१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

दसैंलाई ३५ सय खसी–बोका भित्रिए

फाइल फोटो

उपत्यकामा ३५ सयको हाराहारीमा खसी–बोका भित्रिएका छन् । चाडवाडमा उपभोक्ताहरूलाई सहजरूपमा मासु उपलब्ध गराउन खसी–बोकाहरू भिœयाएको चौपाया खरिद–बिक्री संघका संरक्षक दीपक थापाले बताए।

‘हप्तामा दुई चोटी खसी–बोकाहरू भिœयाउने गरेका छौं,’ उनले भने, ‘अझै दसैं आउन बाँकी छ, अझै भित्रिने क्रम जारी छ ।’ उनका अनुसार उपत्यकामा खसी–बोकाहरू भिœयाउने क्रम जारी छ । अहिलेसम्म उदयपुर, सुर्खेतलगायत जिल्लाबाट खसी–बोकाहरू ल्याइएको उनले बताए । भेडा–च्यांग्राहरू भने घटनास्थापनादेखि मात्रै भित्रिने उनले जानकारी दिए।

उनका अनुसार हरेक वर्ष ८० प्रतिशत खसी–बोकाहरू भारतबाट भित्र्याइने गरिएको छ भने २० प्रतिशत मात्रै नेपालबाट भित्रिने गरेको छ । जसले गर्दा १२ अर्ब रूपैयाँ बाहिर जाने गरेको उनले बताए । उनका अनुसार गत वर्षमा पनि करिब ३५ हजार खसी–बोकाहरू भारतबाट ल्याइएको थियो।

चाडपर्वको बेला उपत्यकामा करिब एक लाख खसी–बोका र भेडा–च्यांग्राहरू माग हुने गरेको उनले बताए।

सरकारले पर्याप्त मात्रामा पशुचौपाया ढुवानी गर्न नदिँदा उपभोक्ताहरूको माग अनुसार भित्र्याउन नसकेको थापाले गुणासो गरे।

सरकारले पशु व्यवसायीका लागि सहुलियत ऋण उपलब्ध नगराउनु, बजार अभावलगायत कारणले समस्या भएको उनको भनाइ छ।

दसैंलाई मध्यनजर गरी एक–एक हजार खसी–बोका र भेडा–च्यांग्रा सुपथ मूल्यमा बिक्री गर्ने नेपाल खाद्य संस्थानका विभागीय प्रमुख शंकर सापकोटाले जानकारी दिए । उनका अनुसार घटस्थापनादेखि थापाथलीस्थित खाद्य संस्थानको भवनबाट बिक्री सुरु गरिने छ । प्रचलित मूल्यमा केही कम गरेर खसी बोका बिक्री गरिने समेत सापकोटाले बताए ।  अहिले नै मूल्य भने नतोकिएको उनको भनाई छ । लागतको मूल्य हेरेर प्रति किलोको हिसावले मूल्य निर्धारण गरिने उनले जानकारी दिए।

व्यावसायीहरूका अनुसार उपत्यकामा खसी–बोका बिक्री वितरण गर्न ३५–४० रोपनी जग्गा आवश्यक पर्छ । सरकारले जग्गाका लागि पहल नगरिदिँदा हाल टुकुचा, कलंकी, बिजुली बजार लगायतका ११ रोपनी जग्गामा खसी–बोका बिक्री वितरण गरिँदै आएको छ।

चौपाया व्यवसायी संघले जग्गा उपलब्ध गराउन पाँच वर्षदेखि सम्बन्धित मन्त्रालयसँग जग्गा उपलब्ध गराउन माग गर्ने गरेको छ । तर, मागको सुनुवाई नहुँदा व्यावसायीहरू चिन्तित छन्।

सरकारले व्यावसायीहरूलाई सहयोग नगरेको उनीहरूको गुनासो छ।

प्रकाशित: २२ आश्विन २०७५ ०५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App