नाम्छिहाङ र दीपिका एउटै स्कुलमा पढ्थे । कोरोना रोग पैmलन थालेकोले यसपालि परीक्षा चाँडै सकियो । उनीहरू गाउँ कहिले जाने भनेर सल्लाह गर्दै थिए । दीपिकाले भनी, ‘गाउँ जानुपर्छ अब । परीक्षा पनि सकिइहाल्यो ।’
नाम्छिहाङले भन्यो, ‘हाम्रो मामा चीनबाट आउँदै हुनुहुन्छ । उहाँ चीनमा पढ्न जानुभएको । मामा आएपछि हामी पनि गाउँ जाने । सँगै जाउँला नि ।’
नाम्छिहाङकी आमाले उनीहरूको कुरा सुनिरहनुभएको थियो । उहाँले दुवैलाई एकएक ओटा स्याउ दिंदै भन्नुभयो, ‘होहो, नाम्छिहाङको मामा आउँदै छन् । ल यो खुसीमा स्याउ खाऊ है ।’
भोलिपल्ट नाम्छिहाङले आमालाई भन्यो, ‘आमा, आज त मामा आउने दिन हगि ! अहो, मामा कतिबेला आइपुग्नु होला ?’
आमाले भन्नुभयो, ‘हो त, आज मामा आउने दिन । सुन त, तिमी दीपिकासँग खेल्न जाँदा पूmल पनि बटुलेर ल्याऊ है । मामालाई माला लगाएर स्वागत गर्नुप¥यो नि, होइन ?’
नाम्छिहाङ दीपिकाकोमा जान खोज्दै थियो । उसकी बहिनी निनुङमाले पछ्याउन खोजी । उसले बहिनीलाई सम्झाउँदै भन्यो, ‘ज्ञानी भएर बस है । म छिट्टै आइहाल्छु नि ।’
नाम्छिहाङले अर्को माला बहिनीलाई लगाइदियो र भन्यो, ‘बहिनी, यो माला तिम्रा लागि फूलको गहना भयो । यो गहनाले तिमी कति राम्री देखिन्छ्यौ हगि ।’
नाम्छिहाङ दीपिकाकोमा गयो । उसलाई देखेर दीपिका र प्रशान्त औधी खुसी भए ।
वसन्त ऋतुको समय, घाम लागिरहेको थियो । दीपिकाहरू बस्ने डेराअघि खाली खेत थियो । त्यहाँ असारमा मात्रै धान रोपिन्थ्यो । त्यहीं आलीकान्लातिर पूmल फुलिरहेका थिए ।
नाम्छिहाङले भन्यो, ‘अहो, कति राम्रो फूल ! दीपिका, यो फूल टिपौं न । आज हाम्रा मामालाई लगाइदिन माला बनाउने ।’
प्रशान्त बीचमै प्वाक्क बोल्यो, ‘फूल टिप्दा खेतधनीले देखे कराउलान् नि । अहिले हामीसित सियोधागो पनि छैन । कसरी उन्ने माला ?’
दीपिकाले सम्झाउँदै भनी, ‘साँच्चि नाम्छिहाङ, हामीसित सियो र धागो नै छैन । कसरी उन्ने माला ?’
नाम्छिहाङले भन्यो, ‘धागो त छ मसँग । सियो भने घोच्ला भनेर आमाले ल्याउनै दिनु भएन । अब यसो गरौं न । पूmल टिपौं । अलिअलि दूबो पनि टिपौं । दूबो र पूmललाई धागोले मिलाएर बाँध्दैबाँध्दै माला बनाउने नि । सियो नभए नि बन्छ माला ।’
नभन्दै केहीबेरमा उनीहरूले माला गाँस्न पुग्ने पूmल टिपे । चउरमा गएर हरियो दूबोको मुन्टा पनि टिपे । नाम्छिहाङ धागो मिलाईमिलाई पूmल र दूबोलाई मालामा बाँध्न थाले । दीपिकाले पूmल र दूबो चिम्टीमा मिलाईमिलाई दिई । प्रशान्तले पनि दुवै जनालाई सकेको सहयोग ग¥यो । एउटा लामो माला बनाएर पनि पूmल र दूबो अझै बढी भयो । उनीहरूले अर्को सानो माला पनि बनाए । त्यो सानो मालाचाहिँ नाम्छिहाङकी बैनी निनुङमालाई लगाइदिने सल्लाह मिलाए ।
अब उनीहरू तीनै जना हातमा सानो र ठूलो माला बोकेर मामा आउने बाटो हेर्न थाले । धेरैबेर कुर्दाकुर्दा पनि मामा नआएपछि उनीहरू घर फर्कने सुर गर्दै थिए ।
अचानक परबाट एउटा टयाक्सी आयो । त्यो टयाक्सी उनीहरू नजिकै आएर रोकिन खोज्यो । त्यहाँ नाम्छिहाङका मामा रहेछन् । मामाले परैबाट भन्नुभयो, ‘भान्जा, यहाँ बसेर के गर्दै छौ ?’
नाम्छिहाङ दौडेर मामालाई अँगालो हाल्न खोज्दै थियो । मामाले रोक्दै भन्नुभयो, ‘पखपख भान्जा, मलाई छुन मिल्दैन । म चीनबाट आएको । त्यहाँ कोरोनाको हाहाकार छ । हुन त मलाई केही भएको होइन । रिपोर्ट नेगेटिभ छ । तैपनि म दुई हप्तासम्म एकान्तवास बस्नुपर्छ । हामी अलि परैबाट कुरा गर्ने है ।’
मामाको कुरा सुनेर नाम्छिहाङ रोकियो । उसले खुसी हुँदै भन्यो, ‘अहो मामा, तपाई आइपुग्नुभयो ! हामीले तपार्इंलाई लगाइदिन यो माला उनेको ।’
मामाले भन्नुभयो, ‘भान्जा, माला कसरी लगाउने त ? तिमी मलाई छुने गरी नजिक आउन मिल्दैन ।’
यो सुनिरहेका टयाक्सी चालकले अक्कल लगाए । ‘ल माला यो लौरोमा हालिदेऊ । अनि मामालाई लगाइदेऊ ।’
प्रशान्तले लौरो टिपेर ल्यायो । दीपिकाले माला लौरोको एक छेउमा राखी । अनि लौरोको अर्को छेउमा राखेर नाम्छिहाङले मामालाई माला लगाइदियो । मामाको गलामा माला झलल देखियो । उसले खुसी हुँदै चालकलाई धन्यवाद पनि दियो, ‘थ्याङ्क यु अंकल !’
मामाले पनि भान्जालाई धन्यवाद दिनुभयो । मामाले अलिकति अगाडि आपूm उभिएर भान्जा र साथीहरू देखिने गरेर सेल्फी पनि खिच्नुभयो ।
टयाक्सी चालकले भने, ‘मैले धेरै यात्रु ओसारें तर उहाँ मामाजस्तो मान्छे कहीँ पाइनँ । उहाँ निकै सजग हुनुहुँदो रहेछ । उहाँ जस्तै सबै सजग हुने हो भने कसैलाई केही हुँदैन ।’
मामाले भन्नुभयो, ‘हो, यस्तो अवस्थामा हामीले हेलचेक््रयाइँ गर्नु हुँदैन । भौतिक दूरी कायम गर्नुपर्छ । अमेरिका र इटाली जस्ता देशमा कैयौंको ज्यान जाने कारण हेलचेक््रयाइँ नै हो नि ।’
मामा नाम्छिहाङको घरमा पुग्दा उनको गलामा माला देखेर उनकी आमा छक्क परिन् । ‘अहो, नाम्छिहाङले नै माला बनाएर पनि लगाइदिएको । लौ गजब गरेछ ।’
नाम्छिहाङले भन्यो, ‘मैले मात्र होइन आमा । दीपिका र प्रशान्तले पनि हो ।’
‘लौलौ सबैलाई धन्यवाद छ ।’ आमाले भन्नुभयो ।
त्यत्तिकैमा नाम्छिहाङकीे बहिनी निनुङमा बिउँझिन् । नाम्छिहाङले अर्को सानो माला बहिनीलाई लगाइदियो र भन्यो, ‘बहिनी, यो माला तिम्रा लागि फूलको गहना भयो । यो फूलको गहनाले तिमी कति राम्री देखिन्छ्यौ हगि ।’
अलग्गै बसेर खाजा खाईवरी मामा पनि फर्किनुभयो । नाम्छिहाङ फेरि दीपिका र प्रशान्तसँग खेल्न थाल्यो ।
प्रकाशित: ३ जेष्ठ २०७७ ०४:१५ शनिबार