५ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

गाडी सिँगार्ने कलाकार

सवारीमा सिटको बिषयलाई लिएर विवाद हुने गर्छ। सडकमा  स–साना विषयमा उग्र विवाद हुने गर्छ। मिठो बोलेमा समाधान हुने बिषय नमिठो बोल्दा बिग्रेको थुप्र्रै उदारण छन्।  सवारी दुर्घटनाबाट जोगिए पनि त्यसपछि बोलीको घातबाट धेरै घाइते हुने  गरेका छन्।

यस्तै माहौल देख्दै आएका हेटौडाका एक कलाकारले सवारी साधनमा पेन्टिङ कला मार्फत करात्मक सन्देश दिन थालेका छन्।सवारी साधनको  बडीमा  पेन्टिङ गर्दे आएका मकवानपुरका  पूर्ण  बलले पछिल्लो पटक  बा २ ख ९४३६ नंबरको बसमा कोरेको 'केही मिठो बात गर..' भन्ने पक्तिले धेरैको मन छोएको छ। एकातिर हारमोनिय बजाउदै गरेका नारायण गोपालको आकर्षक तस्बीर छ भने केही पर उनले गाएको गीतको सुमधुर बोलको गीत कोरिएको छ।

'सवैले पढे–सुनेका कुरा हुन,' पूर्ण बल भन्छन , 'पानामै सिमित  ति ज्ञानलाई सवारी साधानमा  राखेर अगाडी बढाउने प्रयास गरेको हु।' 

स साना कुरामा पनि सडकमा विभिन्न गाली सुनेका उनले मिठो बोलीले सबै समस्याको समाधान हुने भन्दै नारायण गोपालको उक्त गीत कोरेको सुनाए। 'सवैका भरे फेरी आ–आफन्ा दुख सुख त छदै छन नी ,' उनले  गीतकै शैलीमा भने, ' अहिले सडकमा  किन मिठा कुरा गरेर अगाडी नबढ्ने।'

उनले सोही सवारीको अर्को साइडमा  अरुणा लामाको तस्बीर सहित उनले गाएको गीत 'एक्लै बस्दा सधै मलार्इँ संझना आइदिन्छ, सहन नसकी आँखाबाट आसु सधै झरिदिन्छ' बोलको पक्ति कोरेका छन्। एकातिर नारयागोपाल र अकर्ोेतिर अरुणा लामाकोरिएको उक्त बस उपत्यकाको चक्रपथमा गुड्दा सुमधुर संगितको परिक्रमा जस्तो लाग्छ।

सानै उमेरदेखि चित्रकलामा आकर्षित बल विगत १० बर्षदेखि आफु कार्यरत कारखानामा आउने गाडीमा आकर्षक रङरोगन गर्दे आएका छन। यस अघि पनि उनले  विभिन्न सन्देश दिने चित्रसंगै पक्ति पनि कोर्न थालेका छन्। झन्डै ७ बर्ष अगाडी उनले  एउतटा कन्टेनरको  एका तर्फ जस्टिन बाइबरको गीत सहितको चित्र र अर्कातिर कृष्णको तस्वीर सहितको गीताको श्लोक बनाएर चर्चित बनेका थिए।'जीवन एकै सिक्काको दुई पाटा त हुन् नी,' उनले भने, 'समाजका दुवै तप्काले त्यो ट्रकको चित्रकला खुबै मन पराए।'

त्यसैगरी  एक बर्ष अगाडी इन्दीरा जोशीको चर्चित गीत उध्रेको चोली  भन्ने बोलको चित्र पनि उनले कोरेका थिए। 'गीत धेरै पपुलर भएपछि चालकले नै चित्र बनाइदिन आग्रह गरे,' उनले भने, 'मलाई पनि राम्रो लाग्यो बनाइदिए।'

उनले गाडी चालक र साहुजीको रुची बुझेर आफैले गीत तथा चित्र छान्ने गरेको  बताए। यसमा  सवैजाना खुसी हुनु भएको उनको अनुभव छ । उनले कुनै सवारीमा कृष्ण सुदामाको चित्र बनाएर मित्रताको सन्देश दिएका छन त कुनैमा  नेपलको महानत उल्लेख गर्दे शान्त रहन आग्रह गरेका छन्।

उनले कुनै सवारीमा माहाकवी देवकोटाको बचन   'मानिस ठूलो दिलले हुन्छ जातले हुदैन' भन्ने चित्र कोदर्ेै समाजमा रहेको विभेदमाथी व्यङग गरेका छन् भने कतै 'हातका मैला, सुनका थैला के गर्नु धनले भन्दै' पैशा कमाउन बर्षेनी खाडी मुलुक जाने यूवा तर्फ संकेत गरेका छन्।

'सवैले पढेका देखेका, सुनेका कुरा हुन,' उनले भनिन्, 'कितावमा पानमा रोकिएका ति कुरालाई सवारी साधानमा लेेखेर अगाडी बढाउदै छु।'

उनले विभिन्न सवारी साधानमा स्पोर्टस सम्बन्धी चित्र पनि कोरेका छन। बार्सिलोना र रियल म्याडि्रडका खेलाडी तथा टिमका चित्र बढी कोरिएको उनले सुनाए। 'कोही टिमका प्रशसंक छ न भने नाम तोकेर यहि टिमको बनाउ भन्छन,' उनले भने, 'त्यस्तो हैन भने मैले जे बनाए  चालक त्यहि टिमको प्रश्ासंक बन्ने छ्न।'

प्रकृतिका मनोरम छटापनि कोर्दे आएका उनले सवारी साधानमा पानी र जीवनको सम्बन्धलाई लिएर पनि चित्र कोरेका छन्।  फरक फरक सवारीमा फरक फरक सन्देश दिने मेरो सोच छ,' उनले भने, 'यसो गर्दा चित्रकला सार्थक भएजस्तो लाग्छ।' चित्रकोरेर  परिवार चलाउदै आएका उनले यसमार्फत सन्देश पनि छर्न पाएकोमा थप खुसी मिलेको बताए।

नेपाली गित संगित रुचाउने बल पछिल्लो समय गायक प्रमोद खरेलका प्रशसंक बनेका छन्। उनले गाएका गीत हरु उनी निक्कै मन पराउँछन।  'मलाई उनको तस्वीर सहित गीतको बोल लेख्ने सोचमा छु,' उनले भने, 'मलाई जसले पनि किन रुवाउछ भन्ने लेख्ने छु। '

प्रकाशित: ९ पुस २०७३ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App