महेश कुमार चौधरी,कक्षा: ९,
रत्नराज्य लक्ष्मी मावि,मध्यबानेश्वर, काठमाडौं।
हामी सबैको जीवनमा कोही न कोही आदर्श व्यक्तिको प्रभाव परेको हुन्छ । मेरा लागि आर्दश व्यक्ति आफ्नै आमा–बुबा हुनुहन्छ । उहाँहरूले मलाई यस धर्तिमा जन्म दिनु भयो । हुर्काउनु भयो । पढाउनु भयो । यहाँसम्म पु-याउनु भयो । आफुले आधा पेट खाएर पनि मलाई खुवाउनु भयो । रातदिन दुःख र परिश्रम गरेर सन्तानको भलाई चाहनु भयो । सन्तानले कुनै दुःख भोग्नु नपरोस् भनेर मरिमेट्नु भयो ।
उहाँहरूले दिनरात पसिना बगाउनु भयो । मलाई पसिनाको मूल्य सिकाउनु भयो । उहाँहरूले म प्रति लगाएको गुन कसरी तिरौं, सायद कहिल्यै तिर्न सकिने छैन । त्यसैले उहाँहरूलाई खुसी पार्नु र सुखी बनाएर राख्नु नै मेरो कर्तव्य हुनेछ । म उहाँहरूले गर्व गर्न लायक बनेर देखाउने छु ।
भबिश्यमा उहाँहरूलाई लागोस् कि छोराले राम्रो ग-यो । सोचे जस्तै भयो । त्यतिबेला म खुसी हुनेछु । त्यसैले मेरा लागि आमाबुबा नै भगवान हुनुहुन्छ । उहाँहरूको सपना पुरा गर्नु मेरो जीवनको लक्ष्य ।
म ठूलो भएर देशको रक्षक बन्न चाहन्छु । सुरक्षाकर्मी बनेर देशको सेवा गर्नेछु । सुरक्षा निकाय जस्तो संवेदनशील संगठनमा अफिसरको भूमिकामा प्रवेश गरी समाजका विकृति र विसंगतीका बिरुद्ध धाबा बोल्ने छु । अपराधिक घटना न्यूनिकरण गर्न पहल गर्नेछु । दिनदुःखी र अन्यायमा परेकालाई न्याय दिलाउने छु ।
हामी सबैले आ–आफ्नो कामप्रति गर्व गर्नु पर्छ । हामीले कामलाई अवसरका रुपमा लिनु पर्छ । अनि आत्मविश्वास बोकेर कार्यक्षेत्रमा खटियो भने हातमा सफलता मिल्नेछ । कामप्रति न्याय गर्न सकिनेछ ।
आज २१ औं शताब्दीमा बदलिँदो समय आधुनिक प्रविधिसँगै विभिन्न सामाजिक विकृति भित्रिएका छन् । तिनले समाजलाई खोक्रो बनाउँदै लगेका छन् । त्यस्ता समस्या विश्लेषण गरेर क्षमताले भ्याएसम्म निर्मुल गर्नु मेरो दायित्व हुनेछ ।
देशमा बढिरहेका चोरी, हत्याहिंसा, बलात्कार, अपहरण, लागुऔषध दुब्र्यसनी, महिला हिंसा, चेलिबेटी बेचबिखन, झैंझगडा, कुटपिट, तोडफोडका साथै घरेलु हिँसा न्यूनिकरण गर्न पनि प्रहरी चाहिन्छ । देश र जनताको सुरक्षामा रातदिन घामपानी, भोकप्यास नभनी तैनाथ हुनु चानचुने कुरा होइन । गर्वको कुरा हो ।
समाजमा शान्ति सुरक्षा भए मात्र देश विकास हुन सक्छ । राष्ट्रकवि माधव घिमिरेले लेखेका छन्, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।’ यहि गीतको भाव मनन गरेर अघि बढ्यौं भने पक्कै पनि समाजमा शान्ति हुन्छ ।
राजनैतिक अस्थिरताले हाम्रो मुलुकको विकास पछि परेको छ । राजनैतिक स्थिरताका लागि हामी नागरिकले पहल गर्नु पर्छ । स्थिरतासँगै विकास आउँछ भन्ने सत्य हामी सबैले बुझ्नु पर्छ ।
शान्ति–सुरक्षा कायम राख्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र होइन । यसमा नागरिकको पनि उत्तिकै साथ र सहयोग चाहिन्छ । म आम नागरिकसँग मिलेर उनीहरूलाई साथमा लिएर काम गर्नेछु । हामीले बुझ्नु पर्छ कि हरेक नागरिक विना वर्दिका प्रहरी हुन् । यसलाई मनन गरौं । शान्ति दूत गौतम बुद्धको देशमा शान्ति कायम गरौं ।
प्रकाशित: १० वैशाख २०७७ ०४:०० बुधबार