२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

दशअवतार मन्दिरमा ढुंगाको गाह्रो

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रको दशअवतार मन्दिर पुनर्निर्माणमा ढुंगाको प्रयोग भएको छ । जग उठाएर वाल लगाउँदा ढुंगाको प्रयोग भएको हो ।

२०७२ वैशाख १२ को भूकम्पले भत्काएको मन्दिर पुनर्निर्माण प्राकृतिक सानु सुवाल एसपी जेभीले गरिरहेको छ । सम्पदा पुनर्निर्माणलाई पुरानो स्वरूप अनुसार पुनर्निर्माण गर्न पुरातात्विक सामग्रीको प्रयोग गर्नपर्ने हुन्छ । यसरी पुराताŒिवक सामग्रीको प्रयोग गर्दा महँगो भएपछि ठेकेदार कम्पनीले ढुंगाको प्रयोग गरिरहेको बताइन्छ।

पुरातात्वविद् विष्णुराज कार्कीका अनुसार सम्पदाको मौलिकता कायम गर्न पुरातात्विक सामग्रीकै प्रयोग गरेर पुनर्निर्माण गरिनुपर्छ । यसअघि ढुंगा प्रयोग नभएको मन्दिरमा पुर्निर्माण गर्दा ढुंगा प्रयोग गरिनु मापदण्ड विपरित भएको कार्कीले बताए ।

पुरातत्व विभाग, हनुमान ढोका दरवार हेरचाह अड्डाकी प्रमुख अरूणा नकर्मीले भने जगमा मात्रै ढुंगा प्रयोग गर्ने अनुमति दिएको बताइन् । ‘जगमाचाँही ढुंगाको प्रयोग गर्ने अनुमति दिएका हौं,’ उनले भनिन्, ‘जगमाथि ढुंगाको प्रयोग गर्न मिल्दैन । ठेकेदारले बदमासी गरेर यसरी प्रयोग गरेको भएमा हामी अध्ययन गर्नेछौं ।’यता ठेकेदार कम्पनीका पवन श्रेष्ठका अनुसार जगभन्दा माथि नै ढुंगाको प्रयोग भएको छ । यसरी ढुंगाको प्रयोग गर्ने अनुमती विभागबाटै लिएको उनले बताए ।

प्रकाशित: २१ जेष्ठ २०७५ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App