अकर्मण्य राजनीतिक क्षेत्र तथा गैरजिम्मेवार निकम्मा राज्य–सरकारले जनमुखी नीति तथा कार्यक्रमसहितको उपयुक्त विकासको कार्ययोजना दिन नसक्दा अझै पनि धेरै नागरिकको जीवनस्तर गरिबीकै रेखामुनि रहेको र विशेष महत्वपूर्ण राष्ट्रिय पर्व बडा दशैंजस्तो महान् पर्वमा समेत कतिपय नागरिकका घर आँगनीमा उत्साह/उमंग आउन नसकिरहेको बेहोरा विभिन्न तरिका एवम् माध्यमबाट अभिव्यक्त हु“दै आएको पाइन्छ। वास्तवमा यस्तो हुनुमा दशैँ आफँैमा दोषी नभएर शासकत्व दोषी हुन्छ। दयनीय अवस्थामा रहेका नागरिकका लागिसमेत दशैं दशा नभएर दशैं नै बन्न सक्नुपर्छ र सोका लागि राज्य–सरकारले यस्तो राष्ट्रिय चाडमा सबै नागरिकलाई हर्ष, उमंग–उत्साहको सुखानुभूति गराउन विशेष कार्य तथा व्यवस्था गर्न सक्नुपर्छ। एउटा नागरिक पनि यस्ता पर्वमा दुखानुभव गर्नुपर्छ भने त्यो सरकारको असफलता सूचक हो। दशैँ जस्तो चाडमा अनावश्यक खर्च गर्नेको पनि कमी देखि“दैन भने कतै आ“सुमा बित्छ दशैं। यी दुई कित्ताको दरारलाई व्यवस्थित गर्ने कार्ययोजना, नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने हिम्मत राज्यले गर्ने हो भने दशैं जस्तो चाडलाई सबै नागरिकको चाड बनाउन सहजै सकिन्छ। दशैंले वास्तवमा दशैँकै सार्थकता प्राप्त गर्छ।
दशैँमा गरिने बलिको तात्विक अर्थ भनेको निरीह पशुपन्छीको नभएर आफूमा रहेको पशुत्वभाव (काम, क्रोध, लोभ, मोह) को बलि दिने हो। दशैं पशुपन्छीलगायतका निरीह प्राणीको हिंसालाई प्रश्रय दिने चाड बन्नुहु“दैन। निरीह पशुपन्छीको निर्मम हत्या कुनै पनि धर्म–संस्कृति हुन सक्तैन। मात्र यो मानवता–धर्म–संस्कृतिको नाममा कलंक हो, दानवीय कार्य हो। दशैँसँग जोडिएर आउने बलि प्रथाबारेमा अबको धर्म–अध्यात्म र भौतिक ज्ञान–विज्ञानको समानान्तर शोधखोज र अनुसन्धान गर्दै गरेको २१ औं शताब्दीको चेतनशील मानव जगतले मानवताको कलंकका रूपमा देखिएको यो नकारात्मक एवम् अमानवीय पक्षलाई हटाएर दशैँलाई दश इन्द्रीयमाथि विजय हासिल गरेर जितेन्दे्रयी बन्न मानव समुदायलाई उत्प्रेरणा दिने पर्व बनाउन सक्नुपर्छ। ज्ञान–विज्ञानको चरमोत्कर्षमा पुगेको वर्तमान मानव जगतले किञ्चित पनि अमानवीय कुसंस्कृतिलाई कुनै पनि बहानामा धर्मको नाममा जगेर्ना गर्न र त्यस्तो संस्कृतिको नामको विकृति भावी पिढीलाई हस्तान्तरण गर्नुहुन्न।
किमार्थ प्राणी हत्यालाई प्रश्रय दिने धर्म तथा धर्मशास्त्र हुनै सक्तैन। यदि त्यस्तो कही“ कतै छ भने त्यो धर्मग्रन्थ होइन अथवा त्यसको तात्विक परिभाषा बलि नहुन सक्छ जबकि समाजमा त्यसको अर्थ बलि भनेर बुझिएको होला। बलिलाई प्रश्रय गर्ने शास्त्र धर्मशास्त्र नभएर त्यो उपन्यास जस्तै हो, आफूअनुकूल लेखिएको क्षणिक दस्तावेज हो। त्यस्ता ग्रन्थ धर्म–अध्यात्मको जगतमा मान्य हुन सक्तैनन्। कतिपयको भावार्थ तथा परिभाषा अनर्थ लाग्ने गरेको पनि हुनसक्छ, राम्रोसँग अध्ययन/अनुसन्धान गरेर उपयुक्त ढंगबाट पुनर्लेखन गर्नुपर्ने पनि हुनसक्छ। सिधारूपमा पनि सामान्य मानवीय दृष्टिबाट हेर्दा आफ्नो सन्तानको बलि चाहने कुनै पनि दैवीय शक्ति हु“दैन, जगद्जननी नवदुर्गा, माता भवानी, आदिशक्ति भगवती जस्ता नामबाट पुकारिने देवी शक्तिले आफ्नै सन्तान ती निरीह प्राणीको बली चाहन्छन् भनेर किमार्थ सोच्न सकि“दैन। पशु बलि मानवभित्र रहेको दानवीयताको प्रस्फुटनमात्र हो।
भलै धर्म–अध्यात्मबारे आमनागरिकले बुझेको तथा बुझाइएको कुरा फरक–फरक हुनसक्छ। मान्छेको चेतनालाई अध्यात्मदर्शनले चार श्रेणीमा विभाजन गरेको छ। उत्तम ब्र≈मसद्भाव मध्यमा ध्यानधारणा, जपस्तुति सा अधमा मूर्तिपूजा अधमाधम अर्थात ब्रह्म चिन्तनको चेतना भएका व्यक्तिहरू उत्तम श्रेणीमा, ध्यानधारणाको तहमा पुगेका व्यक्तिहरू मध्यम श्रेणीमा, जपस्तुतिको उत्प्रेणासम्मको चेतना प्राप्त गरेका व्यक्तिहरू अधम श्रेणीमा र मूर्ति पूजाको चेतनाको स्थितिमा रहेकाहरू अधमभन्दा पनि अधम श्रेणीमा हुन्छन्। हाम्रा धर्मशास्त्रले यी चारै चेतनामा रहेका नागरिकलाई सम्बोधन गरेका छन्। त्यसैले गर्दा नै पौराणिकशास्त्रहरूमा तत्वज्ञान, ध्यानधारणा, जपस्तुति र मूर्तिपूजाबारे कतै न कतै चर्चा भएकै पाइन्छ। मतलब यो हो कि सम्बन्धित शास्त्रबाट कुनै पनि चेतनाको स्थितिको मानवले आफ्नो चेतनाअनुकूलको उपदेश तथा मार्गदर्शन प्राप्त गर्न सकोस्।
यसरी यी चार चेतनाका मान्छेमा धर्म–अध्यात्मलाई बुझ्ने दृष्टिकोण फरकफरक हुनसक्छ। प्रायः गरेर मूर्तिपूजाभन्दा माथि उठ्न नसकेको चेतनाको अवस्थामा धर्मलाई मात्र सांस्कृतिक विषय सम्भि्कएको हुन्छ। धार्मिक कृत्यमार्फत साधक–भक्तजनका लागि अध्यात्म अर्थात आत्मज्ञानको ढोका खोल्नु र अन्तिममा मोक्ष गति प्राप्त गराउनु सनातन धर्मको वास्तविक उद्देश्य हो। अब यहा“नेर काम, क्रोध, लोभ, मोह, अहङ्कार, मद्–मात्सर्य, राग, द्वेष आदि जसले ब्रह्मसद्भावसम्मको यात्रालाई साधक–भक्तवत्सललाई रोक्छन् ती विषयलाई बलि चढाउनुपर्ने स्थानमा निरीह अबोध प्राणीको हत्या गर्नु अर्थात् पशुबलि गर्नु धर्म–संस्कृतिको नाममा कलङ्क हो, बलिको नाममा पशुको हत्या गरिने प्रथा मानव असभ्यता–दानवीयता हो र यो कुप्रथा हो।
हाम्रो संस्कृतिमा देखिएको पशुपन्छीको बलि प्रथा मूर्तिपूजाको तहको चेतनामा सीमित रहेकाहरूले सोही तहको चेतनामा रहेकालाई मान्यता प्रदान गरेको पद्धति हो। यो संस्कृतिभित्र विकृतिको पनि पराकाष्टा नाघेर धर्म–अध्यात्मलाई नै मूल्याहा सन्तान जस्तो बनेर जरो गाडेर रहेको छ। विभिन्न कालखण्ड तथा परिस्थितिमा तत्कालीन स्थितिलाई आधार मानेर चलाइएका तथा बनाइएका केही प्रचलन र ग्रन्थले यसलाई सहमति दिएको र त्यसैलाई आधार मानेर अहिलेका केही विद्वान्ले पनि बलिप्रथा जायज रहेको बताउने गरेको पाइन्छ। भलै त्यो कति प्रमाणित हो आधिकारिक सत्सङ (बहस) हुन बा“की छ। आजको ज्ञान–विज्ञानको चरमोत्कर्षतर्फ बढ्दै गरेको यो युगलाई सो मान्यतामा रहेकाहरूले कहिलेसम्म थामिरहन सक्छन्? बलिप्रथा उर्फ प्राणी हत्या प्राण लिएपछि पुनः प्राण दिन वा मोक्षगति प्रदान गर्नसक्ने चेतनामा नपुगेकाका लागि कसरी शास्त्रसम्मत हुनसक्छ? विद्वान्हरूले मनन् गर्नुपर्ने विषय छ।
दश इन्द्रीयमाथिको विजय प्राप्त गर्ने अर्थात जितेन्द्रेयीको साधनास“ग सम्बन्ध रहेको विजयादशमीको महत्वलाई अनर्गल विकृतितर्फ प्रेरित गर्नु वास्तवममा भन्ने हो भने आफ्नो धर्म संस्कृतिको घु“डामा बन्चरो प्रहार गर्नुसमान हो। यस्ता विकृति, हत्या हिंसालाई प्रश्रय दि“दै जाने हो भने दशैं सामन्तीहरूको चाड हो भनेर परधर्मी तथा अधर्मीहरूले लगाउने गरेको आरोप प्रमाणित नभएर अरु के हुन सक्छ? वास्तवमा भन्ने हो भने अरुलाई दुःख कष्ट दिने, हत्या गर्ने कार्य भनेको सामन्ती कार्य नभएर अरु के हुन सक्छ?
विभिन्न विषयमा विकृति फैलिएजस्तै धर्मभित्र पनि धेरै विकृतिले जरो गाड्दै आएको छ जसको एउटा उदाहरण हो बलिप्रथा। धर्मले कसैको पनि हत्या गर, अरुलाई दुःख देऊ भनेर कदापि भन्दैन तर यहा“ अहिंसा परमोधर्मको शब्दध्वनि गुञ्जनुपर्नेमा झन् सनातनीहरूको सबैभन्दा ठूलो चाडमा निरीह प्राणीहरूको हत्या धर्मकै नाममा गरिनु कति मानवतापरक तथा धर्मपरक कार्य हो चेतनशील मानव प्राणीले सोच्नुपर्दैन र? यस्ता धार्मिक क्षेत्रभित्र मौलाएका विकृतिका विषयमा धर्म क्षेत्रले मुकदर्शक भएर हेरिरहन मिल्छ कि मिल्दैन? सम्बन्धितहरूले आत्मसमीक्षा गर्न सकून्।
महासचिव, ब्रह्माण्डीय सनातन धर्म महासभा
प्रकाशित: १४ आश्विन २०७१ २२:५२ मंगलबार