८ वैशाख २०८१ शनिबार
अन्य

उपत्यकाको ट्राफिक समस्याको जड खोजिँदै

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि नयाँ सम्भाव्यता अध्ययन थालिएको छ। पिक आवरमा जाम हुने मुख्य–मुख्य सडकको सवारी अवस्था बुझ्न पूर्व ट्राफिक प्रहरीसहितको टोली टुडिखेल आसपासमा खटिएको हो।

टोलीले सामान्य गल्तीले भएको ठूलो ट्राफिक समस्याको हल खोज्ने छ। टोलीमा ललितपुरका पूर्वप्रहरी इन्चार्ज सीताराम हाछेंथु पनि छन्। टोलीले ट्राफिक जामको जड पत्ता लगाउने र त्यसको समाधान खोज्ने हाछेंथुले जानकारी दिए। ‘उपत्यकामा सामान्य कमजोरीका कारण पनि जाम बढिरहेको छ, त्यसबारे हाम्रो ध्यान पुगेकै छैन, अब मैले उपत्यकाको जामलाई व्यवस्थित गर्नका लागि किफायत हुने उपाय खोज्दैछु,’ उनले भने। उनका अनुसार पहिलो चरणमा एक सातासम्म टुँडिखेल क्षेत्रमा पिक आवरमा गुड्ने सार्वजनिक सवारी संख्या गणना गरिनेछ। त्यसको आधारमा सवारी जाम र यात्रुहरूलाई कसरी सहजै यातायात चढाउने भन्ने विकल्प खोजिनेछ।

टोलीमा काठमाडौं महानरपालिकाका सहरी विकास योजना आयोगका सदस्य सचिव सरोज बस्नेत पनि सम्मिलित छन्। काठमाडौं महानगरपालिकासँग समन्वय गरेर उपत्यकाको ट्राफिक व्यवस्थापन गरिने उनले जानकारी दिए। ‘पुल्चोक, महाराजगञ्ज, शितल निवास, सिंहदरबारलगायत क्षेत्रमा सवारी चढ्दा सर्वसाधारणले अलि बढी सास्ती खेप्ने गरेका छन्, यो एरियामा भिआइपी ओहोरदोहोर भएर पनि यस्तो समस्या भएको छ,’ उनले भने, ‘हामीले यसको समाधान पनि छिटो खोज्नेछौं।’ उनका अनुसार कोटेश्वर र बानेवश्रको जामलाई कम गर्नका लागि महानगरसँग उचित सल्लाह भइसकेको छ।

‘पिक आवरमा कति गाडि गुड्छन्, सार्वजनिक यातायात कति छन्, बसपार्क कहाँ राख्ने, सडक पेटीलाई कसरी व्यवस्थित गर्ने, जेब्रा क्रस कहाँ कहाँ राख्ने, आकोशे पुलको अवस्थालगायत यावत पक्षको अध्ययन हामीले गर्छौं,’ हाछेंथुले भने, ‘यसका लागि सामान्य अध्ययन गरेर विवेक प्रयोग गर्ने हो भने समाधान हुन्छ।’

प्रकाशित: २० फाल्गुन २०७५ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App