सिमोन मायर/बिबिसी फ्युचर
गएको जनवरीदेखि अलिअलि नाम सुनिएको कोरोनाभाइरस यतिबेला घरघरमा परिचित भाइरस बन्न पुगेको छ । यसले मच्चाएको आतंक सामाजिक मात्र होइन, आर्थिक पनि छ र कयौँ देशलाई यसले कंगालीको छेउ ल्याएर थचारिदिएको छ । यो लेखुञ्जेल एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।
यस्तो अवस्थामा आउँदा ६ महिना, एक वर्ष या १० वर्षमा हाम्रो संसार कस्तो हुन्छ होला रु कोरोनाभाइरसले हामीलाई अगाडि पुर्याउँछ वा पछाडि धकेलिदिन्छ होला रु
कहिलेकाहीँ त म रातभर निदाउन पनि सक्तिनाँ र सोचिरहन्छु कि मेरा आफन्तको भविष्य कस्तो हुने होला रु मेरा साथीभाइ र नातागोता के हालतमा हुन्छन् होला त्यो बेला !
मलाई कहिलेकाहीँ मेरो जागिरको चिन्ता पनि लागेर आउँछ । हुन त म ती भाग्यशाली व्यक्तिमध्येमा पर्छु, जो बिरामी हुँदा राम्रो ‘बिरामी बिदा’ पाउँछन्, अफिस नगए पनि घरैबाट अफिसको काम गर्न सक्छु । म यो कुरा यतिबेला बेलायतबाट लेखिहरेको छु, जहाँ मेरा कयौँ सेल्फ इम्प्लोइड साथी छन्, जसले अबका कयौँ महिना तलब पाउने छैनन् । मेरा कयौँ साथीले खाइपाई आएको जागिर गुमाइसके ।
जुन सम्झौताका माध्यमले मेरो ८० प्रतिशत तलब मैले पाउने गरेको छु, त्यो सम्झौता डिसेम्बरमा नै सकिइसकेको थियो । कोरोनाभाइरसले देश र संसारकै आर्थिक अवस्थालाई घुँडा टेक्न बाध्य पार्ने अवस्थाा पुर्याएको छ । यस्तो अवस्थामा जब मैले जागिर गुमाएँ वा नयाँ जागिर खोज्नुपर्ने अवस्थामा पुगेँ भने रु कसैले मेरालागि ठाउँ बनाइदिइरहेको हुन्छ होला त ?
भविष्यका बारेमा मैले केही अनुमान गरिरहेको छु । तर यी सबै कुरा सरकार र समाजले कोरोनाभाइरसलाई कसरी सम्हाल्छन् र यो महामारीले अर्थव्यवस्थामा कस्तो खराबतम् अवस्था ल्याउँँछ भन्ने कुरामा निर्भर हुनेछ । अहिलेलाई आशा गरौँँ, हामी यस संकटको अवस्थामा एउटा उम्दा, अलि बढी मानवीय अर्थव्यवस्थायुक्त मुलुकका रुपमा उदाउनेछौँ । तर मेरो अनुमान के पनि छ भने हामी अझै बढी खराब अवस्थामा धकेलिन पनि सक्छौँ ।
हामी आफ्नो स्थिति बुझ्न सक्छौँ वा अरुका संकट देखेर हामीले हाम्रो भविष्य कस्तो होला भनेर आँकलन पनि गर्न सक्छौँ ।
मेरो शोधको केन्द्रविन्दु आधुनिक अर्थव्यवस्थाको बुनियादमा आधारित छ । यसको केन्द्रमा ग्लोबल सप्लाई चेन, तलब र उत्पादकत्वजस्ता कुराहरु छन् ।
जलवायु परिवर्तनका कारण मजदुरहरुको कमजोार मानसिक र शारीरिक स्वास्थ्यमा कस्तो असर परिरहेको छ र त्यसले आर्थिक क्रियाकलापमा प्रभाव तुल्याइरहेको हुन्छ भन्ने कुरामा पनि मैले ध्यान केन्द्रित गरिरहेको छु ।
म यहाँ के कुरामा जोड दिन चाहिरहेको छु भने हामी एउटा सामाजिक रुपमा न्यायोचित र उम्दा पर्यावरणयुक्त भविष्य चाहन्छौँ भने हामीले आफ्नो अर्थशास्त्र परिवर्तन गर्नुपर्ने हुन्छ ।
कोविद १९ को यस अवधिमा योभन्दा राम्रो कुरा केही पनि हुन सक्दैन ।
कोरोनाभाइरसको यो महामारी अन्य सामाजिक र पर्यावरणीय संकट ल्याउने माध्यमको विस्तार नै हो । यो एक किसिमको मूल्यभन्दा माथि अन्य प्राथमिकता दिनुपर्ने कुरामा जोडिएको पनि छ । कोविद १९ सँग विश्वव्यापी रुपमा जुझ्न यही यस किसिमको आयामको ठूलो भूमिका छ ।
यस्तोमा जसोजसो भाइरसलाई लिएर प्रतिक्रियाको विकास भइरहेको छ, त्यसलाई हेर्दै गर्दा हाम्रो आर्थिक भविष्यको अनुहार कस्तो होला, कस्तो रुपमा त्यो आउला भनेर सोच्न आवश्यक भइसकेको छ ।
आर्थिक दृष्टिकोणले चार किसिमको सम्भावित भविष्य हुने देख्छु ।
पहिलो, कि त हामी बर्बरताको युगमा पुग्नेछौँ । दोस्रो, कि त हामी एउटा सशक्त सरकारी पुँजीवादको युगमा छिर्नेछौँ । तेस्रो, कि त हामी एउटा चरम सरकारी समाजवादमा हुनेछौँ । चौथो, कि आपसी सहयोगमा आधारित एउटा ठूलो समाजका रुपमा परिवर्तन हेर्न पाउनेछौँ । यी चारै भविष्यका विभिन्न संस्करण पनि देख्ने सम्भावना छ ।
साना परिवर्तनबाट अवस्था परिवर्तन हुँदैन
जलवायु परिवर्तनझैँ कोरोना भाइरस हाम्रो आर्थिक संरचनाकै एउटा आंशिक समस्या हो । हुन त यी दुवै पर्यावरण या प्राकृतिक समस्या हुन् जस्तो लाग्छ तर यो चाहिँ सामाजिक रुपमा आधारित छ ।
अँ, जलवायु परिवर्तन गर्मीलाई सोस्ने केही खास ग्यासका कारणले हुन्छ तर यो निकै सस्तो, हलुंगो र सतही परिभाषा हो ।
जलवायु परिवर्तनको वास्तविकता बुझ्नका लागि हामीले ती सामाजिक कारणहरुलाई खोज्नु पर्छ, जसका कारण हामीले ग्रिनहाउस ग्यासको उत्सर्जन लगातार गरिरहेका छौँ ।
यसरी नै कोविद १९ पनि लिन सकिन्छ । सिधासिधा यसको एक कारण भाइरस हो तर यसको असर रोक्नका लागि हामीले मानव व्यवहार र यसको वृहद रुपमा आर्थिक सन्दर्भलाई बुझ्नुपर्ने हुन्छ ।
कोविद १९ र जलवायु परिवर्तनसँग जुझ्नका लागि यसपछि मात्र अलि सजिलो हुनेछ । खासगरी जब हामीले अनावश्यक आर्थिक गतिविधि कम गर्यौँ भने यो समस्यासँग जुझ्न अझ सहज हुन्छ ।
जलवायु परिवर्तनको मामिलामा यदि तपाईंले उत्पादन कम गर्नुभयो भने तपाईंले कम ऊर्जा प्रयोग गर्नुहुन्छ र यसरी नै कम ग्रिनहाउस ग्यास उत्सर्जन गर्नुहुन्छ ।
कोरोनाको महामारीबाट भलै हामीले कसरी जुझ्ने होला भन्ने अहिले बुझ्न सकिएको नहोला तर यसको मुख्य कारण निकै सहज छ । मानिस आपसमा भेटघाट गरिरहेका छन् र संक्रमण फैलाइरहेका छन् । यो कुरा घरमा पनि भइरहेको छ । अफिसमा र यात्राका बेला पनि भइरहेको छ । यो भिडभाड, भेटघाट कम गर्न सकियो भने भाइरस सर्ने क्रम रोकिन्छ र नयाँ मामिलामा तीव्र रुपमा गिरावट आउनेछ ।
मानिसहरुको आपसी सम्पर्क कम हुँदा अन्य किसिमका नियन्त्रण रणनीतिलाई पनि सहयोग पुर्याउन सकिन्छ ।
संक्रामक रोगहरुका लागि एउटा साझा नियन्त्रण रणनीति भनेको रोगीलाई खोज्नु र तिनलाई एकान्तबास गराउनु नै हो । यसमा संक्रमित व्यक्तिले कोको सँग भेट गर्यो र कति जनालाई रोग सार्यो भन्ने पहिचान गरिन्छ । यसपछि तिनलाई बेग्लै तरिकाले एकान्तबास गराइन्छ ताकि नयाँ संक्रमितले अन्य व्यक्तिलाई रोग नसारुन् । जति सक्षमतापूर्वक रोगीलाई खोजिन्छ, उति नै प्रभावशाली तरिकाले संक्रमणलाई नियन्त्रण गर्न सफल भइन्छ ।
वुहानमा जे भयो, त्यसले हामीलाई सामाजिक दुरी र लकडाउन (बन्दाबन्दी)को उपाय अपनाउनु पर्यो, जुन प्रभावशाली साबित पनि भयो । राजनीतिक अर्थव्यवस्थाले हामीलाई के बुझाउन सहयोग गर्छ भने युरोपेली देशहरु खासगरी बेलायत र अमेरिकामा ती तरिकालाई पहिलेदेखि नै किन प्रयोग गरिएन ?
क्षणभंगुर अर्थव्यवस्था
बन्दाबन्दीका कारण वैश्विक अर्थअवस्थामा निकै दबाब परेको छ । गम्भीर मन्दी आउँदैछ भन्ने देखिदैछ । आर्थिक गतिविधि ठप्प भएको छ र यसलाई हेरेर केही विश्वका नेताहरुले बन्दाबन्दीलाई केही खुकुल्याउने पो हो कि भनी परामर्श गरिरहेका छन् ।
यो अर्थशास्त्र निकै सिधा छ । सामाग्री खपत नभएपछि अर्थतन्त्र चलायमान हुँदैन । कारोबार भएपछि मुनाफा हुन्छ । उत्पादन नै भएन भने चिजबिज बेच्न पाइँदैन । यसको अर्थ हो, बेच्न नपाएपछि नाफा हुँदैन । यस्तो भएपछि तपाईंलाई उसले कुनै जागिर पनि दिने सम्भावना हुँदैन ।
कतिपय कारखानाले काम नभएका कारण धेरैलाई बिदा दिइसकेका छन् । भोलिका दिनमा पुनः अर्थतन्त्र आफ्नो गोडामा उभिन्छ, कामदारको आवश्यकता पुनः पर्न थाल्छ ।
तर कुराहरु अझै बिग्रन थाल्यो भने उसले आफ्ना कामदारलाई काममा बोलाउने छैन । यस्तोमा ठूलो संखयामा मानिसले रोजगार गुमाउने छन् वा जागिर गुमाउने डरले आक्रान्त बनाउनेछ । यस्तोमा मानिसले कम खर्च गर्नेछन्, कम किनमेल गर्नेछन् । अनि यो चक्र चलिरहन्छ र हामी एउटा आर्थिक मन्दीको चपेटामा पर्नेछौँ ।
कोरोनापछिको अर्थतन्त्र के होला ?
जब एउटा सामान्य संकट आउँछ, त्यसलाई सुल्झाउन सहज हुन्छ । सरकारले पैसा खर्च गर्छ । सरकारले त्यतिञ्जेल पैसा खर्च गर्छ, जबसम्म मानिसले क्रयविक्रय गर्न थाल्दैनन् ।
तर यहाँ सामान्य दखलले काम गर्दैन किनभने हामी अहिलेलाई त्यो काम गर्न सक्तैनौँ । बन्दाबन्दीको उद्देश्य मानिस काममा नजाऊन् नै भन्ने हो । काममा जानुको अर्थ भाइरस सार्नु पनि हो ।
हालैको एउटा अध्ययनमा के सुझाव दिइएको थियो भने वुहानमा बन्दाबन्दी यति चाँडै हटाउँदाको बेफाइदा के छ भने त्यहाँ कोरोनाका बिरामी पुनः देखिनु हो र त्यसले पुनः महामारीको रुप लिनु हो ।
अर्थविद् जेम्स विडवे लेख्छन्, ‘कोविद १९ को सही प्रतिक्रिया युद्धका बेलाको जस्तो अर्थव्यवस्था होइन । जहाँ ठूलो उत्पादन आवश्यक होस् । बरु हामीले त एउटा युद्धरत अवस्थाको ठीक विपरीतको अवस्थामा आवश्यक पर्ने अर्थव्यवस्था चाहिने हो । उत्पादनमा ठूलो स्तरमा गरिनुपर्ने कटौती नै अहिलेको आवश्यकता हो ।’
‘हामीले भविष्यको महामारीका सामु टिकिरहन चाहन्छौँ भने हामीले एउटा यस्तो प्रणाली बनाउनुपर्छ, जसले उत्पादन यसरी कम गर्न सक्षम हौऔँ कि जसमा मानिसहरुको आजीविकामा नकारात्मक असर नपरोस्,’ उनले भनेका छन् ।
यस्तोमा हामीले एउटा बेग्लै किसिमको आर्थिक सोच निर्माण गर्नुपर्ने हुन्छ । हामी अर्थव्यवस्थालाई खरिदबिक्रीका रुपमा मात्र हेर्छौं तर अर्थव्यवस्था त्यति मात्र होइन न त त्यस्तो हुनु पर्छ ।
मूल रुपमा अर्थव्यवस्थाका माध्यमबाट हामीले आफ्नो संशाधनहरुलाई ती चिज बनाउनमा प्रयोग गर्छौं, जसले हामीलाई ज्यूँदै रहनका लागि सघाउ पुर्याउन सकोस् ।
यसरी सोच्दा हामीले एउटा बेग्लै किसिमको जीवन जिउने कयौँ अवसर देख्न थाल्छौँ । यसले हामीले बढी उत्पादन नगरीकनै र तनावलाई रोकेर एउटा असल जीवन जिउन सक्नेछौँ ।
म र अन्य पर्यावरणीय अर्थविद्हरु यस कुरालाई लिएर निकै पहिलेदेखि नै चिन्तित छौँ कि कसरी सामाजिक रुपले न्यायोचित हुादै कम उत्पादन गर्न सकिएला त रु किनभने कम उत्पादन गर्ने चुनौती चाहिँ वातावरणीय नियन्त्रणको एउटा ठूलो औजार पनि हो ।
सिधा कुरा छ, जति बढी उत्पादन उति नै बढी ग्रिनहाउस ग्यासको उत्सर्जन । यस्तोमा तपाईंले कम उत्पादन गर्दा मानिसको रोजगारीलाई कायम राख्न सक्नुहुन्छ त ?
यसका लागि हामीले वर्किङ विक अर्थात् काम गर्ने तालिकालाई हामीले छोट्याउन निकै जरुरी छ । तपाईं बिस्तारै कम दबाबमा काम गर्ने स्वीकृति दिन पनि सक्नुहुन्छ ।
यीमध्ये कुनै पनि उपाय सिधासिधा कोविद १९ सँग जोडिएको छैन (जसको उद्देश्य उत्पादनको तुलनामा सम्पर्क कम गर्नु रहेको छ ।) तर यो प्रस्तावको उद्देश्य पनि त्यही हो । मानिसलाई जीवन जिउनका लागि तलबमा निर्भर रहने कुरामा कम दबाब हुनुपर्छ ।
अर्थतन्त्रको उद्देश्य के हो ?
अर्थतन्त्रको अर्थ के हो भन्ने कुरा नै कोविद १९ को प्रतिक्रियालाई बुझ्ने चाबी यसमा निहित छ ।
अहिलेको अवस्थामा विश्व अर्थतन्त्रको उद्देश्य पैसाको आदनप्रदानलाई सुविधाजनक बनाउनु हो । अर्थशास्त्री यसलाई एक्सचेन्ज भ्यालु भन्ने गर्छन् ।
अहिलेको प्रणालीको यो एउटा प्रभावशाली सोच हो कि हामी यस किसिमको ‘एक्सचेन्ज भ्यालु’मा छौँ र यो नै ‘युज भ्यालु’ हो ।
खासगरी, मानिसहरु जुन चिजप्रति हुरुक्क छन्, त्यसमा निकै मज्जाले खर्च गर्छन् । आवश्यकताका चिज किन्न उनीहरुले गरेको खर्चको गतिविधिले के बताउँछ भने मानिसलाई ती चिजको ‘प्रयोग’को कति बढी सम्मान गर्छन् ।
यही कारणले बजारलाई समाज चलाउने सबैभन्दा उम्दा चिजका रुपमा हेरिन्छ । उत्पादकले समाजलाई ती चिजवस्तुलाई अपनाउन दिन्छन् र उनीहरु यति लचकदार हुन्छन् कि युज भ्यालुको हिसाबले उत्पादक क्षमतालाई तयार गर्न सकून् ।
कोविद १९ ले के साबित गरिदियो भने हामी बजारको आफ्नो मान्यतालाई कति गलत रहेछौँ । सारा संसारमै सरकारहरु क्रिटिकल सिस्टमहरु या त गडबडाउनेछन् या ओभरलोडेड हुनेछन् भनेर डराइरहेका छन् । यसमा सप्लाई चेन, सोसल केयरजस्ता कुरा पनि छन् तर त्यसभन्दा माथि हेल्थकेयर छ । यसका पछाडि दुई वटा कारण छन् ।
पहिलो, सबैभन्दा आवश्यक सामाजिक सेवाहरुमध्ये धेरैजसोबाट पैसा कमाउन निकै गाह्रो छ । मुनाफाको एउटा प्रमुख कारण लेबर प्रोडक्टिभिटी ग्रोथ हो । कम मानिसबाट बढी काम गराइनुबाट बढी नाफा निकाल्न सकिन्छ । कयौँ कारोबाारमा त मानिस सबैभन्दा ठूलो लागत खर्च गर्छन् । खासगरी यस्तो कारोबार जसमा निजी संवादमा टिकिएका छन्, जस्तो कि हेल्थकेयर । यस्तोमा हेल्थकेयरको क्षेत्रमा उत्पादकत्व अन्य अर्थतन्त्रको तुलनामा निकै कम छ । यही कारणले यसको लागत औसतको तुलनामा तीव्र गतिमा बढ्छ ।
अर्को, कयौँ महत्वपूर्ण सेवाहरुमा जागिर यत्ति धेरै मूल्यवान् चिज हुँदै होइन । समाजमा जागिरको खासै महत्व छैन । कयौँ राम्रो तलब भएका जागिर केवल एक्सचेन्जको सहुलियत दिने मात्र हुन्छन् ताकि पैसा कमाउन सकियोस् । यसले समाजलाई खासै ठूलो योगदान दिँदैन ।
र पनि यसले निकै ठूलो रकम कमाउने गर्छ । कयौँ किसिमका कन्सल्टेन्ट, विज्ञपान उद्योग र एउटा ठूलो फाइनान्सियल क्षेत्रमा यो देख्न पाइन्छ ।
अर्कोतर्फ, स्वास्थ्य र सामाजिक क्षेत्रमा एउटा संकट देखिरहेका छौँ, जहाँ मानिसहरु कम पैसाका कारण जागिर छाड्न बाध्य छन् । ती जागिरमा उनीहरु रमाइरहेका हुन्छन् तर परिवारै चलाउने पैसाको अभावका कारण तिनले यो जागिर त्यागिरहेका हुन्छन् ।
अनावश्यक जागिर
यो संसारमा अधिकांश मानिसहरु अनावश्यक किसिमको जागिर गरिरहेका छन् र आंशिक रुपमा के पनि कारण हो भने हामी कोविद १९ सँग जुझ्नका लागि बिल्कुलै तयार थिएनौँ ।
यो महामारीले बताइदिएको छ, कयौँ जागिरको कुनै मूल्य छैन । तिनको आवश्यकता नै छैन । यसका बाबजुद पनि हामीसँग यससँग जुझ्नका लागि पर्याप्त मानिस छैनन् । र, मानिसहरुले अकालमा ज्यान गुमाइरहनु परेको छ ।
मानिसहरु बेमतलबका जागिर गर्नका लागि बाध्य छन् किनभने यस्तो समाज जहाँको अर्थतन्त्रको निर्देशक सिद्धान्त एक्सचेन्ज भ्यालुमा आधारित छ । जीवनका लागि जरुरी मूल चिजहरु मुख्यरुपमा बजारमार्फत नै पाइन्छ । यसको अर्थ हो, तपाईंले तिनलाई किन्नुपर्छ र तिनलाई किन्नका लागि तपाईंसँग तलब हुनै पर्छ र त्यो तलब तपाईंलाई जागिरले दिन्छ ।
सिक्काको अर्को पाटो के छ भने हामी जुन चरम (र प्रभावशाली) रेस्पोन्स कोविद १९ सँग जुझ्नका लागि देखिरहेका छौँ, तिनले मार्केट र एक्सचेन्ज् भ्यालुको दबदबालाई चुनौती दिइरहेका छन् ।
सारा संसारमा सरकारहरुले यस्ता कदम उठाइरहेका छन्, जसका बारेमा तीन महिनाअघिसम्म असम्भव ठानिन्थ्यो ।
स्पेनमा निजी अस्पताललाई राष्ट्रीयकरण गरिएको छ । बेलायतमा यातायातका सम्पूर्ण विधालाई राष्ट्रीयकरण गर्ने सम्भावना प्रवल हुँदै गइरहेको छ । फ्रान्सले ठूला कारोबारहरुलाई राष्ट्रीयकरण गर्ने तयारी थालिसकेको छ ।
यसैगरी, हामीले मजदुर बजारमा खलबली देखिरहेका छौँ । डेनमार्क र बेलायतका मानिसहरुलाई उनीहरु घरैमा बसून् भनेर सरकारले पैसा दिइरहेको छ । काम नजाओ भनेर उनीहरुलाई मासिक तलब दिन थालिएको छ । एउटा सफल बन्दाबन्दीका लागि यो आवश्यक पनि छ ।
हुन त यी उपाय उम्दा छैनन् तर पनि मान्छेले बाँच्नका लागि काम गर्नुपर्छ भन्ने जुन सिद्धान्त थियो, त्यसको विरुद्ध यहाँ काम भइरहेको छ । अर्कोतर्फ, हिजोका दिनसम्म जो काम गर्दैन, उसले बाँच्नु बेकार छ भन्ने सिद्धान्तका विरुद्ध अहिले जसले काम गर्दैन, उसले पनि बाँच्न पाउनुपर्छ भन्ने सोच पलाउन थालेको छ ।
गएका ४० वर्षमा चलेको प्रभावशाली ट्रेन्डविरोधी कार्य अहिले भइरहेको छ । यस बेलामा मार्केट र एक्सचेन्ज भ्यालुलाई नै अर्थतन्त्र चलाउने सबैभन्दा उम्दा माध्यम मानिन्थ्यो र अहिले त्यसको ठीक विपरीत काम भइरहेको छ ।
पहिला बढीभन्दा बढी काम गर्नुपर्छ भन्ने सोच हावी थियो । बढी काम, बढी उत्पादकत्व, बढी उत्पादकत्व र बढी नाफा । बढी नाफा, बढी वितरणको जुन एउटा प्रणाली थियो, त्यसले कामदार बजार बढीभन्दा बढी जोखिममा पर्दै जान थाल्यो । जिरोआवर कन्ट्राक्ट र गिग इकोनमीले बजारको उतारचढावबाट सुरक्षाको पत्र हटाइदियो जुन लङटर्म, स्टेबल एम्प्लोइमेन्टको वाचा गथ्र्यो ।
कोविद १९ का कारण यो ट्रेन्ड उल्टिएको छ । हेल्थकेयर र मजदुरको हित बजारको हातबाट चिप्लिएको छ र राज्यको हातमा जाँदैछ । राज्यले कयौँ कारणले उत्पादन गर्छ । केही राम्रो पनि हुन्छ, कुनै नराम्रो पनि तर बजारले भने राज्यभन्दा उल्टो केवल एक्सचेन्ज भ्यालुका लागि उत्पादन गरिरहन्छ ।
यस किसिमको परिवर्तनले मलाई एउटा नयाँ आशा दिएको छ । यसले हामीलाई कयौँ जिन्दगी बचाउने मौका दिन्छ । यसले के इशारा गर्छ भने यसमा लामो समयको परिवर्तनको सम्भावना छ, जसले हामीलाई बढी खुसी दिन्छ र हामीलाई जलवायु परिवर्तनसँग लड्न शक्ति दिनेछ ।
तर यहाँसम्म आइपुग्न हामीलाई यत्तिका समय किन लाग्यो रु कयौँ देश उत्पादन कम गर्नका लागि तयार थिएनन् ? यसको उत्तर विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हालै निकालेको रिपोर्टमा पाइन्छ र रिपोर्टले भन्छः तिनको सोच सही थिएन ।
हाम्रा आर्थिक कल्पना
गएका ४० वर्षमा वृहद् आर्थिक वृद्धि नै एक किसिमको सहमति थियो । लगातार बढ्दो आर्थिक वृद्धिका कारण राजनेता तथा तिनका सल्लाहकारहरुमा यस प्रणालीमा रहेको कमजोरी आँकलन गर्ने क्षमता अत्यन्त कम हुन पुग्यो । उनीहरुले यस किसिमको आर्थिक वृद्धिको विकल्पका बारेमा सोच्न पाइरहेका थिएनन् । यो सोच दुई वटा एकअर्कामा गाँसिएका मान्यतामा आधारित थिएः
बजारले उम्दा स्तरको जीवन दिनेछ, त्यसैले त्यो स्तरको जीवन दिने बजारलाई सुरक्षा दिइनुपर्छ ।
बजार सधैँ अल्पसमयका लागि आउने संकटहरुपछि सामान्य स्थितिमा फर्कन्छ । कयौँ पश्चिमी देशहरुमा यो एक किसिमको आम धारणा छ । बेलायत र अमेरिकामा यो धारणा सबैभन्दा मजबुत देखिन्छ । तर यिनै देश कोविद १९ का लागि बिल्कुलै तयार देखिएनन् ।
बेलायतमा एउटा भेलामा भेटिएका मानिसहरु भन्छन्, प्रधानमन्त्रीका सबैभन्दा वरिष्ठ सहयोगी कोविद १९ का बारेमा ‘हर्ड इम्युनिटी, प्रोटेक्ट इकोनमी’ वाला एप्रोच थियो । यसको अर्थ के भने भाइरसलाई फैलिन देऊ ताकि मानिसमा प्राकृतिक तरिकाले इम्युनिटी तयार हुन्छ र मानिसको जीवनभन्दा अर्थतन्त्र जोगाउनु जरुरी छ ।
हुन त यी दुई सरकारले यस किसिमको अप्रोचलाई अस्वीकार गरे तर ती कुरामा सत्यता थिए भने पनि यसमा चकित हुनुपर्ने त्यस्तो केही छैन ।
पहिलो कुरा त महामारीका बारेमा उच्च स्तरका मानिसहरुको सोच नै त्यही किसिमको हुने गर्छ । उदाहरणका रुपमा अमेरिकाको टेक्सस राज्यका एक अधिकारीले के तर्क गरे भने अमेरिकालाई आर्थिक मन्दीमा घिसार्नुभन्दा कयौँ बूढाबूढीहरुलाई कालको मुखमा पुर्याउन मानिस खुसीखुसी तयार हुन्छन् ।
कोविद १९ संकटले एउटा कुरा गर्न सक्छ । यस अवस्थामा हामलिे आर्थिक कल्पनालाई विस्तार गर्न सक्छौँ । सरकार र नागरिकले यस्तो निर्णय लिइरहेका छन्, जुन कुरा तीन महिना पहिले सोच्न पनि सकिएको थिएन । यस्तोमा संसारको कामकाजको तरिकामा बडो परिवर्तन तीव्र गतिमा देखिन थालेको छ ।
आउनुस्, नयाँ कल्पनाहरुले हामीलाई कहाँसम्म लैजान सक्ला हेरौँ है त !
चार भविष्य
अबको भविष्य कस्तो हुन्छ भन्ने बुझ्नका लागि फ्युचर स्टडिजको एउटा पुरानो टेकनिक प्रयोग गर्दैछु । तपाईं ती दुई फ्याक्टर लिनुस्, जसका बारेमा तपाईंलाई भविष्यमा पुग्न महŒवपूर्ण हुनेछ । साथै कल्पना पनि गर्नुस्, ती फ्याक्टरहरु बेग्लाबेग्लै संयोजनबाट के हुनेछ ।
यसका लागि मैले दुई वटा कुरा लिएको छु, एउटा मूल्य ९भ्यालु० र अर्को केन्द्रीयता (सेन्ट्रलाइजेसन) । मूल्य भन्नाले हाम्रो अर्थतन्त्रको गाइडिङ प्रिन्सिपल हो । हामीले आफ्ना संसाधनहरुको प्रयोग क्रयविक्रय र पैसालाई अधिकतम बढाउन प्रयोग गर्छौं ? अथवा, हामी यसको प्रयोग जीवनलाई अघि बढाउन प्रयोग गर्छौं ?
केन्द्रीयताको अर्थ, ती तरिकाका बारेमा हो, जसका माध्यमले काम सम्पन्न गरिन्छ । चाहे ससाना इकाईबाट होस् या एउटा ठूलो कमान्डिङ शक्तिको माध्यमले होस् । हामी ती फ्याक्टरलाई ग्रिडमा लगाउन सक्छौँ र यसले कयौँ परिदृश्य उत्पन्न गर्न सकिन्छ ।
यस्तोमा हामीले के सोच्न सक्छौँ भने तल दिइएका चार कम्बिनेसनहरुको प्रयोग यदि कोरोनाभाइरससँग लड्न प्रयोग गर्यौँ भने के हुन सक्छ ?
राज्य पुँजीवादः सेन्ट्रलाइज्ड रेस्पोन्स, एक्सचेन्ज भ्यालुको प्राथमिकता
बर्बरताः विकेन्द्रकृत रेस्पोन्स, एक्सचेन्ज भ्यालुको महत्व
राज्य समाजवादः केन्द्रीकृत प्रतिक्रिया, जीवनको सुरक्षालाई प्राथमिकता
आपसी सहयोगः विकेन्द्रीत प्रतिक्रिया, जीवन सुरक्षालाई महत्व, राज्य पुँजीवाद
राज्य पुँजीवादः
राज्य पुँजीवाद एउटा प्रभावशाली रेस्पोन्स हो । यो हाल संसारभरमै देखिन थालेको छ । उदाहरणका रुपमा बेलायत, स्पेन र डेनमार्क छन् ।
राज्य पुँजीवाद समाजको एक्सचेन्ज भ्यालुलाई अर्थव्यवस्थाको मूल आधार मानिरहनेछ । तर संकटका बेला मार्केटलाई राज्यको सहयोग चाहिन्छ भन्ने पनि मान्छ । अब यस्तो बेलामा सारा कामदार बिरामी भएको या आफ्नो जीवनका बारेमा डर मानेको अवस्थामा उनीहरुले काम गरिरहेका छैनन् भने राज्यले अझै बढी कल्याणकारी उपायका साथ यसमा हस्तक्षेप गर्छ । राज्यले व्यवसायलाई ऋण उपलब्ध गराउँछ र प्रत्यक्ष तलबजस्ता राहत प्याकेज उपलब्ध गराउँछ ।
यहाँ के अपेक्षा छ भने यो सबै कम समयका लागि हुनेछ । उठाइएका यस्ता कदमको मुख्य ध्यान बढीभन्दा बढी कारोबार सुचारु होस् भन्नेमा बढी केन्द्रित हुन्छ ।
उदाहरणका रुपमा, बेलायतमा खाद्यपदार्थ अझै पनि बजारमार्फत वितरण गरिन्छ । यसमार्फत कामदारलाई सिधा सहयोग दिइन्छ । सामान्य लेबर मार्केटलाई यसबाट केही नोक्सानी नहोस् भन्ने सचेतताका साथ वितरण गरिन्छ । यस्तोमा उदाहरणको रुपमा कामदारलाई पैसाका लागि आवेदन दिन लाइन्छ र यसको वितरण व्यवसायीमार्फत हुन्छ ।
साथै पेमेन्टको आकार पनि बजारको एक्सचेन्ज भ्यालु बराबर हुन्छ । यो उनीहरुको कामको उपयोगिताका आधारमा हुँदैन ।
उसो भए यो एउटा सफल परिदृश्य हुन सक्छ त रु सायद हुन पनि सक्छ । तर यो त्यतिबेला मात्र सफल हुन्छ, जब कोविद १९ एउटा कम समयमै नियन्त्रित हुनसक्छ । यदि मार्केट चल्न दिनका लागि लकडाउन गरिएन भने यो संक्रमण अझै फैलिने खतरा भइरहन्छ ।
उदाहरणका रुपमा, बेलायतमा अनावश्यक निर्माण कार्य अझै पनि जारी छ । यसले असंक्रमित मजदुरहरु संक्रमित व्यक्तिको सम्पर्कमा पुग्न सक्छन् । यस्तोमा मृतकको संख्या बढ्न थाल्यो भने राज्यको सीमित दखल कायम राखिरहन निकै गाह्रो हुन्छ ।
रोगी र मृत्यु हुनेको संख्या वृद्धि हुँदै जाँदा मानिसमा असन्तोष उत्पन्न हुन्छ र त्यसको गहिरो आर्थिक दुष्परिणाम हुन्छ । जसका कारण राज्यले अझै कडा कदम उठाउनुपर्ने हुन्छ ताकि मार्केटको कामकाज चलिरहोस् ।
बर्बरता
बर्बरताको सम्भावना सबैभन्दा कम छ । बर्बरता त्यो बेला मात्र हुनसक्छ, जब एक्सचेन्ज भ्यालीलाई हामीले आफ्नो गाइडिङ प्रिन्सिपल मान्छौँ र रोग र बेरोजगारीका कारण फँसेका मानिसलाई सरकारले सहयोग गर्न अस्वीकार गर्छ । यो एउटा यस्तो स्थिति हो, जसलाई हामीले अहिलेसम्म देखेका छैनौँ ।
कारोबार असफल भयो, कामदार भोकै हुन थाले र तिनलाई सहयोग गर्न सकिएन, बजारको कडा स्थितिले तिनलाई बचाउन सकिएन, असाधारण कदमका माध्यमले अस्पताललाई सहयोग पुर्याउन सकिएन र यस्तोमा धेरैको हताहती भयो भने बर्बरताको अवस्था आउँछ ।
बर्बरता खासमा एउटा अस्थिर राज्यको निशानी हुनेछ । यस किसिमको राज्य अन्त्यमा बर्बाद हुनेछ र एउटा राजनीतिक र सामाजिक पतनपछि अर्कै पटरीमा त्यो मुलुक जानेछ ।
उसो भए यस्तो महामारीको क्रममा गल्तीका कारण या महामारी चरम अवस्थामा पुग्दाको बेलामा जानीबुझी यस्तो
गराउन सकिन्छ त ?
यदि सरकार महामारीको सबैभन्दा खराब अवस्थामा ठूलो स्तरमा दखल दिन असफल भयो भने यस्तो गल्तीका कारण बर्बरता उन्मुख हुनसक्छ । रोगीको ठूलो संख्यासँगै बजार धराशायी हुनबाट रोक्न सकिएन भने हाहाकारको अवस्था बन्न सक्छ ।
अस्पतालमा मानिस लगानी गर्न तयार हुनेछन् तर यी चिज सम्हाल्न असफल भएको खण्डमा ठूलो संख्यामा रोगीलाई उपचार गर्न अस्वीकार गर्ने सम्भावना बढी हुन्छ ।
महामारी चरममा पुगेपछि सरकारले ठूलो मात्रामा खर्च गर्न चाहेन वा नचाहने अवस्थामा पनि पुग्न सक्छ । जर्मनीमा यस किसिमको खतरा आउनसक्नेतर्फ सचेत गराइसकिएको छ । यदि यस्तो हो भने निकै खराब अवस्था हुनेछ । सरकारले खर्च गर्न नचाहेको अवस्थामा ज्यादै जरुरी सेवाहरुमा सरकारी खर्च बन्द हुनेछ र यसले महामारीसँग जुझ्ने क्षमता पूर्ण रुपमा प्रभावित हुन पुग्नेछ ।
पछि अर्थव्यवस्था र समाज असफल हुन्छ र एउटा ठूलो राजनीतिक उथलपुथल शुरु हुन थाल्छ । यसले राज्यले काम गर्न सक्तैन र सरकारी तथा सामुदायिक समाजकल्याण प्रणाली धराशायी हुनेछ ।
राज्य समाजवाद
राज्य समाजवादले भविष्यको शुरुवातमा हामीले सांस्कृतिक मान्यतामा आएको परिवर्तन देख्न सक्छौँ, जसले अर्थतन्त्रको मूलमा एक किसिमको मूल्य उत्पन्न गर्नेछ । बेलायत, स्पेन र डेनमार्कमा जुन किसिमको उपाय अहिले लागू गरिएको छ, यो भविष्यको एउटा विस्तारित रुप हुनेछ ।
अस्पतालहरुको राष्ट्रियकरण र कामदारहरुको पेमेन्ट जस्ता उपाय मार्केट बजाचाउने टुलका रुपमा देखिने छैन बरु यो आफैँमा बचाउने एउटा माध्यम बन्नेछ ।
यस किसिमको अवस्था राज्यले अर्थव्यवस्थालाई जीवनका लागि आवश्यक अंगलाई बचाउनका लागि कदम चाल्नेछ । यसमा खानेपिउने चिजहरुको उत्पादन, ऊर्जा र बसोबास जस्ता कुरा पर्नेछन् । यस्तोमा जीवन जिउनका लागि कयौँ जरुरी चिजहरु मार्केटको भरमा टिकेको हुने छैन ।
सरकारहरुले अस्पताललाई राष्ट्रीयकरण गर्नेछ र घर सित्तैमा उपलब्ध हुनेछ । अन्त्यमा सबै मानिसलाई सबै चिज उपलब्ध गराइनेछ । यसमा आधारभूत कन्जुमर गुड्सहरु पनि हुनेछन्, जसलाई कम वर्कफोर्सका माध्यमले उत्पादनले
गर्न सकिनेछ ।
नागरिकहरुलाई एप्लायन्सको सहयोग चाहिने छैन । हरेकलाई सिधासिधा भुक्तान गरिनेछ र यो चिज उनहिरुले उत्पन्न गराएको भ्यालुसँग जोडिएको हुने छैन । पेमेन्टहरु सबैका लागि उस्तै हुनेछ र यो कामको उपयोगिताका आधारमा तय हुनेछ । सुपरमार्केटका कामदार, डेलिभरी ड्राइभरहरु, वेयरहाउसका स्केटररु, नर्स, शिक्षक र चिकित्सक नयाँ प्रमुख कार्यकारी हुनेछन् ।
राज्य समाजवाद लामो चल्ने महामारी र राज्य पुँजीवादको प्रयासहरुको परिणामस्वरुप उत्पन्न हुनु सम्भव छ । यदि भयंकर मन्दी अयो भने अनि सप्लाई चेनमा गडबडी उत्पन्न भयो भने सरकारले उत्पादन गर्ने कुरालाई आफ्नो नियन्त्रणमा लिन सक्छ ।
यस किसिमको अप्रोचमा एउटा जोखिम पनि छ । यस्तोमा तानाशाही हुने खतरा छ र यसलाई रोक्न सचेत हुन आवश्यक हुन्छ । तर यदि राम्रोसँग काम गरिएकोखण्डमा विनाशकारी कोविद १९ विरुद्ध हाम्रो सबैभन्दा राम्रो आशा यसैमा छ ।
एउटा सशक्त राज्य इकोनमी र समाज दुवैको भूलभूत कार्यलाई सुरक्षित राख्नमा संशाधनको उपयोग गर्न सक्षम हुनेछ ।
आपसी सहयोग
आपसी सहयोगलाई हामी जीवनको सुरक्षाका लागि इकोनमीको गाइडिङ प्रिन्सिपलका रुपमा अपनाउन सक्छौँ । यो हाम्रो अर्को भविष्य हो । हुन त यस स्थितिमा राज्य अहम् भूमिका निर्वाह गर्ने छैन । बरु स्वतन्त्र र साना समूह आफ्नो समुदायलाई सहयोग गर्नेछन् ।
यस किसिमको भविष्यका साथ जोखिम चाहिँ के छ भने साना समूहले हेल्थकेयरको क्षमता बढाउनका लागि जुन संसाधन आवश्यक पर्छ, तीव्र गतिमा त्यो संकलन गर्न सक्दैनन् ।
तर आपसी सहयोगले संक्रमणलाई प्रभावी तरिकाले रोक्न सक्षम हुन्छन् । यो समूहले कम्युनिटी सपोर्ट नेटवर्क बनाउँछ, जसले जोखिमयुक्त व्यक्तिलाई सुरक्षा दिन्छ भने प्रहरीले आइसोलेसनका नियमलाई पालना गराउँछ ।
यस किसिमको भविष्यको सबैभन्दा महत्कांक्षी रुपमा नयाँ लोकतान्त्रिक उत्पन्न हुने सम्भावना देखिन्छ । मानिस आफैँ क्षेत्रीय रेस्पोन्स योजना बनाउँछन् ताकि बिरामीलाई रोक्न सकियोस् र रोगीलाई उपचार गर्न सकियोस् ।
यो स्थितिबाट पार पाएको खण्डमा यसले अन्य जस्तासुकै अवस्थाबाट पार पाउन सक्नेछ । यो बर्बरता या राज्य पुँजीवादको उपाय हुनसक्छ र यसले राज्य समाजवादलाई सहयोग गर्न सक्छ ।
पश्चिम अफ्रिकामा शुरु भएको इबोलासँग जुझ्नका लागि कम्युनिटी रेस्पोन्सको भूमिका कति ठूलो थियो भन्ने हामीले देखिसकेका छौँ । हामीले यसलाई राज्यको रेस्पोन्सको असफलताका रुपमा पनि देखिसकेका छौँ ।
आशा र डर
एउटा चरम परिदृश्य भने अहिले पनि कायमै छ । यसले एकअर्कालाई काट्दै अघि बढ्न सक्छ । मलाई डर छ, कतै राज्य पुँजीवादबाट बर्बरता जाने पो हो कि भन्ने खतरा भई नै रहन्छ ।
मेरो आशा केमा छ भने राज्य समाजवाद र आपसी सहयोग दुवैको सामञ्जस्य भयो भने त्यसबाट हामीले धेरै कुरा गर्न सक्छौँ । यो एउटा यस्तो मजबुत र लोकतान्त्रिक राज्य हुनेछ, जसले निकै सशक्त स्वास्थ्य प्रणाली उभ्याउनका लागि संसाधनहरु भेला पार्नेछ । यो एउटा यस्तो राज्य हुनेछ, जसले जोखिमपूर्ण समुदायलाई बजार चक्रबाट बाहिर निकाल्नेछ र नागरिकलाई आपसी सहयोग समूह स्थापित गर्न लायक बनाउनेछ । यो एउटा यस्तो राज्य हुनेछ, जसले मानिसहरुलाई तिनको बेमतलबका जागिर खान दौडादौड गर्ने अवस्थाबाट बाहिर निकाल्नेछ ।
एउटा कुरा तय छ, त्यो के भने यी सबै परिदृश्यले केही डरको अवस्था सिर्जना पनि गर्छन् तर केही आशा पनि उत्पन्न गर्छन् ।
कोविद १९ ले हाम्रो मौजुद प्रणालीका कमजोरीलाई उजागर गरिदिएको छ । यसका लागि एउटा तीव्र सामाजिक परिवर्तन आवश्यक पर्नेछ । मैले यहाँ तर्क दिएको छु कि यसका लागि मार्केट र मुनाफालाई अर्थ व्यवस्था चलाउने मूल साधनका रुपमा निकाल्न आवश्यक पर्नेछ ।
यसको राम्रोपनामा के सम्भावना छ भने हामी निकै राम्रो मानवीय तन्त्र निर्माण गर्न सक्नेछौँ, जसले हामीलाई भविष्यको महामारीहरु र पर्यावरणीय समस्याजस्ता आसन्न अन्य खतराहरुसँग जुझ्नका लागि बढी दृढ र टिकाउ बनाउनेछ ।
सामाजिक परिवर्तन कयौँ ठाउँबाट र कयौँ प्रभावहरुबाट आउन सक्नेछ ।
हाम्रालागि यो एउटा अहम् काम हो कि हालै देखिएका सामाजिक रुप, रेखदेख, जीवन र लोकतन्त्रजस्ता कुराहरुलाई महत्व दिने नैतिक सिद्धान्तहरुबाट उत्पन्न भएको होस् ।
संकटको यस क्षणमा राजनीतिको मुख्य काम यी मूल्यका वरिपरि नयाँ कुरा सिर्जना गर्नु नै हो ।
(सिमोन मायर युनिभर्सिटी अफ सरेमा इकोलजिकल इकोनमिक्सको रिसर्च फेलो हुन् ।)
क्रिएटिभ कमन्सबाट साभार
अनुवादः अच्युत कोइराला
प्रकाशित: २३ वैशाख २०७७ ०१:५८ मंगलबार