५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

कविताः छोरी

स्वीकृति खनाल

म छोरी भएर जन्मेका बेला
आफन्तले आखा नतरेका हुन्थे भने
आमाले खुसीका आसु झार्ने थिइनन् होला।

म विस्तारै हुर्कने बेला
मेरो औंला समाएर सबैले डो¥याएका हुन्थे भने  
मैले दुई कदम पछाडि हटी लड्नु पर्ने थिएन होला।

छोरालाई बोडिङ भर्ना गरेका बेला
मलाई पनि सँगै लगेका हुन्थे भने
मैले पनि घर पधेरो गर्नुपर्ने थिएन होला।

प्लस टु को रिजल्ट नजिकिँदा
मलाई बिहे गरिदिने डर नदिएको हुन्थ्यो भने
म पनि आफ्नो खुट्टामा उभिई आमाको आँसु पुछ्न सक्थे होला।

आमाले दुःखमा जिन्दगी बिताइरहेको बेला
मैले छोरासरहसाथ नदिएको हुन्थे भने
मेरो विरुद्ध बोल्ने ती निर्दयीहरूले आज तारिफ गर्ने थिएनन् होला

मैले दुःखमा संघर्ष नगरेको हुन्थे भने
सायद आमाको कोखले सार्थकता पाउने थिएन होला

आभारी छु आमाबुबाप्रति !
जसले विरोधीको कुरा मात्रै सुनिदिएको भए
सायद
आज म पुरुष प्रधान देशमा पुरुषसरह उभिन सक्ने थिएन होला।

प्रकाशित: ३० चैत्र २०७५ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App