन गरेका हुन्।

भिडियाे

५४२ पृष्ठको पुस्तकको मुल्य ५४२ रुपैयाँ रहेको छ।

 

प्रकाशित: ५ माघ २०७२ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App