१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

कसैलाई नपिट्ने शिक्षक बन्छु

रुबस पराजुली, कक्षा: २,
जीएस निकेतन मावि, हेटौंडा, मकवानपुर।

मलाई राम्रो काम सिकाउने मान्छे मन पर्छ । जस्तै दिदी, बाबा, आमा, साथी र शिक्षकहरू । कथा पढ्दा वा फिल्म हेर्दा त्यहाँ पनि मन पर्ने मान्छे हुन्छन् । राम्रा कथा र कविता लेख्ने मान्छे पनि मन पर्छ । मलाई महाकवि लक्ष्मी प्रसाद देवकोटा मन पर्छ तर उनको चुरोट खाने बानी भने मन पर्दैन । 

मलाई रिसाउने अनि पिट्ने मान्छे मन पर्दैन । कहिलेकाहिँ मामु र बाबाले चर्कोचर्को बोल्नु भयो वा गाली गर्नु भयो भने म त रिसाउँछु । जतिखेर पढ् ! पढ् ! भन्ने मान्छे पनि मन पर्दैन । घरीघरी त खेल्नु प-यो पनि । 

लकडाउनमा हामीले रामायण हेरेका छौं । रामायण मलाई निकै मन प¥यो । तर त्यो साँच्चै होला कि नहोला है ? जान्न मन लागेको छ । राम कति ज्ञानी भगवान हुनुहुँदो रहेछ ! कसैसँग पनि नरिसाउने बानी पो रहेछ तर हामीलाई त कति छिटो रिस उठ्छ हगी ? 

राम जतिखेर पनि हाँसिरहने । भाईहरूलाई कति धेरै माया गर्ने । कति बलियो । सबैलाई जित्न सकेका । ज्ञानी भएर नै होला ! हनुमानले पनि कति धेरै माया गरेका रामलाई । सीतालाई रावणले चोरेर लगे पछि मनमा पिर भए पनि हाँसिरहने बानी । त्यही भएर मेरा आदर्श व्यक्ती राम हुन् ।

म विद्यार्थीलाई राम्रोसँग पढाउने छु । बच्चालाई त घरीघरी खेल्न मन लाग्छ नि । म आफ्ना विद्यार्थीसँगै खेल्ने छु । 

मलाई त राम जस्तै बन्न मन लागेको छ । तर कसरी बन्न सकिन्छ होला ?  सबैलाई जित्न सक्ने रहेछन् रामले, असल भएर होला । राबण मात्रै होला उनलाई मन नपराउने, त अरु सबैले माया गर्दा रहेछन् । 

म भविष्यमा ज्ञानी शिक्षक बन्न चाहन्छु । किनकि अहिले हामी साना छौं । हामीलाई शिक्षकले पढाउनुहुन्छ । कसैकसैले माया गर्नुहुन्छ कसैले त गर्नुहुन्न । हामीलाई बाहिर गएर खेल्न पनि दिनुहुन्न । खाजा खाने बेलामा खाजा सकेर पढिहाल् भन्नुहुन्छ । हामीलाइ खेल्न मन त लाग्छ नि । 

उहाँहरूले भनेको हामीले जे पनि मान्नुपर्छ । कहिलेकहिले त गाली गर्दै पिट्नुहुन्छ । ‘तँ’ पनि भन्नुहुन्छ । त्यही भएर म ठूलो भए पछि शिक्षक बन्ने हो । त्यतिबेला विद्यार्थीलाई राम्रोसँग पढाउने छु । कसैलाई पनि नपिटिकन । बच्चालाई त घरीघरी खेल्न मन लाग्छ नि । म आफ्ना विद्यार्थीलाई खेल पनि खेलाउँछु । आफु पनि खेल्ने छु । मिसहरू हामीसँग खेल्दा कति रमाइलो हुन्छ त्यही भएर म पनि उनीहरूसँगै खेल्ने हो । 

अंग्रेजीमा भन्दा कसैले बुझेनन् भने नेपालीबाट भनेर बुझाइदिन्छु । बोर्डमा चित्र बनाउन लगाउँछु अनि हिसाब सिकाउने छु । मलाइ त नघोकीकन म्याथको टेबल भन्न आउँछ । साथीहरूलाई पनि सिकाएको छु । शिक्षक भएपछि त विद्यार्थीलाई पनि सिकाउँछु । उनीहरू कति खुसी हुन्छन् होला । हाम्रो टिचर कति जान्ने हुनु हुन्छ भनेर आफ्ना अभिभावकलाई सुनाउँछन् होला । 
राम भगवानले सबैलाई माया गर्नुहुन्छ नि । त्यसरी नै विद्यार्थीलाई माया गरेर पढाउने छु ।

प्रकाशित: १४ वैशाख २०७७ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App