२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्य

'छ महिना पुग्ने औषधि छ, आत्तिनु पर्दैन'

काठमाडौं- नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ। भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो। संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए

संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए। अफ्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगिहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।

चीनको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ। भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगएपछि नेपाली बजारमा औषधिको अभाव हुन सक्ने भन्दै आंकलन भइरहेको बेला संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो।

प्रकाशित: २३ फाल्गुन २०७६ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App