२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्य

कोरामा छोरा ?

सुयोगमानसिंह बस्न्यात
कक्षा ३, नव अरुणिमा सेकेण्डरी स्कूल,
आरुबारी, काठमाडौ।

‘यो सानो बाबुको हो ?’मलाई देखाउँदै एक जना नचिनेको अंकलले सोध्नु भयो।  “मेरो छोरा” बाबाको उत्तर थियो। “कति वर्षको भयो ?” फेरि प्रश्न सोध्नुभयो। ‘९ वर्षको’ बाबाले उत्तर दिनु भयो। “बाबुले ५० किमी पूरै साइकल चढ्न सक्छ त ?” पुनः प्रश्न गर्नु भयो। पोहोर नै ५० किमी चढिसक्यो ” बाबाले जवाफ दिनु भयो।

यो प्रश्न उत्तर थियो २०७५ साउन ५ गते शनिवार काठमाडौ कोराको। कोरामा मात्रै साइकल चढेको यो मेरो चौथो पटक हो। कोरामा पहिलो पटक २०७२ सालमा भाग लिएको थिएँ। त्यतिबेला म ६ वर्षको थिएँ। पहिलो पल्ट मैले लगभग १५/२० किमी चढे। दोस्रो पल्ट ३०÷३५ किमी चढे। पोहोरदेखि ५० किमी पूरै चढ्न सफल भए। बरु उहाँ नै पहिलो चोटि आउनु भएको रहेछ। कुरा गर्दागर्दै यात्रा गर्ने हाम्रो पालो आइसकेछ। कोरामा १०० किमी र ७५ किमी वाला हिँडेपछि ५० किमीको पालो आउँछ। यो पल्ट कोरा काठमाडौबाहेक सोही दिन हेटौडा, पोखरा, बुटवल, धरानमा पनि भयो रे।

यो पल्ट कोरामा नालाको ईश्वर अंकलसँग चिनजान भयो। त्यसै गरी अमेरिकन लगायत विभिन्न देशको विदेशीहरूले पनि कोरामा साइकल चढ्नु भयो। केही बेर महेन्द्र अंकल, सुभाष अंकल हामीहरूसँगै साइकल चढयौं। यस पल्टको -यालीमा भने नेपाल कमर्स क्याम्पसमा विविए पढ्दै गर्नु भएको विराटनगरको एलोन दादाले मलाई सुरुदेखि अन्त्यसम्मै साथ दिनु भयो। उहाँका गाँउ खाने कथा, चुट्किलाले गर्दा आधी बाटो कटेको त पत्तै भएन।

बालाजु पुग्दा पौने बाह्र भैसकेको थियो। भोकले मर्नु भयो। बालाजु नेपालटारमा मेरो मामा घर छ। त्यसैले बाबा म र एलोन दादा ३ नै जान मामा घरमा गएर खाना खायौं। म सानो भाइ रिदान (मामाको छोरा)सँग केही बेर खेले अनि केही बेरको आरामपछि फेरि यात्रामा अघि बढ्यौं। ग्रयाण्डी हस्पिटल पुग्दा नपुग्दै पानीले चुट्यो। पानी माथिमाथि हामी मुनिमुनि साइकल कुदायौं।

पाटन दरबार क्षेत्रबाट सुरु भएको साइकल यात्रा जावलाखेल, एकान्त कुना, नख्खु, मञ्जुश्री पार्क, चोभार, कीर्तिपुर, नैकाप, कलंकी, सिउचाटार, सितापाइला, नागर्जुन, बालाजु, नेपालटार मनमैजु, ग्राण्डी हस्पिटल, टोखा, मण्डिखाटार, कपन फैका, सिमलटार, तिनचुले बौद्ध, कुमारीगाल, समता स्कूल, गौरिघाट, पशुपति, गौशाला, नयाँ बानेश्वर, शंखमूल हुँदै पाटन दरबार क्षेत्रमै पुगेर टुङ्गियो। लगभग पौने पाँच बजे पाटन दरबार स्क्वायर पुग्यौं। त्यहाँ मेडल लगाएपछि बाबाले हामी २ जनाको भनेर एक हजार रुपैया आयोजकलाई चन्दा दिनु भयो। अनि हामी घरतिर लाग्यौं।

प्रकाशित: ९ चैत्र २०७५ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App