coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

दुलही पहिरन

विवाहको महिना मंसिर सुरु भइसक्यो। विवाहको तयारीले धेरैलाई हतारोमा पार्छ। त्यसमाथि दुलहीका पहिरनदेखि शृंगारका लागि विशेष तयारी गर्नुपर्ने हुन्छ। पछिल्लो समय वैवाहिक प्रक्रिया लम्बिँदै गएको छ। पहिले एक–दुई दिनमै सकिने विवाह अहिले भने इन्गेजमेन्ट, मेहेन्दी र संगीत, विवाह, रिसेप्सन फङ्क्सन (बिहेको दोस्रो दिन) गरी चार–पाँच दिनको हुन्छ। यी सबको तयारी कसरी गर्ने भन्नेमा धेरैलाई चिन्ता हुन्छ।

विवाहमा सबैको ध्यान दुलहीमै आकर्षण हुन्छ। दुलहीको पहिरनबाटै उनको आचरणको अनुमान गर्ने गरिन्छ। त्यसकारण पनि दुलहीका पहिरनलाई विशेष महत्व दिइन्छ। अहिले चलेको ट्रेन्डमा विवाहको फंक्सन अनुसार, दुलहीका पहिरन फरक छन्। अहिलेका दुलहीलाई बुटिकले धेरै सजिलो बनाएको छ। आफूले चाहे अनुसार कपडा, कलर र डिजाइनका दुलही सेट तयार गर्न सक्छन्। कुन दिनमा के लगाउँदा राम्रो हुन्छ भनेर ड्रेस डिजाइनरहरूले नै उनीहरूलाई सुझाव दिने गर्छन्।

विवाहमा सारी
विवाहको दिन दुलही नै विशेष आकर्षण हुन्छिन्। दुलहीको पहिरनलाई आकर्षकसँगै सहज पनि हुनुपर्छ। त्यसकारण पनि दुलहीका लागि सारी नै उत्तम हुने हेमाज् बुटिककी ब्राइडल डे«स डिजाइनर हेमा श्रेष्ठ बताउँछिन्। वैवाहिक प्रक्रिया अनुसार, विवाहको दिनमा दुलहीको धेरै काम हुन्छ। बनारसी सारी अरु सारीको तुलनामा हल्का हुने भएकाले दुलहीलाई सहज हुन्छ। त्यसकारण यो सारी अहिलेको चलनचल्तीमा छ। तर इम्ब्रोइडरी (भरेको) र दोपट्टा सारी लगाउने ट्रेन्डमा छन्। यसमा दुलही आकर्षक देखिन्छन्।

पछिल्लो समय दुलहीले विवाहमा रातो नै लगाउनुपर्छ भन्ने सोच र टे«न्डमा परिवर्तन आएको छ। विवाहमा दुलहीले हल्का रातो रंगका रामी पिच र मरुन रंगका पहिरन पनि लगाउन थालेका छन्। अहिले बलर कम्बिनेसन पनि ट्रे«न्डिङमै छ। जस्तोः रातो र हरियो, पिन्क र हरियो, रातो र गोल्डेन गरी कलर कम्बिनेसन गर्ने चलन छ।

हिन्दु संस्कार अनुसार सामान्यतः विवाह भन्नेबित्तिकै रातो रंगलाई संकेत गर्छ। उखानै छ– रातो राम्रो गुलियो मीठो। त्यसकारण पनि दुलहीका पहिरनमा रातो रंग धेरैको छनोटमा पर्छ। पछिल्लो समय, दुलहीले विवाहमा रातो नै लगाउनुपर्छ भन्ने सोचमा र टे«न्डमा नै परिवर्तन आएको छ। डिजाइनर श्रेष्ठका अनुसार, विवाहमा दुलहीले हल्का रातो रंगका रानी पिच र मरुन रंगका पहिरन पनि लगाउन थालेका छन्। अहिले बलर कम्बिनेसन पनि टे«न्डिङमै छ। जस्तोः रातो र हरियो, पिन्क र हरियो, रातो र गोल्डेन गरी कलर कम्बिनेसन गर्ने चलन छ।

अनारकली र लेहेंगा
इन्गेन्जमेन्ट विवाहको पहिलो प्रक्रिया हो। इन्गेजमेन्टमा दुलहीको लुक्स अलि आकर्षक देखिनुपर्छ। दुलाहा पक्षले दुलहीलाई पहिलोपटक देख्ने हुँदा अलि एक्स्ट्रा लुक देखिनुपर्छ। दुहली सामान्य तर आकर्षक पहिरनमा राम्रो देखिन्छ। त्यसकारण लेहेंगा र अनारकलीसँगै बेल्ट र सल लगाउँदा राम्रो हुन्छ। विवाहमा दुलहीको पहिरन रातो हुने भएकाले इन्गेजमेन्टमा पनि दुलहीले रातो लगाउने इच्छा गर्दैनन्। पिन्क, रानी, मरुन, पिच, पिन्क जस्ता कलर उनीहरूको रोजाइमा पर्छ। इन्गेजमेन्टका लागि अहिलेको टे«न्ड भनेको लेहेंगा र वान पिस अनारकली नै हो।

रिसेप्सनमा लेहेँगा
विवाहपछिको दोस्रो दिनलाई रिसेप्सन फङ्क्सन भनिन्छ। रिसेप्सनमा आफन्त र इष्टमित्रलाई दुलहीको परिचय गराइन्छ। चिना परिचयमा उनी लामो समयसम्म उभिइरहनुपर्छ। त्यसकारण, दुलहीलाई लेहेँगा नै सहज हुने ब्राइडल ड्रेस डिजाइनरहरू बताउँछन्। अहिलेको ट्रेन्डमा लेहेंगा नै छ। रातो, मरुन र पिच कलरको भेल्भेट, नेट, रसेल, सिल्कको लेहेंगा अहिले चलनचल्तीमा छ। रिसेपनमा लेहेंगा नै लगाउनुपर्छ भन्ने छैन। के लगाउने भन्नेमा दुलहीको रोजाइमा भर पर्छ।

मेहेन्दी फङ्क्सन
मेहेन्दी भन्नेबित्तिकै पहेँलो र हरियो रंगलाई बुझ्ने गरिन्छ। अचेल हात र खुट्टाको माथिल्लो भागसम्म मेहेन्दी लगाउने चलन छ। त्यसैले मेहेन्दी लगाउन सहज हुने खालको कपडा लगाउनुपर्ने हुन्छ। यसमा पहेँलो र हरियो रंगकै कपडा लगाउने गरिन्छ। कपडामा कुर्ता–सुरुवाल नै सहज हुन्छ। अहिले ट्रेन्डिङमा रहेको सररा (एक कुर्था) नै सजिलो हुन्छ। यसलाई माथिसम्म सार्न मिल्न भएकाले मेहेन्दीमा दुलहीले यो लगाउँदा राम्रो हुने डिजाइनर श्रेष्ठ बताउँछिन्। कसैले मेहेन्दीमा लेहेंगा पनि लगाउने गर्छन्, जुन दुलहीको रोजाइमा भर पर्छ।

दुलहीका स्यान्डल
दुलहीको पहिरन प्रायः रातो हुन्छ। जसमा रातै जुत्ता सुहाउँदैन, गोल्डेन र कन्ट्र्यास्ट कलर सुहाउँछ। यो कलरको जुत्ता जस्तो कपडामा पनि सुट गर्छ। दुलहीले विवाहको दिनमा हेभी कपडा र गहना लगाउने हँुदा चाँडै थकित देखिन्छन्। त्यसकारण सहज खालका जुत्ता लगाउनुपर्ने हुन्छ। हिल नभएको मखमलको जुत्ता नै दुलहीको लागि सहज हुन्छ। अर्को कुरा सारीसँग यो जुत्ताको कलर कम्बिनेसन पनि म्याच गर्छ।

त्यस्तै रिसेपसनको दिनमा दुलही धेरै समयसम्म उभिनुपर्ने हुन्छ। त्यसकारण पनि दुलहीलाई वेज हिल, ब्लक हिल लगाउन ब्राइडल ड्रेस डिजाइनरहरू सुझाउँछन्। यसले दुलहीलाई कम्फर्टेबल पनि हुन्छ। रिसेप्सनमा प्रायःले लेहेँगा नै लगाएका हुन्छन्। लेहेँगामा हिल नै सुट गर्छ। हिलमा नारीहरू स्मार्ट देखिन्छन्। इन्गेजमेन्टमा दुलहीको काम पनि त्यति धेरै नहुने हुँदा हिल लगाउँदा धेरै राम्रो देखिन्छ। पेन्सिल हिल लगाउँदा अझ राम्रो मानिन्छ, तर कलर कम्बिनेसनमा ध्यान दिनुपर्छ।

क्राउन र बेल्ट
क्राउनको फेसन सुरु भएको धेरै भएको छैन। पहिले–पहिले क्राउन रानीहरूले मात्र लगाउँथे। त्यही अभ्यास अहिले सुरु भएको हो। यो त्यति महँगो छैन, सबैले सहजै किन्न सक्ने भएकाले अहिले चलनचल्तीमा छ। त्यस्तै, बेल्ट पनि चलनचल्तीमै छ। सारी र लेहेँगामा बेल्ट राम्रोसँग मिल्ने र दुलहीलाई सहज पनि हुन्छ। यो पनि त्यति महँगो छैन।

शरीर सुहाउँदो
सबै कलर सबैलाई सुहाउँछ भन्ने छैन। दुलहीको कपडा तयार गर्दा सुरुमा उसको स्किनको कलर टोन कस्तो छ भन्ने कुरा हेर्नुपर्छ। डे«स डिजाइनमा सबैभन्दा पहिले त दुलहीको रोजाईलाई प्राथमिकता दिइन्छ। गोरो मान्छेलाई जस्तो कलर पनि सुहाउँछ। तर कालो अथवा गहुँगोरो स्किन भएकाहरूलाई ब्राइट कलर नै सुहाउँछ। फेस मेकअप, ड्रेस डिजाइन सबै कुराको राम्रो ब्यालेन्स मिल्यो भने सुनमा सुगन्ध हुन्छ। विवाहको दिनामा विशेष गरेर दुलहीले सारी नै लगाएको हुन्छ। सारीमा जुरो नै राम्रो देखिन्छ। अहिले ओपन ब्लाउज लगाउने चलन छ। यसमा कपाल जुरो बनाएकै बेटर हुन्छ। लेहेँगामा कर्ली कपाल नै म्याच हुन्छ।

दुलही र बुटिक
‘अहिले बुटिकले दुलहीलाई धेरै सहज बनाएको छ,’ ब्राइडल डे«स डिजाइनर हेमा श्रेष्ठ भन्छिन्, ‘दुलहीको जिउको बनावट, बजेट, अनुहारको कलर अनुसार कपडाहरु बुटिकमा अर्डर गर्न सकिन्छ।’ पहिले अहिलेजस्तो सर्वसुलभ बुटिक थिएनन्, रेडिमेड कपडाकै चलन थियो। तर अहिले विभिन्न डिजाइनका पहिरन बुटिकबाटै तयार गर्न सकिन्छ। हेमाका अनुसार, अहिले ३०–३५ हजारदेखि ७०–८० हजार रुपैयाँसम्मका कपडा बुटिकमा तयार हुन्छन्।

प्रकाशित: १४ मंसिर २०७६ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App