“स्थानीय तथा विश्वव्यापी कार्यहरूमा ज्येष्ठ नागरिकको नेतृत्व : हाम्रो आकांक्षा, हाम्रो कल्याण, र हाम्रा अधिकारहरू” रहेको छ। यो भनाइले ज्येष्ठ नागरिकले लचिलो र समावेशी समाज निर्माणमा खेल्ने परिवर्तनकारी भूमिकालाई उजागर गर्दछ।
ज्येष्ठ नागरिकहरू सेवाको लागि मात्र आश्रित नभई, स्वास्थ्यमा समानता, आर्थिक समृद्धि, समुदायीक उत्थानशीलता र मानव अधिकारको पक्षमा अनुभव र ज्ञानद्वारा परिवर्तन ल्याउने सक्रिय तत्वहरु हुन्।
२००२ को राजनीतिक घोषणा पत्र र म्याड्रिड अन्तर्राष्ट्रिय कार्य योजनाहरु ज्येष्ठ नागरिक सम्बन्धी विश्व नीति निर्माणका आधार स्तम्भ हुन्, जसले विकास, स्वास्थ्य सेवा र उपयुक्त वातावरणको निर्माण गरी सबै उमेरका लागि उपयुक्त समाज निर्माणको लक्ष्य राख्दछ। २०२५ को यो उद्गारले यिनै सिद्धान्तहरूलाई प्रतिविम्बित गर्दै ज्येष्ठ नागरिकहरुलाई स्थानीय र विश्वस्तरमा परिवर्तन ल्याउने मुख्य चालकको रूपमा मान्यता दिएको छ।
हालैका दिनहरुमा अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका प्रगतिरुले पनि यस विषयलाई नयाँ गति प्रदान गरेका छन्। अप्रिल २०२५ मा “मानव अधिकार परिषदले” ८१ सदस्य राष्ट्रहरूको समर्थनमा “प्रस्ताव ५८/१३” पारित गर्यो, जसअन्तर्गत ज्येष्ठ नागरिकहरुको मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि कानुनी रूपमा बाध्यकारी दस्तावेज तयार गर्न एक “कार्यदल” गठन गर्ने निर्णय गरियो। यो ऐतिहासिक कदम ज्येष्ठ नागरिकहरुलाई अधिकारप्राप्त र परिवर्तन ल्याउन सक्षम व्यक्तिमा स्थापित गर्नेतर्फ लागिरहेको संकेत हो।
विश्व जनसांख्यिकीय संरचनामा तीव्र परिवर्तन भइरहेका सन्दर्भमा यो कार्य अझ आवश्यक भएको छ। विशेषतः विकासोन्मुख राष्ट्रहरूमा ज्येष्ठ नागरिकहरुको संख्या तीव्ररूपमा वृद्धि भइरहेको अवस्थामा दिगो विकासको लागि ज्येष्ठ नागरिकहरुलाई सशक्त बनाउने, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा समान पहुँच सुनिश्चित गर्ने र भेदभाव अन्त्य गर्ने जस्ता नीतिहरू अपरिहार्य भएका छन्। ज्येष्ठ नागरिकहरुको आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्दै र उनीहरूको योगदानलाई मान्यता दिँदै, २०२५ को यो अन्तर्राष्ट्रिय दिवसले उनीहरूलाई आफ्ना “आकांक्षाहरू अभिव्यक्त गर्न, अधिकारका लागि पैरवी गर्न र गरिमा र कल्याण सुनिश्चित गर्ने नीतिहरू” को माग गर्न एउटा सशक्त स्थान प्रदान गर्दछ। धन्यवाद।
२०२५ को संयुक्तराष्ट्रसंघ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरीक दिवसको सन्देशले हामीलाई “ ज्येष्ठ नागरिक परिवर्तनका शक्तिशाली वाहक हुन्” भन्ने भनाइको स्मरण गराउँदछ। ज्येष्ठ नागरिकको आवाजलाई नीति निर्माणमा तथा उमेरकै आधारमा हुने भेदभावहरुको अन्त्य गर्न र समावेशी समाज निर्माण गर्ने प्रकृयामा समाहित गराउनु अत्यन्तै महत्वपूर्ण हुन् : संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस
ज्येष्ठ नागरिकहरुका सन्दर्भमा हामीले मनन गर्नु पर्ने कुरा चाहि के हो भने प्रथमतस् ज्येष्ठ नागरिक भनेका समाजका एउटा छुट्टै उमेर समूहका व्यक्तिहरु हुन। फेरि त्यस भित्र पनि धनी, गरीव, पुरुष, महिला, जातजाती, अपाङ्ग सवै खाले व्यक्तिहरु समाहित हुने गर्दछन्। त्यसर्थ यस्तो विशिष्टिकृत मुद्धामा एउटै सोच र शैलीले किमार्थ सम्वोधन तथा वहर्स हुन सक्दैन। भई हाले पनि त्यो प्रभावकारी हुनै सक्दैन। त्यसर्थ ज्येष्ठ नागरिकको वास्तविक समस्या के हुन, तिनको विशिष्टिकृत समश्यालाई कसरी सम्वोधनगर्न सकिन्छ र त्यस्तो सम्वोधन को र कुन निकायबाट अनि कुनस्तरवाट कसरी गर्ने भन्ने बिषय नै प्रमुख मुद्धा हो। ज्येष्ठ नागरिकको मानव अधिकारलाई अझ राम्रोसंग कसरी संरक्षण र प्रवद्र्धन गर्ने भनी छलफगर्न सन् २०१० मा बुढ्यौली बारेको संयुक्त राष्ट्रसंघीय खुला कार्य सम"ह स्थापना भएको हो र हाल सम्म भएका १०औं कार्यसत्रहरूमा भएका छलफलबाट यी अधिकारहरूको संरक्षणमा रहेका धेरै कमी कमजोरीको पहिचान गरेकोछ। सन् २०१२ मा यो कार्य समुहलाई ज्येष्ठ नागरिकको अधिकार माथि एउटा अन्तर्राष्ट्रिय कानुनी उपायका लागि प्रस्ताव तयारपार्ने जिम्मेवारी दिईएको थियो।
सन् २०१४ को पांचौं कार्यसत्रको अन्त्यमा सदस्य राष्ट्रहरूलाई ज्येष्ठ नागरिकका अधिकार संरक्षणको सुधारगर्न ठोस प्रस्ताव, व्यबहारिक उपाय, उत्कृष्ट अभ्यास र अनुभवहरू प्रस्तुतगर्न आमन्त्रण गरिएको थियो र तीनलाई संयोजनगरी सन् २०१५ को अन्त्यमा संयुक्त राष्ट्र संघको महासभामा पेश गरिएको थियो। यसै प्रकारले २०१५ मा छैठौं सत्र क्रमश: सातौं, आठौं, नवौं र १५ देखि १८ अप्रिल २०१९मा संयुक्त राष्ट्रसंघमा सम्पन्न खुल्ला छलफलमा पहिलो पटक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको प्रतिनिधित्व गर्दै महासचिवको हैसियतले यो पंत्तिकारलाई दशौं सत्रमा कार्यपत्र समेत प्रस्तुत गर्ने मौका प्राप्त भएको थियो। ज्येष्ठ नागरिकहरुका लागि एघारौं खुल्ला छलफल समूह ६ देखि ९ अप्रिल २०२० मा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा सम्पन्न भएको छ। ज्येष्ठ नागरिकहरुका लागि खुल्ला छलफल समूह एक अभियानको रुपमा प्रस्तुत भई काम गरिरहेको छ। त्यसैको आधारमा महासन्धी हुनु पर्ने भन्ने हाम्रो मान्यता हो।
ज्येष्ठ नागरिकका विषयमा तिनको हक, अधिकार, रुची र विषयलाई लिएर थुप्रै सम्मेलन, गोष्ठि र सेमिनारहरु भए। स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म आयोजना भएका त्यस्ता विविध कार्यक्रमहरुले ज्येष्ठ नागरिकहरुका विविध समस्या र समाधानका विषयमा व्यापक छलफल पनि गराएका छ तर ती सबै औपचारिकतामा सीमित नराखी ज्येष्ठ नागरिकहरुलाई आफ्नोे हक र अधिकार वोध गराउन र तिनका विषयमा भएका निर्णयहरुलाई राष्ट्रको ऐन, नियममा समावेस गरी बन्दनकारी बनाउनु आजको आवश्यकता हो। ज्येष्ठ नागरिकको लागि राज्यको तर्फ बाट नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ४१ मा ज्येष्ठ नागरिकको लागि बिशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख भएको र संविधानमा उल्लेखित प्रावधानलाई कसरी ऐन, कानुनमा समावेस गरिन्छ भनि हेर्न बाँकी नै छ। ज्येष्ठ नागरिक सम्वन्धि ऐन २०६३ र नियमावली २०६५ लाई पनि बस्तुगत रुपले हेर्दा कायान्वयनको पक्षमा त्यति प्रभावकारी भए जस्तो लाग्दैन। त्यसर्थ यदि यस विषयमा महासन्धी गरेर विश्वव्यापी घोषणापत्र जारी भएमा र राज्य पक्षराष्ट्र भइ हस्ताक्षर गरेमा र त्यसलाई सर्वोच्च संसदबाट अनुमोदन गरे भने सवै जनता र राज्यका लागि नैतिकरुपले मात्र नभई बन्दनकारी हुन जाने कुरा विधानतः सवैमा स्पष्ट छ। त्यसर्थ यस्तो महत्वपूर्ण विषयलाई वन्दनकारी बनाउनु पर्छ भन्ने हामि र हामि जस्ता थुप्रै ज्येष्ठ नागरिकका लागि काम गर्दै आएकाहरुको अभिमत हो र त्यसको सुरुवात भनेकै महासन्धी बाट हुने भएकोले ज्येष्ठ नागरिकहरुका विषयमा एउटा प्रभावकारी महासन्धी हुनु जरुरी छ किनकि यो एउटा छुट्टै र महत्वपूर्ण विषय हो र यसको उठान नै फरक परिवेशबाट हुन्छ भन्ने हाम्रो स्पष्ट धारणा हो।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यलयमा प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरुको लागि महासन्धीको आवश्यकता बारेमा खुल्ला समूहको छलफल हुने गर्दछ। त्यो भेलामा सम्पूर्ण देशवाट प्रतिनिधित्व हुन्छ र हुन पर्छ भन्ने हाम्रो विश्वास हो तर कतै सरकारले यस अवसरलाई अलिकति कम आङ्कलन गरेर आफ्नो उपस्थितिलाई गरिमामय वनाउनवाट चुक्ने हो कि भन्ने विषय पनि अर्को चिन्ताको विषय होलाकी भनेर मैले यस सम्वन्घमा २०१० देखि नै नागरिक दैनिक, अन्नपूर्ण पोष्ट, समाचार पत्रसमेतमा संयुक्त राष्ट्रसंघको मिटिङ्ग हुनु अगाडि नै सरकारको साथमा यससंग सरोकार राख्ने व्यक्ति, संस्थाहरू समेतलाई जानकारी होस भन्ने प्रमुख मनसाय राखेर २०१४ सम्म हरेक वर्ष मैले लगातार एक हजारदेखि माथि अठार सये शव्द सम्मको लेख लेख्नुको साथमा महासंघमा शुरू देखि नै बिभिन्न पदमा बसेर कामगरेको नाताले पनि मलाई सरकार लगायत यसमा लागि परेका व्यक्तिहरूमाझ यो कुरा राखेकै हुं। मेरो छोरा त्यहां भएको नाताले पनि हाम्रो भेटघाटको कार्यक्रमलाई मिटिङ्ग हुनु अगाडि या पछाडि पारेर गयौं र भाग सम्म लियौं महासंघको हैसियतमा। मेरो लागिपर्ने बानिलाई म सलाम गर्छु।
हाल महासन्धिको रूपरेखा के कस्तो हुने सो सम्बन्धमा कमिटिले काम गरिरहनुको साथमा अन्यबाट पनि माग गरिएको छ। हामि आशा गरौं अब चांडै ज्येष्ठ नागरिक महासन्धि बन्ने छ। ज्येष्ठ नागरिक महासन्धिको ड्राफ्ट ड्राफ्टिंग कमिटिले संयुक्त राष्ट्रसंघमा पेश भएर छलफलपछि अनुमोदनार्थ पेश हुन आएमा चांडो भन्दा चांडो यसको अनुमोदन गर्न आवश्यक देखिन्छ, किनभने ज्येष्ठ नागरिक सैद्धान्तिक र व्यावहारिक ज्ञान समेत भएको कारणले आफ्नो अधिकारका कुराहरू स्पष्ट संग अभिव्यक्त गर्ने क्षमता उहांहरूमा नै रहेको हुन्छ।
प्रकाशित: १५ आश्विन २०८२ २०:३५ बुधबार

