७ वैशाख २०८१ शुक्रबार
अन्य

बलियो बनाउने सागसब्जी

विभूषी तिमिल्सिना  
कक्षा: १०, मदरल्याण्ड मावि, पोखरा।

प्रायः सबै नेपालीको घरमा बिहान र बेलुकाको खानामा सागसब्जी प्रयोग गरिन्छ। ढुंगे युगमा कन्दमुल खाँदै आएका हाम्रा पूर्खाले कृृषि युगमा आएपछि आफ्नै खेतबारीमा सागसब्जी उत्पादन गरेर खान थाले र आज हामी पनि खाँदै आएका छौं। सागसब्जीको महत्व हामी सबैलाई थाहा नभएको होइन। त्यसको महत्व थाहा भएकाले हामीले सागसब्जीलाई खानामा निरन्तरता दिँदै आयौं।  

साँच्ची नै सागसब्जीका थुप्रै अचुक फाइदा छन्। काउली र बन्दामा पाइने फोलिक एसिड, पोटासियम, ब्रोकाउलीमा पाइने भिटामिन सि लगायत अरू सब्जिमा पाइने क्याल्सियम, भिटामिन र पौष्टिक तत्व हाम्रो शरीरलाई स्वस्थ राख्न अत्यन्त आवश्यक भएको हुनाले खानामा सब्जी निकै महत्वपूर्ण हुन्छ। त्यसैगरि खेतबारीमा उत्पादन हुनेथिएँ, तोरी, मेथी, चम्सुर, पालुंगो लगायतका सागको प्रयोगबाट शरीरले प्रशस्त मात्रामा भिटामिन र फाइबर जस्ता पोषक तत्व प्राप्त गर्दछ। यसले पाचन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ। हरियो सागपात निरन्तर खानाले आँखाको ज्योती तन्दुरुस्त रहन्छ। त्यसैले हामीले नियमित रुपमा खानामा सागसब्जी खानुपर्छ। 

शरीरको रोग प्रतिरोधी क्षमता बढाउन सागसब्जीले मद्दत गर्छ। साथै यसले पाचन प्रणालीलाई समेत सहयोग पु-याउँछ। 

त्यति मात्र कहाँ हो र, सागसब्जीमा एंटिअक्सिडेनट, रोग प्रतिरोधि तत्व र कलेजोमा जम्मा हुने बिषाक्त तत्वलाई नष्ट गर्ने अन्य तत्व प्रशस्त मात्रामा पाइन्छ। विश्व व्यापीरुपमा कोरोना भाइरसको माहामारीसँग जुझ्ने सन्दर्भमा मानिसको शरीरमा हुने प्रतिरोध शक्तीबारे ठूलो चर्चा हुने गरेको छ। मानिसको शरीरको प्रतिरोध शक्ती बढाउने काम सागसब्जीले गर्छ। सागसब्जी खाँदैमा कोरोना लाग्दैन भन्न खोजेकी त होइन र यसले कोरोना निको पार्ने पनि हैन। हामीलाई थाहा छ कोरोना निको पार्ने औषधि अहिलेसम्म पत्ता लागेको छैन। तथापी, सन्तुलित खानाको माध्यमबाट प्रतिरोधात्मक शक्ती बिकास हुन्छ जसले कोरोना मात्र नभई जस्तोसुकै रोगसँग  पनि लड्न मानिसलाई मद्धत गर्छ। र त्यो सन्तुलित खानामा सागसब्जी अपरिहार्य हुन्छ।  

अर्को कुरा सागसब्जी र रेशेदार खाद्यान्न एवं फलफूलले शरीर भित्रको फोहोर सफा गर्ने झाडुको काम पनि गर्छ। सागसब्जीमा छोक्राबोक्रा हुन्छ।  

अन्त्यमा, गरुड पुराणमा पनि एउटा श्लोक छ, ‘अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च। दिवाशयो जागरणं च रात्रौ षड्भर्नराणां निवसन्ति रोगाः। अर्थात् सरल शब्दमा भन्नुपर्दा माथिको अर्थ हो कि दिनचर्यामा लापरवाही गर्नाले  तपाइँ गम्भीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ। त्यसैले दैनिक सागसब्जी खान नभुलौ नत्र रोग प्रतिरोधी क्षमता घट्दै गएर हामी रोगको शिकार बन्न सक्छौं। त्यसैले आफु पनि स्वस्थ रहौं, परिवारलाई पनि स्वस्थ राखौ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App