१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

गाउँको कोसेली

‘टिनिन्न ... ’ घन्टी बज्छ।

आफ्नै सुरमा कोठामा गृहकार्य गरिरहेकी शिवानी घन्टीको आवाज सुनेर झसङ्ग हुन्छे अनि किताब–कापी त्यहीँ छोडी टाठ्ठिएर बाहिर निस्कन्छे । बाहिर गाउँबाट आएका उसका मामा रहेछन् । ‘ए, मामा पो आउनुभएको रहेछ ! नमस्ते मामा, बाबाममी बाहिर निस्कनु त ! हेर्नुस् न मामा आउनुभएको रहेछ ।’ उसले खुसीले उफ्रँदै सबै कुरा भन्न भ्याई । शिवानीको आवाज सुनेर बैठक कोठामा टिभी हेर्दै बसेका उसका बाबा र किचनमा भात पकाउने सुरसार गर्न लागेकी उसकी ममी एकैचोटि बाहिर निस्के । ‘ए, दाजु पो आउनुभएको रहेछ । अनि घरमा बाआमा भाइबहिनी सबै सन्चै छन् ?’ शिवानीकी ममीले सोधिन् । यति बेलासम्म शिवानीले मामालाई हातले तानेर भित्रै ल्याइसकेकी थिई । शिवानीका बाबाले पनि ‘नमस्ते’ भन्दै सोफामा बस्न अनुरोध गरे।

भलाकुसारीसँगै मामाले शिवानीकी ममीको गोडामा ढोगिदिए । ‘खै, ज्वाइँ साहेब दर्शन गरुँ !’ भनेर शिवानीका बाबाको गोडा ताने । ‘भो, भो दाइ हातैले नमस्ते गरे भइहाल्छ नि !’ भन्दाभन्दै पनि जबर्जस्ती ढोगिदिए र भने, ‘यो हाम्रो संस्कृति हो छोड्नु हुन्न ।’ अनि भान्जी शिवानीलाई पनि ढोगिदिएर हातमा पचास रुपैयाँ राखिदिए।

‘ठेकी भनेको के नि?’ मामा सरासर उत्तर भन्दै जाने सुरमा थिए तर बिचैमा भान्जीले रोकेपछि उनले भने, ‘माटाको घैँटो, तामाको गाग्री भनेजस्तै काठबाट बनाइएको भाँडो ठेकी हो। कटहर वा दारको काठबाट ठेकी बनायो भने राम्रो हुन्छ भन्छन्।

मामा आएपछि शिवानी साह्रै खुसी थिई । बाँकी रहेको गृहकार्य भरे गर्नुपर्ला भन्ने सोचेर कापीकिताब झोलामा थन्क्याई । आज उसलाई टिभीको कार्टुन हेर्न मन लागेन, न त बजारको चाउचाउ खान नै मन लाग्यो । मामाकै काखमा आएर थुपुक्क बसी । मामाले झोला खोलेर खानदानको डिब्बा भान्जीलाई थमाए । घरबाट ल्याएको घिरौँला, बोडी, भिँडी, करेला सहितको ठूलो प्लास्टिक अनि एक सिसी घिउ टेबुलमा राखेर थन्क्याउन लगाए।     

‘हाम्री आमाले पनि किन दुःख गर्नुभएको हो, कुन्नि ! बोकेर ल्याउन दाजुलाई उस्तै गाह्रो ...’ शिवानीकी ममी आफैसँग बोलिरहेकी थिइन् । शिवानीका मामाले भने, ‘यस्तो कुरा नगर, मैले झन् तिमीहरूलाई कति दुःख दिन्छु।’

शिवानी अल्लि सानै छँदा मामासँग मिठाई भनेर पिरोल्थी । चाउचाउ किन्न कर लगाउँथी । मामाले ‘गीत गाइदेऊ न, भान्जी !’ भन्दा कत्ति पनि शर्म नमानी गीत गाउँथी-
‘मामा आउनु भो,
मामा आउनु भो
स्यानो–स्यानो गोलो–गोलो
पापा ल्याउनु भो’

आजभोलि शिवानीलाई गीत गाउन लाज लाग्छ । अलि ठूली भएकीले कुरो बुझ्छे र जिज्ञासा पनि राख्छे । हुन त अहिले ऊ गाउँको स्थानीय विद्यालयमा दुई कक्षामा पढ्छे । कुरो बुझ्ने भएरै होला, खानादानको डिब्बाभित्र रहेको कुराउनी ममीलाई राख्न दिई ‘ममी, यो पनि राख्नुस् ! सबैले बाँडेर खानुपर्छ । अनि त्यो सिसीको के हो नि मामा ?’ उसले जिज्ञासा राखी।

शिवानीकी ममीले हकारिन्, ‘छुच्ची केटी, तँलाई सबै कुराको खोजीनिधी चाहिन्छ ? थुपुक्क चुप्प लागेर नबसेर।’

‘त्यसो होइन, बालबालिकाको स्वभाव जिज्ञासु हुन्छ । सोधेको कुरा बुझ्ने गरी बताइदिनुपर्छ । ल सुन, भान्जी ! त्यो सिसामा मैले घिउ ल्याएको हुँ ।’ मामाले कुरा खोले।

शिवानीले राम्रैसँग जान्न चाही, ‘मामा, कुराउनी त दूध पकाएर बन्छ । घिउ के पकाएर बन्छ नि ?’ एकै वाक्य र एकै शब्दमा उत्तर नआउने खालको प्रश्न सोधेपछि शिवानीका मामाले भन्दै गए, ‘भान्जी, जसका  घरमा गाईभैँसीको दूध हुन्छ उसैकहाँ घिउ बन्छ । यसको तरिका अलि लामै हुन्छ । सुन्ने हो?’

‘हस् मामा, छिटो भन्नु न ! मलाई कस्तो जान्ने इच्छा लागिरहेको छ ।’ शिवानी उत्तर सुन्न हतारिई । भान्जीको जिज्ञासा मेटाउन मामाले भन्न थाले, ‘घरमा खाएर बाँकी रहेको दूधलाई ठेकी वा अन्य भाँडामा राखिन्छ।’

‘ठेकी भनेको के नि ?’ मामा सरासर उत्तर भन्दै जाने सुरमा थिए तर बिचैमा भान्जीले रोकेपछि उनले भने, ‘माटाको घैँटो, तामाको गाग्री भनेजस्तै काठबाट बनाइएको भाँडो ठेकी हो । कटहर वा दारको काठबाट ठेकी बनायो भने राम्रो हुन्छ भन्छन् । सुन है, ठेकीमा राखेको दूध एकै रातमा दही बनिसक्छ र बिहान वा बेलुकी दूध खन्याएर बनेको प्रत्येक साँझको दहीलाई एउटै ठेकीमा राखेर छिल्बिल्याइन्छ र त्यसमा मदानीको पोरा डुब्ने गरी पानी थप्नुपर्छ।’

‘मलाई त मदानी भनेकै थाहा छैन, मामा ! अनि पोरा डुबाउने भनेको के हो नि ? मैले त कुरा बुझ्दिनँ कि क्या हो, मामा !’ शिवानीले जिज्ञासा राख्दा ‘बुझिन्छ, भान्जी !’ भन्दै मामाले भन्दै गए, ‘मदानी भनेको ठेकीमा राखिएको दही मथ्ने साधन हो । सर्लक्क परेको केही लामो सुरिलो लठ्ठीजस्तो हुन्छ। यसमा एक छेउमा काठबाट बनेको पखेटाजस्तो साधन हुन्छ । त्यो भाग ठेकीभित्र पिँधमा पर्ने गरी राखिन्छ । ठेकीमा दही राखेपछि त्यसैलाई हेरेर पोरा डुबे–नडुबेको विचार गरिन्छ । त्यो पखेटा डुब्नु भनेकै पोरा डुब्नु हो । तर पोरा ठिक्क डुब्ने गरी मात्र डुबाउनु पर्छ । मदानीमा दस–बाह्र फन्का बेरेको डोरी वा नेतीको दुवैतिरको टुप्पो दुवै हातमा राखी घार्रघुर्र पारेर तान्दै गएपछि नौनी घिउ तैरिएर बस्छ । नौनी घिउ बन्यो कि बनेन भनेर हेर्न बेलाबेलामा मदानी थोरै उचालेर घुमाउनु पर्छ । वरिपरिको नौनी पोेरामा रिङ्गै घुमेर एकैै ठाउँमा थुप्रियोे भने नौनी तयार भएको भन्ने बुझ्नुपर्छ । अनि यही नौनी निकालेर तताएपछि मात्रैै घिउ बन्छ।’

‘ए, कुरा त्यसो पो रहेछ ! अझ देख्नै पाएको भए झन् राम्रोसँग छर्लङ्ग बुझिन्थ्यो होला, है मामा ?’ मामाको बेलिबिस्तार सुनेपछि शिवानीको चित्त त बुझ्यो तर उसलाई गाउँमै गएर प्रत्यक्ष हेर्ने रहर पनि लाग्यो । ‘ठिक भन्यौ भान्जी सुनेको भन्दा देखेको र देखेको भन्दा आफैंले प्रयोग गरेको सिकाइबाट मानिसले छर्लङ्ग बुझ्न सक्छ ।’ मामाले आफ्नो कुरा सक्न नपाउँदै उता भान्छा पनि तयार भइसकेको थियो।

शिवानीकी ममीले मान्छाकोठाबाटै कराएको सुुनियो, ‘मामाभान्जीको गफ अझै सकिएको छैन कि कसो ?’ शिवानीका बाबाले भित्रै आएर भने, ‘जाऊँ त नि, हजुर ! भान्सा तयार भएजस्तो छ।’

भान्सामा घरायसी कुराकानी चल्यो । जति कर लगाए पनि मामाले पर्सि जसरी पनि जानै पर्ने कुरा गरे । खाना खाइसकेर सुत्ने तरखर भयो । भोलिपल्ट बिहान शिवानी आफ्ना बाबाममीसँग भन्दै थिई, ‘मामाघरमा माइजू र भाइबहिनीलाई के कोसेली पठाइदिने नि ? हाम्रो घरमा त त्यस्तो केही बन्दैन क्यारे!’

‘हाम्रो सल्लाह भइसकेको छ, तँ नकरा।’

 शिवानीकी ममीले भनिन् । नभन्दैै बाबाले बेलुका एउटा पोको लिएर आए । शिवानीले बाबासँग सुटुक्क सोधी र मामाको हातमा  राखिदिँदै  भनिन्, ‘मामा दुईचार दिन बसौँ  भनेको मान्नुुभएन । भोलि जानेबित्तिकै माइजूू र भाइ–बहिनीलाई दिनुस्, है!’

मामाले यसोे पोेको खोलेर हेरे, गुँँदपाक रहेछ।

प्रकाशित: २७ आश्विन २०७५ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App