५ वैशाख २०८१ बुधबार
अन्य

मनमोहक पन्छी

लुम्बिनीमा सारस । तस्बिर: अमृत भादगाउँले

आयुष्मा तिवारी

कक्षा: ७

अक्सिडेन्टल पब्लिक स्कुल

अनामनगर, काठमाडौं  

चरा कति प्रजातिका हुन्छन् ? चराको संख्या किन घटिरहेको छ ? चरा हाम्रो लागि किन आवश्यक हुन्छन् ? हामीले चराको संरक्षण किन गर्नु पर्छ ? चरा संरक्षण कसरी गर्न सकिन्छ ? पृथ्वीमा चरा नभइदिएको भए के हुन्थ्यो होला ? धेरै चरा कसरी मर्छन् ? नेपालमा कम पाइने प्रजातिका चरा कुन् हुन् ?

ल ! अब यी प्रश्नका उत्तर पढौँ । सबै देशका आ–आफ्नै राष्ट्रिय चरा हुन्छन् । त्यस्तै नेपालको राष्ट्रिय चरा डाँफे हो । यो हिमाली भेगमा पाइन्छ । डाँफे जस्तै धेरै चराले गर्दा वातावरण रमणीय हुन्छ ।

आयुष्मा तिवारी

नेपालमा धेरै प्रजातिका चरा पाइन्छन् । विश्वमा चराका १० हजार जति प्रजाति पाइन्छन् । तीमध्ये धेरै चरा लोप हुने अवस्थामा छन् । कुनै चरा बढी गर्मीका कारण मर्छन् भने कुनै मानिसले सिकार गरेर । चराको सिकार मासुका लागि मात्र गरिन्छ । कतिपय चरा बिरालाका सिकार बन्छन् । यिनै कारणले गर्दा चराको संख्या घटिरहेको छ ।

मलाई लाग्छ कोइलीको मीठो बोलीले मानिसलाई गाउन सक्ने बनाएको हो ।

चरा हाम्रो लागि अति आवश्यक जिव हुन् । चराले हाम्रो वरिपरि सौन्दर्य बढाएका हुन्छन् । चराले प्रकृतिको जीवनचक्रलाई सन्तुलित बनाउँछन् । चराले गर्दा नै यहाँ थरिथरिका विरुवा उम्रन्छन् । चरा खाद्य श्रृङ्खलाका मुख्य पात्र हुन् । चराले परागकणमा पनि भूमिका निवार्ह गर्छन् ।  

हामीले चराको संरक्षण गर्नुपर्छ । बिरालोलाई चरा नजिक जान दिनु हँदैन । छतमा चराका लागि चारो छरिदिनुपर्छ । यसो गर्दा चरा मानिससँग नजिकिँदै जान्छन् । हामीले हाम्रो आँगन वा खेतमा कुनै प्रकारको औषधी छर्नु हुँदैन । औषधीले गर्दा चराको ज्यान जान सक्छ । हामीले चराको गुँडबाट झिकेर बचेरालाई हातमा लिनु हुँदैन ।  

हामीले प्लास्टिकको प्रयोग पनि कम गर्नुपर्छ । चराको पेटमा प्लास्टिक गयो भने उसको ज्यान जान्छ । गाडि चलाउँदा जहिले पनि कम गतिमा चलाउनुपर्छ । गति बढि छ भने चरा गाडिमा ठोक्किएर मर्न सक्छन् । हामीले चरा सिकार गर्नुहुँदैन । उनीहरूको बासस्थना जङ्गलको विनाश गर्नु हुँदैन ।  

पहिलेपहिलेको तुलनामा अहिले चरा कम देखिन्छन् । सुगा, बुलबुल, चखेवा, उल्लु जस्ता धेरै चरा लोप हुनेक्रममा छन् । कतिपय चरा हराइसके । यिनीहरूको संरक्षण, गर्ने कर्तव्य हाम्रो हो ।  

चरा प्रकृतिका अनुपम उपहार हुन् । तिनको सुन्दर आवाजले सबैलाई मुग्ध  बनाउँछ । मलाई लाग्छ कोइलीको मीठो बोलीले मानिसलाई गाउन सक्ने बनाएको हो । भँगेराको चिरबिर आवाज, मयुरको फिँजारिएको पखेँटा, नौरङ्गी डाँफे, यिनीहरूको सुन्दरताको अगाडि सबै कुरा खल्लो अनुभव हुुन्छ ।

चरा सानादेखि ठूला सबै प्रकारका हुन्छन् । सानो बट्टु चरादेखि ठूलो अस्ट्रिच सम्म देख्न पाइन्छन् । यी प्रकृतिका सुन्दर पन्छी मनमोहक र आनन्ददायी हुन्छन् । त्यसैले पनि यिनको संरक्षण गर्नु हाम्रो दायित्व हो ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App