३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

जीवन्मुक्त लक्षण–३


चिन्ताबाट हटेको छ बाहिरी दुनियाँ मन ।
ठण्डा आकाशझैँ सौम्य, ती मुक्त परमेश्वर ।।

चित्तबाट हराएको तुष्णाजाल सबै हुँदा ।
सफा छ मन त्यस्ताको आखिर ब्रह्म सम्ममा ।।
ध्यान कर्म गरोस् चाहे नगरोस् छैन अन्तर ।
ऊ त मुक्त भएको छ छ तुल्य परमेश्वर ।।

देहादिमा आत्मबुद्धि बन्ध हो नाश मोक्ष हो ।
बन्धमोक्ष ऊ जान्दैन आत्मा यो नित्यमुक्त हो ।।

ज्ञानले दृश्य क्यै छैन भन्ने निक्र्योल लीकन ।
मनबाट सबै दृश्य निराकरण भैकन ।।
सहजैमा मुक्तिसुख पाइन्छ सजिलैसँग ।।

क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)

 

 

प्रकाशित: २९ पुस २०७४ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App