१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सागसब्जी सेवन गरौं, निरोगी बनौं

रुविआ पराजुली

रुविआ पराजुली

कक्षा: ६, बुढानिलकण्ठ स्कुल, काठमाडौं  

मानिसको मुख्य आवश्यकता गाँस, बास र कपास हुन् । हामीले पोषिलो र स्वस्थकर खाना खानुपर्छ । यस्तो खानाले निरोगी भइन्छ । सागसब्जीबाट हामीलाई शक्ति प्राप्त हुन्छ । खानेकुरामा स्वाद मात्र होइन, पौष्टिकतत्व पनि अनिवार्य हुनुपर्छ ।  

‘हरियो सागसब्जी खाउ’ भनेर हजुरबुबा, हजुरआमा र आमाबाबाले सधैं जोड गर्दा म सोध्थें, ‘किन यति धेरै कर गर्नुहुन्छ ?’ उहाँहरू भन्नुहुन्थ्यो, ‘हरियोपरियो खाएमा  आँखा तेजिला बन्छन् । रोग पनि लाग्दैन ।’  

हरिया सब्जी र फलफूलबाट शरीरका लागि आवश्यक भिटामिन, प्रोटिन, कार्बोहाइडे«ट र खनिजतत्व पाइन्छ । जुन तत्व शरीर विकास गर्न र रोगसँग जुध्ने क्षमता बढाउन आबश्यक हुन्छ ।  

हामीले बजारका सागसब्जी किनेर खाने गरेका छौं । तीनमा विषादी राखेर टलक्क टल्काइएको हुन्छ । त्यस्तो खाद्यान्न स्वास्थ्यका लागि हानीकारक हुन्छ । 

हामी कोरोना भाइरसका कारण लकडाउनमा छौं । यस्ता रोगसँग लड्न पनि सागसब्जी धेरै खानुपर्छ । जसरी वातावरण स्वस्थ राख्न बोटविरुवाको महत्व छ त्यसरी नै शरीर स्वस्थ तथा तन्दुरुस्त राख्न सागसब्जी नभई हुँदैन । काउली, ब्रोकाउली, गाजर, पालुंगो, साग, मुला, मेथी, रायो, चम्सुर, फर्सि,  लौका, घिरौंला, करेला, गोलभेंडा, लसुन, प्याज, खुर्सानी, स्कुस, भिण्डी, बोडी, भान्टा, सिमी, केराउ, अदुवा, पुदिना, धनियाँ, न्यूरो, काँक्रो, कुरिलोजस्ता सागसब्जीको हामीले विभिन्न ऋतुमा उपयोग गर्छौं । माछामासु र अण्डा नखाएर त मानिस बाँच्न सक्छन् । तर, सब्जीविना त हामी जीवनको कल्पनै गर्न सक्दैनौं ।

सागसब्जीबाट फाइबर पाइन्छ । रेशादार खानेकुरा खानाले पाचन प्रणाली राम्रो हुने, मुटु रोग, रतन्धो, मोटोपन, क्यान्सर, कोरोना जस्ता रोगबाट बच्न सकिन्छ । सागसब्जी खान अड्कल्नु पर्दैन । धेरै खाँदा पनि हानी गर्दैन । हाम्रा पूर्खा जनावर खाने, जनावरका छाला लगाउने र जंगलमै बस्ने गर्थे । जब मानिस क्रमशः कृषि युगमा प्रवेश ग¥यो तब उसले खेतीपाती थाल्यो । सागसब्जी र अन्य कृषि बालीको बारेमा मान्छेले ज्ञान बटुल्दै गयो ।  

आजका मान्छे घरबारी, करेसाबारी, कौसी र गमलामा समेत सागसब्जी रोप्छन् । हाम्रो स्वास्थ्य भान्सासँग जोडिन्छ । त्यसैले भान्सामा हरिया सागसब्जी तथा ताजा फलफूल प्रयोग गर्न सक्यौं भने हामी स्वस्थ्य रहन सक्छौं ।  

हामीले बजारका सागसब्जी किनेर खाने गरेका छौं । तीनमा विषादी राखेर टलक्क टल्काइएको हुन्छ । त्यस्तो खाद्यान्न स्वास्थ्यका लागि हानीकारक हुन्छ ।  

हामी घरबाट निस्किने र कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउन सक्छौं । यसरी मल करेसाबारीमा सदुपयोग गरे तकारी मौलाउँछ । वरपरको वातावरण पनि राम्रो हुन्छ ।  

सागसब्जी उपयोग गर्ने बानी विकास गर्दै गयौं भने हामी पनि क्रमशः शाकाहारी बन्दै जान्छौं । अनि त जनावर मारेर खाने चलन पनि हराउँदै जान्छ । हामी सबैको मनमा शान्ति छाउँछ र गाउँठाउँमा सकारात्मक परिवर्तन ल्याउन पनि सक्छौं । लकडाउनमा त सागसब्जीको झनै ठूलो महत्व छ । कोरोना भाइरस जनावरबाट सरेको भन्ने सुनिन्छ । यस्तै बर्डफ्लु, स्वाइनफ्लु, रेविज जस्ता रोग पनि जनावरबाटै सर्छन् । सागसब्जीबाट भने हामीलाई रोग सर्दैन । हामी त यसबाट रोगविरुद्ध लड्ने तागत पो पाउँछौं ।  

लकडाउनमा घर बाहिर निस्किन नपाए पनि करेसाबारी वा अन्य जग्गामा सागसब्जी लगायौं भने सजिलो हुन्छ । बाहिर जानु नपरेपछि दुइटा फाइदा हुन्छ । पहिलो त कोरोना सर्ने डर भएन । दोस्रो विषादी नराखेका र आफैंले उब्जाएका सागसब्जी खान पाउँदा स्वस्थ्य पनि भइन्छ । पैसा पनि जोगिन्छ । त्यसैले सागसब्जी सेवन गरौं । निरागी बनौं ।  

प्रकाशित: २३ जेष्ठ २०७७ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App