२३ असार २०८१ आइतबार
image/svg+xml
अन्य

जूनकिरी बालबालिकाका लागि मनकिरी भएको छ

 मोनिका श्रेष्ठ,
 कक्षा –५,
 इडेन व्रिज एकेडेमी, टोखा, काठमाडौं।

म कक्षा ५ की विद्यार्थी हुँ। म नागरिक पत्रिकाको जूनकिरीको नियमित पाठक हुँ। जूनकिरीमा प्रकाशन भएका सबै लेखहरू औधी  मन पर्छ। मलाई  पनि त्यस्तो लेख लेख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। गत पुस ९ गतेको शनिबारको जूनकिरीमा मेरो पनि लेख छापियो। त्यो लेख हाम्रो विद्यालयले आयोजना गरेको आधारभूत शैक्षिक प्रदर्शनीबारे थियो। त्यो लेख छापिएपछि म औधी खुसी भएँ।

मैले आमाबाबुलाई पनि देखाएँ। उहाँहरू पनि निकै खुसी हुनुभयो। हाम्रो प्रिन्सिपल प्रेम राई परीक्षितले त्यो लेख स्कूलको सूचनापाटीमा टाँस्नुभयो। म झन् खुसी भएँ। बधाई दिनेको ओइरो लाग्यो। हाम्रो प्रिन्सिपल पनि लेखक हुनुहुन्छ। उहाँले हामीलाई केही न केही लेख्न हौस्याइरहनुहुन्छ। लेख्नका लागि विषयवस्तु दिनुहुन्छ र यसरी लेख भन्नुहुन्छ। हामीले लेखेका कुराहरू हेर्नुहुन्छ र सच्याइदिनुहुन्छ। यस कुराले हामीलाई धेरै सजिलो भएको छ।

भविष्यमा राम्रो लेखक बन्नु पर्छ भनेर ढाडस दिनुहुन्छ। नागरिक पत्रिकाले हामीले लेखेको कुरा छापिदिएर हौसला बढाइदिएको छ। जूनकिरी हाम्रा लागि वरदान सावित भएको छ। जूनकिरीमा बालप्रतिभाको सानो परिचय र अनुभव राख्न पाए हुन्थ्यो। जे होस्, जूनकिरी बालबालिकाले मन पराउने मनकिरी भएको छ। जूनकिरीमा भविष्यमा अरू नयाँनयाँ कुराहरू थपिएर आओस्, मेरो शुभकामना !

प्रकाशित: ३ फाल्गुन २०७६ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App