२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

नडराउनुस ल !

यमुना पराजुली अधिकारी

प्यारा नानीबाबुहरु,  यो लकडाउनको समयमा तपाईंहरुका दिन कसरी बितिरहेका छन ? कोरोना भाइरसको आतंकले गर्दा हामीहरु सहित विश्वका अरबौ मान्छेहरू घरभित्रै कैद हुन बाध्य छौ । चिनको वुहानबाट सुरु भएको यो भाइरस अहिले  विश्वभरि घुमिरहेको  छ । यो त तपाईंहरुले टिभिमा हेरेर , रेडियो सुनेर पत्रपत्रिका पढेर थाहा पाइनै रहनुभएको छ पक्कै ।  

बरु तपाईहरु पो घरभित्र कसरी बसिरहनु भएको छ ?  कतै मोबाइल टिभी लगायतका ग्याजेटहरुमा मात्र त भुलिरहनुभएको छैन ? पक्कै छैन होला तपाईहरु त ज्ञानी हुनुहुन्छ । तपाईंहरुलाई थाहा छ ग्याजेटहरुले आँखा छिटो बिगार्छ । अनि, अरु के काम गरिरहनुभएको छ ?  बुक पनि कति पढ्नु है । दिक्क पनि लाग्छ नि । अनि साँच्चि तपाईंहरुसँग बालकथा, कविता र गीतहरुका बुकहरु त छन होला नि है ? ती पनि पढिरहनुभएको होला । यी बुक्समध्ये तपाईंहरुलाई कुन विधाको बुक मन पर्छ त्यो पढ्ने गर्नुस ल । यो फुर्सदको समयमा । 

 अर्को कुरा तपाईहरुलाई पकाउन कतिको रहर लाग्छ ? यदि खाना बनाउन सिक्न चाहने हो भने यो समय निकै उपयुक्त  छ । आफ्नो अभिभावकको सहयोगले तपाईहरुले आफुलाई मनपर्ने खानेकुरा बनाउन सिक्न सक्नु हुने छ । अनि  नाच्न , ड्रइङ  गर्न  र घरको सरसफाइमा अभिभावकलाई पनि सघाउन सक्नु हुनेछ ।

 यो विपत्तिलाई तपाईहरुले एउटा अवसरको रुपमा लिनु हुनेछ भन्ने मैले विश्वास लिएकी छु ।  अनि तपाईंहरुलाई कत्तिको डर लागेको छ ।  नडराउनुस ल । घरभित्रै सुरक्षित बस्नुस । आत्मविश्वास दर्हो बनाउनुस , पानी प्रसस्त पिउनुहोस घरभित्रै बसेपछि कोरोना भाइरसले छुन सक्तैन । अ अनि टाइम टाइममा हात धुन बिर्सिन्नु हुन्न भन्ने पनि मलाई विश्वास छ । हातधुने सरसफाइमा ध्यान दिने गर्नाले पनि कोरोना भाइरसबाट हामी सुरक्षित हुनेछौ । 

सबैभन्दा ठूलो कुरा आत्मबल बलियो बनाउनुपर्छ । बिरामी भएर तपाइहरुकै सात वर्षकी साथी पनि त औषधि गरेर निको भएर घर फर्किसक्नुभयो नि होइन ? नकारात्मक मात्र सोच्नु हुन्न सकारात्मक सोचाइले पनि हामीलाई आत्मविश्वासी बनाउँछ । अनावश्यक रुपमा बाहिर जानुको सट्टा केही कृयटिभ कामहरु गरेर घरमै बस्नुस ल ।  अनि बिलकुल नडराउनुस । सकारात्मक सोच्नुस रमाइलो गर्नुस घरमै बस्नुस है ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App