२३ फाल्गुन २०७७ आइतबार
अन्य

खोसिएको मातृसत्ता

प्राचीन युनानमा ‘ओरेस्टिया’ नामक नाटक प्रख्यात थियो। युनानका प्राचीनसाहित्य र पुराणहरूको खोज गर्ने बाखोफनले सन् १८६१ मा मातृसत्ता नामक पुस्तकमा यस नाटकको चर्चा गरेका छन्। क्लिटेम्नेस्ट्राले आफ्नो प्रेमी एगिस्थसका लागि ट्रोयको युद्धबाट फर्केका आफ्ना पति एगामेम्नोनको हत्या गरेको परिदृश्य नै नाटकको भावभूमि हो। आफ्नो बाबुकोहत्याको बदला लिन छोरा ओरेस्टसले आमा क्लिटेम्नेस्ट्राको हत्या गरेपछि नाटकले भयानक त्रासदि सिर्जना गर्छ।हत्यापछि मातृसत्ताकी रक्षिका एरिनी र ओरेस्टसको समर्थक एपोलोलगायत एथेन्सका पञ्च–भलादमीबीच बहस हुन्छ। छोरा ओरेस्टसका लागि पक्ष–विपक्षबाट बराबरी मत परेपछि न्याय सम्पादनमा अप्ठेरो पर्छ। यस परिस्थितिमा पञ्चसभाकी अध्यक्ष एथेनाले ओरेस्टसको पक्षमा बोल्दै उसलाई निर्दोष साबित गरेसँगै नाटक सकिन्छ। अर्थात् यस नाटकले मातृसत्तामाथि पितृसत्ताको विजय भएको देखाउँछ।

आजभन्दा २५०० वर्षअगाडिको यस नाटकले मातृसत्ता पराजित हुँदै गर्दाको दृश्यलाई देखाएकोएंगेल्सको तर्क छ। पुरातात्विक भाषामा भन्दा आद्यऐतिहासिक समयको यस नाटकमा प्रागैतिहासिक मातृसत्ताको निरन्तरतालाई चित्रण गरिएको छ। नाटकले मातृसत्ताबाट पितृसत्तामा प्रवेश गर्दैगर्दाको संक्रमणकाललाई देखाएको छ। प्रागैतिहासिक समयमा नारी–पुरुष बीचको सम्बन्ध कस्तो थियो भन्ने विषयमा तथ्यगत निक्र्योलमा पुग्न सकिएको छैन। पुरातात्विक प्रमाणको विश्लेषण गर्दा त्यसबेला शिशु स्याहार तथा संरक्षणलगायत घरेलु काम–कारबाहीमै महिला भूमिका केन्द्रित थियो कि भन्ने पुरातत्वविद्ले अनुमान गरेका छन्, (एमसी वर्किट : द ओल्ड स्टोन एज)। फेमिनिस्ट आर्कियोलोजी र इकोनोमिक आर्कियोलोजीको कोणबाट विश्लेषण गर्दा महिला पुरुषबीचको आर्थिक सम्बन्धहरूको आयाममा महिलाको महत्वपूर्ण भूमिका रहेको प्रागैतिहासिक अध्येताहरूले बताएका छन्।

महिला–पुरुषबीचको यौनिक सम्बन्धलाई प्रमाणित गर्ने स्पष्ट पुरातात्विक संकेत प्राप्त भएका छैनन्। तर,आदिम समाजमा मानव जातिभित्र स्वच्छन्द यौन सम्बन्ध प्रचलित भएकै कारण प्रत्येक स्त्रीमाथि पुरुषको र प्रत्येक पुरुषमाथि स्त्रीको समान रूपले यौनिक अधिकार रहन्थ्यो भन्ने मोर्गनको विचारलाई फ्रेडरिख एंगेल्सले आफ्नो पुस्तक ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’मा चर्चा गरेका छन्। प्रागैतिहासिक सभ्यतामा महिला–पुरुषबीच समान हैसियतको भूमिकामा कुनै प्रश्न नभएको पुरातात्विक तथ्यले संकेत गरेका छन्।कृषियुगको थालनी र सहरी सभ्यताको सुरुवातसँगै कविलाकालीन आदिम मातृसत्ता बिस्तारै पराजित भई पुरुषसत्ताको सुुरुवात भएको आद्य–ऐतिहासिक प्रमाणहरूबाट प्रस्टिन्छन्। सिन्धुसभ्यता, वैदिक सभ्यता र महाकाव्यकालीन सभ्यतालाई आद्यइतिहासको रूपमा बुझिन्छ। इसापूर्व १७०० तिर सिन्धुुसभ्यताको पतन भएको विद्वान्ले स्वीकार गरेका छन्।

इसापूर्व १५०० को आसपासबाट वैदिक सभ्यताको सुरुभएको राधाकृष्णनको विचार छ। राहुल सांकृत्यायनले पनि यसैमतलाई स्वीकार गरेका छन्। यी दुई विद्वान्का विचारका आधारमा ३५०० वर्षअगाडि वैदिक सभ्यता विकसित भएको मान्न सकिन्छ। यस तर्कको आधारमा ३५०० वर्ष अघिदेखिको नारित्वको लडाइँमा हारजितको परिणाम हेर्दा नारित्वको पराजय र पुरुषत्वको विजय भएको वैदिक, पौराणिक प्रमाणले संकेत गरेका छन्। तर, वैदिककालीन कुलीन घरानाका नारीको राम्रो अवस्था थियो भन्दैगर्दा समग्रमा नारीको अवस्था खस्कँदै गएको संकेत पाइन्छ। ऋग्वेदमैस्त्रीहरूलाई दास–दस्युसरह किनबेच हुने प्रसंग सांकृत्यायनको ‘ऋग्वेदिक आर्य’ नामक पुस्तकमा उल्लेख छ। स्मृतिकालसम्म आइपुग्दा नारीलाई नियन्त्रण गर्ने अनेकौँ भाष्यको निर्माण भएको विद्वान्ले बताएका छन्।

नारी मात्र प्रजननकर्ता हुन् भनिन्छ भने पुरुषलाई गर्भाधानका लागि राखिएका भाले मात्र हुन् भन्न किन सकिँदैन भन्ने एभलिन रिडको प्रश्नको जवाफ नदिँदासम्म अबको पुरुष समाज चयनले बस्न पाउनैछैन।

मनुस्मृति, कौटल्यको अर्थशास्त्र, नारदस्मृति आदि केही उदाहरणीय प्राचीनग्रन्थमा परेका सन्दर्भले नारीको दयनीयताको चित्रण गर्छन्। महाकाव्यकालमा (भारतीय पुरातत्वविद् एकके ढ्वालीका अनुसार इपू १२औँ देखि इपू आठौँ शताब्दीमा पिजी वेयर विकसित भएको जुन महाकाव्यकालसँग तुलना गरिएको छ।)मा वैदिककालीन नारी गरिमामा गिरावट आई पुरुषसर्वोच्चता कायम गर्ने प्रयास भएको देखिन्छ।मातृसत्ताको पतन र पुरुष सत्ताको क्रमिक विजयसँगै पुरुषले आफूलाई महापुरुष ठान्दछ र पुरुषत्वको पृष्ठपोषण गर्ने सामाजिक सांस्कृतिक संरचनाका आधार तयार गर्छ। पुरुषत्वको अदालतमा नारित्वको अग्निपरीक्षा दिनुपर्नेसीताको नियतिले रामायणकालीन नारीको अवस्थितिबारे थाहा हुन्छ। महाभारतकालमा द्रौपदीको चिरहरण हुँदा कथित धर्मात्माहरूको मौनताले पुरुषत्वलाई पृष्ठपोषण ग¥यो। वैदिकाकालीन नारीको गरिमा पौराणिककालमा आइपुग्दा पातालमा पुग्यो। नारीलाई कमजोर पात्रको रूपमा आख्यानीकरण गर्दै पूर्ण रूपमा पराजित मानसिकताको विजारोपण गर्न तथाकथित पण्डित सफल भए।

इश्वीकालको सुरुवातसँगै धार्मिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा नारीको भूमिकालाई पृथकीकरण गर्दै लगियो। एकातिर कथित स्वर्गको प्राप्ति र मुक्तिका लागि पुरुषको आध्यात्मिक यात्रामा नारीबाधक हुन्छिन् भन्ने गलत व्याख्याले नारीलाई उठ्नै नसक्ने गरी अन्धकारको दलदलमा पु¥याइयो, अर्कोतिर मातृत्वसँग जोडिएको विशिष्ट शारीरिक संरचनालाई वासना भोग्ने र वंश धान्ने माध्यममात्र हुन् भन्ने पुरुषले नारीलाई दोस्रोलिंगको अवस्थितिमा पु¥याइदियो, जैविक नियतिले ठगेको भनी परिभाषित गर्दै आयो। तर, आफ्नो उत्पत्तिगत आधार नखोजी गरिएको यसप्रकारको व्याख्या अत्यन्त गलत र खेदपूर्ण छ भन्ने सत्य नबुझ्दासम्म अस्मिताको लडाइँमा नारीलाई पराजित गराउने भयानक खेल भइरहन्छ। श्रमको भूमिकामा नारीलाई दोस्रोदर्जाको ठान्ने गलत प्रवृत्तिले पुरुषको कदापि विजय हुन सक्दैन, तर पुँजीवादी युगमा नारी शोषणका फरक विधि र तरिकाले नारीलाई आर्थिक, मानसिक, सामाजिक रुपमा शोषण गरिरहेकै छ, जसको अन्त्य नै नारी–पुरुष दुवैको न्याय हो।

संस्कृति र धर्मको नामबाट नारीलाई शोषण गर्नका लागि अनेकौँ आख्यानको सिर्जना गर्ने पौराणिक शास्त्रकारले जैविकीय विविधतालाई गलतढंगले व्याख्या गरेका छन्। नारी उत्पीडनका कारण उनीहरूको शरीर हो भन्दै पुरुष श्रेष्ठताको गर्वगान गर्ने समाजले नारीको भूमिकालाई कहिल्यै उचित मूल्यांकन गर्न सकेन। सामाजिक इतिहासमा पुरुषको लिंगवादी सोचले नारीलाई केवल सेविका र दासमात्र ठान्यो। आफ्नी आमालाई महान् ठान्दैगर्दा उसलाई वंशाधिपति गराइदिने नारी उसका लागिकहिल्यै सम्मानित हुन सकिनन्। त्यसैले नारीको शारीरिक संंरचना नै पूर्वनिर्धारित भाग्य हो भन्ने पुरुषकेन्द्रित सामाजिकचिन्तनको पर्खाललाई ध्वस्त गर्नैपर्छ। नारीवादी लेखिका एभलिन रिडका अनुसार‘यदि जीवविज्ञान पुरुषको भाग्य हो भन्नुमा जति गलत छ, जीवविज्ञान नारीको नियति हो भन्नुपनि उत्तिकै गलत हुन्छ।’नारी मात्र प्रजननकर्ता हुन् भनिन्छ भने पुरुषलाई गर्भाधानका लागि राखिएका भालेमात्र हुन् भन्न किन सकिँदैन भन्ने एभलिन रिडको प्रश्नको जवाफ नदिँदासम्म अबको पुरुषसमाज चयनले बस्न पाउनैछैन।

मातृसत्तालाई पराजित गर्दै पितृसत्ताको वर्चस्व बढेपछि नै लैंगिक विभेदको राजनीति बढ्न पुग्यो। पश्चिमी सभ्यतामा चर्चका मठाधीशले धार्मिक अन्धताको खेती गर्दै पुरुषसत्ता स्थापित गर्न विशेष भूमिका खेले। पूर्वीय सभ्यतामा पौराणिक आख्यान लेख्ने शास्त्राकार र त्यसको महिमा मण्डन गर्ने पण्डितहरू यस काममा प्रमुख भूमिकामा रहे। हाम्रा लोककथा, किंवदन्ती र परिकथाहरू पनि पुरुषसत्ता स्थापित गर्ने कारक तŒव बने। तत्कालीन राजनीतिक चरित्रले यसको पृष्ठपोषणमा बढी जोड दियो। भोग र वासनाका लागि स्त्री सौन्दर्यको गुणगान गाउने पुरुषवादीचरित्रले यौनिकताको भुलभुलैयाबाट नारीलाई कहिल्यै माथि उठ्न नसक्ने गरी सामाजिक संरचना तयार गर्छ। महिलाले उठाएको अधिकार र समानताको आवाजलाई‘पोथी बासेको’ भन्ने गरिन्छ, यस्तै चिन्तनलाई मलजल गर्ने इतिहासको विकासक्रममा नारीको योगदानको कुनै लेखाजोखा हुन सकेन। वस्तुतः सामाजिक, मानसिक, सांस्कृतिक तथा आर्थिक भूमिकाबाट वञ्चित गराई नारीलाई कमजोर बनाइयो र उसको स्वतन्त्रताका कुरा गुमराहमा राखियो।

आर्यइतर वा मंगोलमूलका जातजातीय समाजमा तुलनात्मक रूपमा मातृसत्ताको अवशेष अद्यापि नदेखिएको होइन, तर आर्य र इशाईको वर्चस्व र पुँजीवादको अधिक प्रभावका कारण मातृसत्ता खोसिन पुगेको देखिन्छ।अवैदिक आर्य अर्थात् खस जातिमा आजपनि मातृसत्ताको अवशेष देख्न सकिन्छ। महाभारतका विभिन्न पात्र नियोगप्रथाबाट जन्मेका थिए, जुन मातृसतात्मक समाजको अभ्यासको निरन्तरता हो भन्ने तथ्य विभिन्न अध्येताले स्वीकार गरेका छन्। आज पनि पश्चिम नेपालका खस समाजमा मातृसत्ताको अभ्यास रहेको तथ्य भाषाविद् एवं संस्कृतिविद्ले उजागर गरेका छन्। विधवा भाउजू सकार्ने, घरज्वाइँ पाल्ने, तथा उत्तरी नेपालको हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथा मातृसत्ताका सांस्कृतिक अवशेष हुन्। कर्णाली प्रदेशका वादीजातिमा प्रचलित यौन स्वतन्त्रता र बहुपतिप्रथाको चलन मातृसत्ताको निरन्तरता हो भन्ने तथ्यलाई भाषाशास्त्री एवं सांस्कृतिक मानवशास्त्री डा. माधव पोख्रेलले चर्चा गरेका छन्। तर,वादी जातिमा प्रचलित मातृसत्ताको अभ्यासमा कसरी पितृसत्ता हाबी भएको छ, त्यो हेर्दा पुरुषत्वको अदालत झनै बलशाली भएको देखिन्छ।

जातीय श्रेष्ठताले विभाजन गरेको वर्तमान सामाजिक–सांस्कृतिक संरचनामा नारी स्वतन्त्रताको प्रश्न उठाउँदा पुरुषसत्तालाई खतरा महसुस हुन्छ। दाइजोको नाममा जल्न विवश कुनै नारीको चित्कार रपछिल्ला महिला हिंसा वा बलात्कारका घटनाले पुरुषसत्ताको बर्बरतालाई प्रमाणित गरिरहेको छ। नेपाल–भारत लगायतदक्षिण एसियाली मुलुकमा एकातिर सांस्कृतिक विचलन देखिएको छ भने अर्कोतिर पुँजीवादले हाम्रो समाज पिल्सिएको छ। परम्परागत सांस्कृतिक मानकका पर्खाल भत्काउन नसक्ने, पश्चिमी सभ्यताको सांस्कृतिक साम्राज्यवाद र पुँजीवादी चरित्रलाई सहजै स्वीकार गर्न नसक्ने दोसाँधमा भारतीय सभ्यता उभिएको छ। यसप्रकारको अधिरचनात्मक सांस्कृतिक द्व्रैद्य चरित्रको साङ्लोमा भारतीय नारी स्वतन्त्रतालाई फुत्कनै नसक्नेगरी बाँधिएको छ।

सिउँदो, सिन्दुर र सौभाग्यको घेराबाट मुक्त हुन नवधनाढ्यहिन्दू महिला चाहँदैनन्,या प्रयास नै गर्दैनन् भने गरिबीका जाँतोमा पिल्सिएका महिलाबाट यसको अपेक्षा गर्नु टाढाको विषय हो। पतिलाईपरस्त्री महिलाबाट मुक्त गराउन तान्त्रिक गुरु र ज्योतिषको सहायता लिने हाम्रा अधबैंसे आमाहरूको चिन्तनले मूलतः पुरुषसत्ताको पृष्ठपोषण गर्दछ।पुँजीवादी स्वतन्त्रता (एक्लै धनी हुनु, एक्लै सुविधाहरु लिनु, मनोरञ्जनका विलासी साधनको प्रयोग गर्नु) मात्रै समग्र नारीको स्वतन्त्रता होइन। यस प्रकारको पुँजीवादी द्वैधचरित्रको प्रभावलेपुरुष मानसिकतामा सांस्कृतिक विभ्रम तयार गर्छ,पुरुष आफू वासनात्मक तृप्तिका लागि यौनबजारमा धाउँछ, तर आफ्नी छोरीचेली, दिदीबहिनी र विशेषगरी पत्नीलाई भने कठोर बन्धनमा राख्ने प्रयासमा रहन्छ। पुरुषत्वको यस प्रवृत्तिले सांस्कृतिक र सामाजिक न्यायलाई नराम्ररी प्रभावित गरेको हुन्छ। भारतीय सभ्यताकी कुनै पीडित महिलाले न्याय माग्दा प्रहरीले उजुरी समेत नलिने प्रवृत्ति सामाजिक सांस्कृतिक विरोधावासको ज्वलन्त उदाहरण हो। मुद्दा दर्ता भइहालेमा मुद्दा फिर्तालिन गरिने चर्को दबाब र त्यसमा हुने आर्थिक चलखेलले महिला मुद्दालाई ओझेलमा पार्दछ।

नारी मुक्तिका लागि वैवाहिक संस्था नै भत्काउनुपर्छ भन्ने बहस उठेका छन्। सामाजिक तथा राजनीतिक परिवर्तनले नारी–पुरुषबीचका स्थापित आदर्श र सीमारेखाका पर्खाल ढल्दै गर्दा यसपछिको अवस्था के हुने भन्ने प्रश्न उठ्न सक्छ। पुरुषको आधिपत्य र विवाह सम्बन्ध विच्छेद हुनै सक्दैन भन्ने हिन्दू चिन्तन स्वामित्वको सम्बन्धले सिर्जना गरेको हो। यस अवस्थालाई ऐतिहासिकदृष्टिले विश्लेषण गर्दा नारी–पुरुषबीच समान हैसियत र आर्थिक समानताको सम्बन्ध कायम हुनासाथ कथित पुरुषत्व र सतित्वको पर्खाल ढली वास्तविक समानताको सम्बन्ध कायम हुने अनुमान गर्न सकिन्छ।एंगेल्सका अनुसार यस खालको समानताले स्त्रीका लागि आफ्नो जीविकाको प्रश्न र बालबच्चाको भविष्यको चिन्ता रहनेछैन भने पैसा, सत्ता र अन्यसामाजिक हैसियतका आधारमा नारीको शरीर किन्ने पुरुषको खेल समाप्त हुनेछ। वास्तविकप्रेमबाहेक अन्य कुनैपनि कारणबाट नारीले पुरुषसमक्ष आत्मसमर्पण गर्नुपर्ने बाध्यता हुनेछैन भन्ने एंगेल्सको धारणा छ।

भारतीय सभ्यताकोसामाजिक तथा सांस्कृतिक संरचना तथा कथितपुरुषत्व र सतित्वको पर्खालले घेरिएर बनेको छ। एकातिर सतित्वको पर्खालले नारीलाई उठ्नै नसक्ने गरीपराधीनताको दलदलमा डुबाइदिएको छ भने अर्कोतिरपुरुषत्वको पर्खालले त्यस संरचनालाई वज्रझैँ बलियो बनाएको छ।पुरुषत्वको पर्खालको डिलमा उभिएर नारी स्वतन्त्रताको छद्म गीत गाउने शासकीय चरित्रले स्वयं शासकलाई तर्साउँछ। नारीलाई राजनीतिको सर्वोच्चमा पुग्नै नदिने घृणित खेल लिंगवादी चरित्रको पराकाष्ठा हो। सर्वोच्चमा पुग्ने प्रयास गर्दैगर्दा आफ्नो माथ गिरेको महसुुस गर्ने पुरुषसत्ताले आदिम मातृसत्ताको इतिहास सुन्न पनि चाहँदैन। खासमा आजको नारी आन्दोलनले मातृसत्ताको स्थापना गर्न खोजेको कदापि होइन। खोजेकोत सामाजिक न्याय, सहअस्तित्व र समानताको डोरी कस्न हो।

यो आवाजलाई सुन्न जरुरी छ।यौनिकताको ओच्छ्यानमा नारीलाई शिरमा चढाउने तर सामाजिक न्यायको सवालमा उनलाईधुलो चटाउने अर्थात् भोग र वासनाको वस्तुमात्र ठान्ने पुरुषकोद्वैद्य प्रवृत्ति नै नारी स्वतन्त्रताको बाधक हो। अझ पु्रुषसत्ताले लादेको नारीभित्रको पुरुषवादी चरित्र झनै घातक छ, समतामूलक समाजको निर्माणकालागि।पितृसत्ताको पगरी विरुद्ध पौँठेजोरी खेल्दै गरेको नारी आन्दोलनलाई दबाएर होइन किउनीहरूलाई सँगैलिएर सहयात्रा गर्नुको विकल्प छैन, आजको पुँजीवादी समाजमा। कुनैपनि पुरुषले पुँजीवादी मार्गको एकलयात्रा गर्न सम्भव नै छैन, आजको समाजमा। यदि एकलयात्रा गर्ने प्रयास गर्छ भने स्वयम् पुरुषलाई पनि भयानक घाटा हुनेछ। बदलिँदो नेपालको सांस्कृतिक, सामाजिक, आर्थिक, र राजनीतिक परिवर्तनले महिलाको सामाजिक न्यायलाई अपेक्षित सम्बोधन गर्न सकेको छैन।

विशेषगरी संसदीय छलफलमामहिला केन्द्रित विषयलेप्रवेश नै नपाउने र प्रवेश पाइहाले पनि विषयान्तर हुने प्रवृत्ति देखिन्छ। बाबुको नामोल्लेख नै नगरी आमाको नामबाट नागरिकता लिन पाउनुपर्छ भन्ने विषयमा भइरहेको चर्को बहसलेव्यावहारिक निष्कर्षमा पुग्न सकेको छैन, तर सारमा बुझ्दा आमाको नामबाट मात्र नागरिकता दिन सकिँदैन भन्ने शासकीय मनोवृत्तिले पुरुषत्वको अदालतमा भालेवादी चरित्रको पृष्ठपोषण गर्छ। कुनै नारी अन्यायमा पर्दा कुनै पुरुष स्वतन्त्र हुन सक्दैन। त्यसैले दुवैको न्याय र स्वतन्त्रताका लागि व्यवहार, अभ्यास र चिन्तन जरुरी छ।

प्रकाशित: २४ फाल्गुन २०७६ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App