२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

जीवनको लय

भूकम्पीय जोखिमका दृष्टिले खतरामा रहेको काठमाडौंमा ठूलो भूकम्प आएको खण्डमा अकल्पनीय क्षति हुने विज्ञहरूले अनुमान गरेका थिए। वैशाख १२ गतेको महाभूकम्पले काठमाडौंसँगै धेरै जिल्लामा हजारौंको ज्यान लियो। करोडौं भौतिक धनसम्पत्ति नष्ट भए। यो यस्तो प्राकृतिक विपत्ति हो, यसको पूर्वानुमानबारे आजका दिनसम्म बताउन सकेका छैनन्। यस्तो विपत्ति नआउनुपर्ने थियो, आइछाड्यो। आखिर प्रकृतिको गतिलाई कसले रोक्न सक्ने र!तस्बिरमा देखिएकी रुकुम तकसेराकी लइना बुढामगर बस्दै आएको काठमाडौं सितापाइलास्थित डेराघर पनि भत्कियो। महाभूकम्पको तेह्रौं दिन उनी त्यही घरको भग्नावशेषबाट सरसामान बटुलेर नजिकैको अस्थायी बसोबास स्थलतिर ओसार्दै थिइन्। उनको अनुहारमा दुःखको लेश पनि थिएन। लाग्छ, हामी नेपाली मनभित्र दुःख लुकाएर हाँस्न सक्छौं। दुःख मानेर बस्ने होइन, दुःख चिरेर सुखको खोजीमा पो लाग्नुपर्छ। सायद यी महिला अब पीडा भुलेर जीवनको लय समात्न खोज्दै छिन्।

प्रकाशित: २५ वैशाख २०७२ २०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App