भाग्यशाली अधिकारी
जुन दिन बिहानसम्म पनि आकाशमा टहटह जून लागिरहेको थियो। बाहिरको वातावरण एकदमै रमाइलो थियो। पालुलाई त्यो दिन दशैं आउनै लागे जस्तो असाध्य रमाइलो लाग्यो। पालु पनि त्यो दिन आमासँगै उठ्यो।
आमाले भन्नुभयो, ‘काम नगर्ने यो मान्छे एकाबिहानै किन उठ्नु परेको होला ? जा गएर सुत।’
पालु चुपचाप बस्यो। उसको गाउँघर पनि अग्लो चुचुरामा नै पर्दथ्यो। त्यतिबेला भर्खरै पूर्व रातो भएको थियो। आमा आफ्नो काम गर्दै हुनु हुन्थ्यो।
पालुलाई बाहिर निस्किएर पूर्वतिर हेर्न मन लाग्यो। हेर्दाहेर्दै एकैछिनपछि त पूर्वतिरको नीलो आकाशमा त रातो र रातो पहेंलो हुँदै आयो। पश्चिमतिर टहटह जून लागिरहेको थियो। कतैकतै ताराहरू पनि चम्किरहेका देखिन्थे।
हेर्दाहेर्दै एकछिनपछि त गोलो आकारको भर्भराउँदो आगाको फिलिङ्गो जस्तो आधा बाहिर निस्कियो। आकाश पनि अरू सबै नीलो थियो। त्यसको वरिपरि रातो पहेंलो देखियो।
पालु फरुङ्ङ भयो, ‘आहा, कति रमाइलो। कति आनन्द आयो। यो त निकै रमाइलो समय पो रहेछ। बाँकी रहेको आधा पनि पूरै निस्किसके। अर्कोतिर फर्कनै मन लागेन। अब म सधैं यही बेला उठ्छु र यसरी नै हेरेको हे-यै गर्छु।’
नभन्दै पालु सधैं त्यही बेला उठेर हेर्न थाल्यो। उसले दुईचार दिनदेखि नियमित रूपमा उठेर हेर्न थालेको थियो। उसका मनमा अनेक तर्कनाहरू उठे, ‘भर्खरै मैले हेरिरहेको वस्तु एकैछिनमा हेर्नै नसकिने भई चम्किएर आए। आफ्नो तेज बढाउँदै लगे। कस्तो अचम्म, हेर त कति चम्किला र तेजिला भएर गए। कसरी यस्तो भएको होला हँ ?’ ऊ अँ भन्दै एकैछिन गम्यो र आफ्नो दिमाग फर्काएर खुरुखुरु गृहकार्य ग-यो र सक्यो।
खाना खाने बेला भयो। उसले भन्यो, ‘आमा, खाना पाक्यो त ? अलिक चाँडै गर्नुस् न। मलाई त स्कूल जान ढिलो भइसक्यो।’ आमाले भनिन्, ‘बाबू, एकैछिन पर्ख न। पाकिहाल्छ नि अब।’
बल्ल खाना पाक्यो। खाना खाईवरी पालु स्कूल हिँड्यो। पढाइ शुरू भइसकेको थियो। हत्त न पत्त गएर पढ्न थाल्यो। सबै साथीहरू मिलेर पढ्दै थिए। गुरुले पढाउदै हुनुहुन्थ्यो। खाजा खाने समय भयो। टिङटिङ घण्टी लाग्यो। सबै साथीहरू ग्वार्र बाहिर निस्किए। अरू सबै साथीहरू खाजा खाएर खेल्नतिर लागे। ऊचाहिँ पुस्तकालय गएर सधैं पत्रपत्रिका हेर्ने गर्दथ्यो। ऊ पनि पत्रपत्रिका हेर्दैे थियो। एउटा पत्रिकामा चार जना नेपाली मगंल ग्रहमा नै जिउन चाहन्छन् भन्ने समाचार फेला पा¥यो। उसमा यो कुराले निकै कौतहूल जगाए ।
पालुले अघिल्लो दिन मात्रै आफ्ना साथीहरूसँग भनेको थियो, ‘हेर त ती चन्द्रमा कति उज्याला छन्। त्यहाँ जान पाए कति रमाइलो हुन्थ्यो।’
त्यो कुरा सुनेर साथीहरू गलल्ल हाँसेका थिए। एक जनाले सिधै भनेको थियो, ‘धत् लाटा, चन्द्रमामा कहीँ हामी जस्तो मान्छे पुग्न सकिन्छ। हामीसँग न त्यस्तो कुनै वायुयान छ न कुनै बाटो। हामीसँग न कुनै त्यहाँ पुग्नसक्ने भ-याङ छ न कुनै पखेटा। यस्तो अवस्थामा चन्द्रमामा कसरी पुग्न सकिएला। हामीले त्यस्तो हुनै नसक्ने कुरा पनि बोल्न हुन्छ।’
सबै साथीहरूले फेरि गलल्ल हाँसेर उडाए। उसलाई पागल जस्तै बनाए। ऊ निकैबेर चुप्प लागेर बस्यो र सोच्यो, ‘यो कुरा गुरुहरूलाई त थाहा होला नि ? उहाँहरूलाई नै म सोध्छु।’
हामीले अमेरिकाका मान्छे मात्रै चन्द्रलोक पुगे अरे भनेको सुनेका थियाँै। अब त हाम्रो देशका मान्छेहरू मंगल ग्रह पुग्ने भए। अब त हामी पनि विश्वसामु नाक ठाडो पार्न सक्ने भयौैं। हामी पनि बुद्धि र वर्कतमा कोहीभन्दा कमी रहेनेछौँ भनेर उसले गर्वले छाती फुलायो।
पालु कक्षामा गएर गुरु हाम्रो नेपाली पनि मंगल ग्रहमा जान लागेका हुन् भनेर सोध्यो। गुरुले भन्नुभयो, ‘खोई को जान लागेको छ र ? तिमीले कसरी थाहा पायौ ?’
कक्षाका साथीहरू गलल्ल हाँसे। आफूलाई खिसी गरेकोमा उसलाई निकै नरमाइलो लाग्यो र नबोली शिर निहु¥याएर बस्यो।
गुरुले भन्नुभयो, ‘यो कुरा तिमीले कसरी थाहा पायौ ? हामीले थाहा नपाएका कुरा पनि कताकताबाट ल्याइराखेका हुन्छौं। तिमी धेरै चलाख छौं।’
पालुले भन्यो, ‘मैले पत्रपत्रिका हेरेर थाहा पाएँ। एउटा पत्रिकामा तिनका नाम, थर, फोटो, स्वभाव र उद्देश्य सबै खुलाएर लेखेको रहेछ। त्यो हो कि हैन भनेर गुरुहरूसँग सोधेको।’
गुरुले सबै साथीका अगाडि स्याबासी दिँदै भन्नुभयो, ‘स्याबास पालु, बाबू हो यो कुरामा तिमीहरू कसैले चासो दिएका थिया। उसले चासो गरेर यस्तो कुरा ल्यायो। यो नै उसको बुद्धिमानी हो। विद्यार्थीमा एक विद्या चौध चतु-याइँ हुनुपर्छ भनेकै यही हो।’
पालुले अठोट ग-यो, ‘आज गुरुले सबै साथीहरूको अगाडि मलाई धन्यवाद दिए पनि म कहिल्यै घमन्ड गर्दिनँ। अझ म कसरी यस्ता कुराहरू खोज्दै गएर ती चार जना नेपालीले हाम्रो देशलाई चिनाउने काम गर्दै छन्। म पनि भविष्यमा ठूलो काम गरेर विश्वसामु मेरो देश नेपाललाई चिनाउने छु।’
प्रकाशित: १० फाल्गुन २०७६ ०४:२८ शनिबार