६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

क्रिकेटर बन्छु

पृथ्वीराज चौहान, कक्षा: ८
अक्षरा स्कुल,काँडाघारी, काठमाडौं ।

सुरुमै भन्छु–लकडाउनका नियम पालना गर्दै घरभित्र सुरक्षित बसौं है । हाम्रो बिद्यालय बन्द भएको पनि लामो समय भैसक्यो । म घरमै बसेर बिद्यालयले संचालन गरेको अनलाईन कक्षा लिँदै छु । यतिबेला म बिद्यालयमा हुने गरेका अतिरिक्त क्रियाकलाप पनि  सम्झिरहेको छु । म खेलेर कहिल्यै थाक्दिनँ । कहिले बिद्यालय खुल्ला र साथीसंग मज्जाले खेल्नु जस्तो भएको छ । 

हामी घर भित्र र बाहिर दुबै ठाउँमा खेल्छौं । भित्र खेलिने खेलहरूमा चेस, क्यारमबोर्ड, लुँडो, टेवलटेनिस, गट्टी, गुच्चा आदी पर्छन् । त्यस्तै बाहिर खेलिने खेलमा ˚टबल, भलिबल, बास्केटबल, क्रिकेट, टेनिस, कवर्डी, लुकामारी, छोइडुम आदि हुन् । हाम्रो राष्ट्रिय खेल भलिवल हो । खेल्दा हाम्रो शरीरका मांशपेशीको राम्ररी विकास भई बलियो पनि हुन्छ । यसले हाम्रो मस्तिस्कलाई पनि स्वस्थ राख्छ । 

खेलका माध्यमबाट हामी सीप पनि विकास गर्दछौं । साथीहरूबीच सहयोग गर्ने, मिलेर खेल्ने, समूहमा बस्ने, एकअर्काका कुरा सुन्ने, हार र जितलाई स्वीकार गर्ने जस्ता सीप विकास हुन्छ । हामीलाई खेलका माध्यमबाट कतिपय पाठ पनि पढाइन्छ ।

टिभीमा सन्दिप लामिछानेको खेल हेरेपछि क्रिकेट क्लब रोजेको हुँ । म भबिश्यमा क्रिकेटबाटै नेपालको नाम चम्काउने छु । 

खेल जुनसुकै उमेरका मानिसले पनि खेल्छन् । ठाउँ अनुसार विभिन्न खेल खेलिन्छ । खेलले हामीलाई खुसी दिन्छ र हाम्रो स्मरणशक्ति बढाउन सहयोग गर्छ । म धेरैथरि खेल खेल्छु । अहिले लकडाउन भएकाले घर बाहिर साथीहरूसँग खेल्न मिल्दैन । विद्यालय पनि बन्द भएकाले बाबासँग आँगनमा पासपास गरी ˚ुटवल र व्याडमिन्टन खेल्ने गरेको छु । आमासँग चाहिँ चुङ्गी खेल्छु ।  

मलाई विशेष गरी क्रिकेट र ˚टवल खेल्न मन पर्छ । खेल भनेको देशको शान हो र खेलाडी भनेका देशका गहना । खेलले हामीलाई स्वावलम्बी, निडर र नैतिकवान बनाउँछ । खेलाडीले सिँगो देशको प्रतिनिधित्व गर्छन् । खेलका माध्यमबाट देशलाई विश्वभर चिनाउन सकिन्छ । हाम्रा धेरै खेलाडीले देशको शिर उच्च राखेका छन् । सन्दिप लामिछाने, मीरा राई, गौरिका सिंह लगायतका खेलाडीले नेपालको झण्डा विश्वमाझ ˚हराई सके ।   

हाम्री प्रधानाध्यापक अञ्जु म्याम सधैं भन्नुहुन्छ, ‘खेलले बालबालिकाको चौतर्˚ विकास गर्छ र जिवनोपयोगी सीप सिकाउँछ ।’ उहाँको हौसलाले गर्दा हाम्रो बिद्यालयले खेलमा राम्रो प्रगती गर्दैछ । हाम्रो विद्यालयमा खेल क्लबहरू छन् । विशेषतः हामी बास्केटबल क्लव, क्रिकेट क्लव, ˚टबल क्लव अन्र्तगत रहेर हप्तामा ३ दिन बिद्यालय समय पछि खेल्छौं । 

अतिरिक्त कृयाकलाप अन्तर्गत अन्य खेल पनि खेल्छौं । सबै खेल र खेलाडीप्रति मेरो सम्मान छ । म पहिले ˚टवल क्लवमा थिएँ, क्रिकेट पनि खेल्थें । बिद्यालयको नियम अनुसार एउटा क्लवलाई मात्र रोज्नु पर्छ । जब मैले सन्दिप लामिछाने दाईको खेल हेरें त्यसबाट प्रभावित भइ क्रिकेट क्लब रोजेको हुँ । आफ्नो भबिश्य पनि यसै खेलमा बनाउनेछु ।  

हाम्रा गुरू पुरुषोत्तम झा भन्नु हुन्छ, ‘खेलाडीलाई घामपानी र हुरी बादलले छेक्दैन ।’ उहाँको उत्साह र खेलप्रतिको दृढ संकल्पलाई सधैं आत्मसाथ गरेको छु । भबिश्यमा क्रिकेटमा नयाँ किर्तिमान राख्दै नेपाललाई फेरी एक पटक विश्वमा चिनाउने छु ।

प्रकाशित: १९ वैशाख २०७७ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App