६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

ट्रेड युनियनका नाममा बन्दहडताल रोक्नुपर्छःउद्योगमन्त्री पाण्डे

काठमाडौं–ट्रेड युनियन अधिकारका नाममा बन्दहडताल गर्दा उद्योगहरु धरासायी भएको भन्दै कानुनी रुपमानै यस्ता क्रियाकलाप रोक्नुपर्ने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताएका छन्। संसदको उद्योग तथा उपभोक्ता हित संरक्षण समितिले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले मुलुकको आर्थिक सम्वृद्धिकोलागि उद्योगधन्दा सहज रुपमा सञ्चालनको वातावरण बनाउनु पर्ने बताए।

‘राजनीतिक अधिकार प्राप्ति गर्यौं,’ उनले भने, ‘अब उद्योगहरु भित्रको बन्द सदाकालागि बन्द गर्नुपर्छ ।’ सरकारले सात क्षेत्रमा औद्योगिक क्षेत्र र १४ स्थानमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने तयारी गरेको सो अवसरमा मन्त्री पाण्डेले जानकारी गराए ।

विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्दै सांसदहरुले उद्योगीलाई लगानी काम गर्ने वातावरण मिलाउनु पर्ने बताए । उद्योगलाई नियमले बाँधेरमात्र नराखी केही समय करको अपेक्षा नगरी लगानीमैत्री वातावरण बनाउनु पर्ने सांसदले जोड दिए ।

 

प्रकाशित: १९ असार २०७३ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App