४ वैशाख २०८१ मंगलबार
अन्य

आत्मार्चन– ८

तिम्रो ज्ञान भिन्न छैन ज्ञानबाट नज्ञेय नै ।
आत्मादेखि भिन्न केही छैन भेद कतै कुनै ।।

ब्रह्मादि देवताले जो गर्दछन् सृष्टिका कुरा ।
चैतन्य रूपले मेरो त्यै गर्छ बुझ सर्वदा ।।

संसार यो सबै मै हुँ परमात्मा म अव्यय ।
मदेखि भिन्न क्यै थेन छैन वा हुन सक्दछ ।।

यौटै ब्रह्म चिदाकार सर्वात्मक अखण्डित ।
निष्कम्प अथवा धेरै निःशेष यसरी बुझ ।।

म ह्वैन अरु क्यै छैन खाली ब्रह्म निरन्तर ।
आनन्दपूर्ण सर्वत्र निर्भीक गर अर्चन ।।

ग्राह्य ग्राहक संवंध सामान्य अन्य जीवमा ।
तर योगीजनहरू छाडी विषय वासना ।
आत्मार्चन मात्र गर्छन् सावधान रही यहाँ ।।

प्रकाशित: २२ वैशाख २०७५ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App