२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

आफ्नै विरुद्धमा

दुईवटा मुद्दा हाल्ने छु म अब
आफ्नै विरुद्धमा,

हरेक विजय जुलुसहरूमा
पराजित जस्तो अनुहारमा
अविर लगाएर हिँडिरहेकाहरू
किन मेरा भएनन्,
किन रुचाएँ मैले
हारेको घोषणा भएपछि पनि
आगो जस्तो उज्यालो आकार बोकेका
मानिसकापंक्तिलाई
जो मौनता मै
सत्यजस्तोगीतगाइरहन्छन्,
कवितामलाई माफ गर !
मैले कुटिल हाँसोहरूमा
कहित्यै जीवनको आधार खोज्न सकिन,
खोज्नै सकिन मैले
मुखुण्डो लगाएर
अघाएझैं भएका कृतध्नहरुकाअनुहारहरूमा
ऐना हेर्नआफ्नै तस्वीर,
आँसुमाफुलेका
जीवनकाप्रत्येकअनुहार र मधुरो पंक्तिलाई
किन मैले आफ्नो ठाने,
दम्भकाज्याकेटलगाएर फुलेका
अहंकार जस्तो आकारको प्रतिपक्षमा
किन म सँधै उभिएँ,
काँढासँगअंगालो हालेर ननाचेसम्म
फूलको सौंदर्य र बासनामा
जीवनको वास्तविकगीतिधारा खुल्दैन भनेर
तिमीले नै सिकाएकाथियौ
माफ गर मेरो प्रियकविता!
मतिमीलाई
तिमिले खोजेको जस्तो
टाढाको देख्ननसक्ने
सौखिन समय दिन सक्दिन ,

हरेक रातनिलो रङ खसेको डिस्कोथेकमा
मान्छेकै रगत जस्तो लाग्ने रङको
मदिरापिएर
वाक्दै नाचिरहेकीकामदेवी
किनमसँग टाढाको नक्साको सिमाकोर्न रुचाउँछ,
मूलीखाँबो टोडिएको घरमाएक्लै बसेर
अखवारमाआफ्नो रङ थपिएको महान तस्वीर निकाल्न
माकुराहरूलाई
साँप्राबजाएर निमन्त्रणा गरिरहेकीअधबैशेहरू
मेरो विपक्षमा
किनकामुकओठचलाउँदै हिँड्छन् ,
यो शताब्दी कै बौद्दिक सुन्दरी र
आन्दोलनकारी सम्झेरउनिहरू आफुलाई
नाङ्गै नाचिरहेको मैले हेर्नै सकिन
मैले स्वीकार गर्नै सकिन,
माफ गर मेरो अनुरागचित्र !
क्यानभासको डिलमा रङ मुछिरहेको बेला
तिमीआफैले नै मलाई सिकाएकाथियौ
ढोङको जीन्दगानीपानीको फोका जस्तै हो,
हिमाल जस्तै नाङ्गिनु
नदी जस्तै नाङ्गिनु
नाङ्गिनु प्रेमले नुघेको
बिहानीको रातो अनुहार जस्तै भएर नाङ्गिनु !
एउटै अर्थकालागिहजार चोटी
हिमालमाहिमानीभएर नाङ्गिनु ,
तर
भरखरै भरखरै आफ्नै अनुहारमानिख्रिए
अविर लगाएर जुलुसमा हिँडिरहेकाहरू
दम्भको बजारमाआफ्नो मूल्य राखेर
भरखरै गतिमानभएर फैलिए
मिथ्यागाइरहेकाहरू,
जो मलाई सँधै कित्ता काटेर राख्न रुचाउँछन्
असफलताको डोरीमा बाँट्न रुचाउँछन्
किन डराएको आँखाले हेर्छन मलाई उनिहरू
सारै गहिरो डर छ
मलाई हेर्ने उनीहरूकाआँखाहरूमा,
यदीकविभएकै कारणले
यदीकलाकार भएकै कारणले
अनेकगल्ती सावित हुन्छ भने
मआफैलाई आजैको दिन
दुईवटा मुद्दा हाल्नेछु जीन्दगीको अदालतमा
अभियुक्तकवि रमेशश्रेष्ठको नाममा
अभियुक्तकलाकार रमेशश्रेष्ठको नाममा ।

प्रकाशित: १० कार्तिक २०७५ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App