coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कसरी धनीहरू आय कर छल्छन् ?

गैरनाफामूलक अनलाइन न्युजरूम प्रोपब्लिकाले अमेरिकी संघीय आन्तरिक राजस्व सेवामार्फत कसरी जेफ बेजोस, एलोन मस्क र वारेन बफेट जस्ता अर्बपतिहरू आफ्नो विशाल धनको अनुपातमा निकै थोरै आयकर तिर्छन् भन्ने पत्ता लगाएको छ।

२००७ मा जेफ बेजोस, उतिबेलाका एक करोडपति र अहिले संसारको सबैभन्दा धनी मानिस, संघीय आयकरमा एक पैसा पनि तिरेनन्। उनको यो पराक्रम २०११ मा पनि देखियो। २०१८ मा टेस्लाका संस्थापक एलोन मस्क (विश्वको दोस्रो धनी व्यक्ति) ले पनि कुनै संघीय आयकर तिरेनन्। माइकल ब्लुमबर्ग हालैका वर्षहरूमा यस्तै गर्न सफल भए। अर्बपति तथा लगानीकर्ता कार्ल इकानले लगातार दुई पटक तिरेनन् भने जर्ज सोरोसले लगातार तीन वर्षसम्म संघीय आयकर तिरेनन्।

प्रोपब्लिकाले धनी मानिसको कर रिटर्नमा आन्तरिक राजस्व सेवाको १५ भन्दा बढीको तथ्यांक भेट्टाएको छ जसले वारेन बफेट, बिल गेट्स, रूपर्ट मर्डोक र मार्क जुकरबर्गसहित अमेरिकाका टाइटन्सको वित्तीय जीवनभित्र एक अभूतपूर्व नजर प्रदान गर्छ। 

यसले उनीहरूको आय र करहरू मात्रै नभई उनीहरूको लगानी, स्टक ट्रेड्स, जुवा जीत र लेखापरीक्षणको नतिजा पनि देखाउँछ। यसले सबै अमेरिकी जनताले आफ्नो उचित हिस्सा कर तिर्ने या धनीले धेरै कर तिर्ने भन्ने भ्रमको चिरफार गर्छ। आइआरएस रेकर्डले देखाउँछ कि धनीहरू निकै कम अंशमात्रै आय कर तिर्छन्।

हालका वर्षहरूमा अमेरिकामा ४७०,००० वार्षिक कमाइ भएकाहरू १४% कर तिर्छन् भने ४२८२,३०० भन्दा बढी कमाउने दम्पतीले वर्षको सबैभन्दा उच्च आय ३७% कर तिरे। प्रोपब्लिकाद्वारा प्राप्त गोप्य कर रेकर्डमा धेरै धनीहरू प्रभावी ढंगले यस प्रणालीबाट टाढा देखिन्छन्। अमेरिकाका अर्बपतिहरू सामान्य मानिसको पहुँचभन्दा बाहिर कर उन्मुक्ति रणनीतिहरूको लाभ उठाउँछन्।  

प्रोपब्लिकाले २५ धनी अमेरिकीहरूले प्रत्येक वर्ष तिर्ने  फोर्ब्सको अनुमान छ कि उही समयको अवधिमा उनीहरूको सम्पत्ति बढेको छ। हामी यसलाई नै उनीहरूको वास्तविक कर दर भन्छौँ। फोर्ब्सकाका अनुसार ती २५ जनाले सन् २०१४ देखि २०१८ सम्म ४०१ अर्ब डलरको सामूहिक वृद्धि गरे। उनीहरूले ती पाँच वर्षमा संघीय आयकरमा १३ बिलियन डलर जम्मा गरेको आइआरएस तथ्यांकले देखाउँछ। यो एक आश्चर्यजनक रकम हो तर यो मात्र ३.४% को एक साँचो कर दरको मात्रा हो।

यो मध्यम वर्गीय अमेरिकाका लागि एक बिल्कुलै फरक तस्बिर हो। २०१४ देखि २०१८ सम्म त्यस्ता परिवारले आफ्नो नेट वर्थ करिब ६५,००० डलरको कर औसतपछि बिस्तार देखेका छन्, प्रायःजसो कारण उनीहरूको घरको मूल्य वृद्धि हो। तर प्रमुख आम्दानीको विशाल आम्दानी तलब भएकाले उनीहरूको कर बिल पाँच वर्षको अवधिमा लगभग ४६२,००० थियो।

२५ धनीमध्ये बफेट सबैभन्दा बढी कर छल्न सफल भए। यो आश्चर्यजनक छ कि धनीहरूका लागि उच्च करको एक अधिवक्ताका रूपमा उनलाई व्याख्या गर्ने गरिन्छ। फोर्ब्सका अनुसार, उनको सम्पत्ति २०१४ र २०१८ को बीच २४.३ बिलियन डलरले बढ्यो। ती वर्षहरूमा बफेटले २३ मिलियन डलर कर तिरेको तथ्यांकले देखाउँछ। त्यो कर दर भनेको ०१ प्रतिशत हो वा उनले १०० डलर बराबर १० सेन्टभन्दा कम कर तिरे।

विशेषज्ञहरू संयुक्त राज्य अमेरिकमा धनीहरूमा कम कर लगाउने रूपरेखा बुझिसकेका छन् जुन कुरा सामान्य मानिसलाई लामो समयदेखि शंका लाग्थ्यो तर निकै कम व्यक्तिका बारेमा मात्रै सार्वजनिक हुन्थ्यो। प्रोपब्लिकाले धनी अमेरिकीमध्ये केहीको व्यक्तिगत कर जानकारी प्रकट गर्ने निर्णय गरेको छ ताकि जनताले देशको कर प्रणालीको वास्तविकता बुझ्न सकून्।

बेजोसको २००७ लाई हेर्दा उनले उनले संघीय आयकरमा शून्य कर तिरे। अमेजनको सेयर दोब्बर भन्दा बढी भयो। फोर्ब्सका अनुसार बेजोसको सम्पत्ति ३.८ बिलियन डलरले बढ्यो जसले ठूलो प्रश्न खडा गर्‍यो कि कसरी विश्वकै एक धनी व्यक्ति निकै कम कर तिर्न सफल भए ? सोही वर्ष बेजोसले आफ्नी तत्कालीन पत्नी, म्याकेन्जी स्कटसँग संयुक्तरूपमा आफ्नो (४६ मिलियन) को कर दायर गरेका थिए। उनले साइड इन्भेस्टमेन्ट र विभिन्न अन्य क्षेत्रबाट आर्जन गरेका कमाइको कर भने सजिलै छले।

२०११ मा उनको सम्पत्ति लगभग १ बिलियन डलरमा स्थिर रह्यो। बेजोसले कर फिर्ता दर्ता गरे कि उनले लगानीको पैसा गुमाए। सोही वर्ष उनको आय लगानी घाटाले भरिएको भन्दा बढी थियो। कर कानुनअनुसार उसले यति थोरै भएको दाबी गरे र आफ्ना बच्चाका लागि ४४,००० कर क्रेडिटसमेत प्राप्त गरे।

२००६ देखि २०१८ सम्मको प्रोपब्लिकको तथ्यांक परीक्षण गर्दा उनले तिरेका कर रकम क्रमशः झरेको देखिन्छ। फोर्ब्सका अनुसार बेजोसको सम्पत्ति १२ बिलियन डलरले बढेको छ तर उनले कुल ६.५ बिलियन डलर आम्दानी गरेका छन्। १.४ बिलियन डलर उनले व्यक्तिगत संघीय करमा तिरेको एक ठूलो संख्या हो तर यो १.१% साँचो कर दर बराबर मात्रै हो।

आइआरएस डाटा आजको दिनमा धन असमानता एक गम्भीर मुद्दा भएको दाबी गर्छ। राष्ट्रपति र कांग्रेसले हालका दशकहरूमा सबैभन्दा महत्त्वाकांक्षी कर वृद्धि भएको भन्दै गर्दा अमेरिकी कर वार्तालाप वृद्धिशील परिवर्तनहरू बहसद्वारा हावी छ जस्तो कि शीर्ष कर दर ३९.६% को सट्टा ३७% देखिएको छ।

प्रोपब्लिकको डाटाले देखाउँछ कि जबकि केही धनी अमेरिकीहरू जस्तै हेज कोषका प्रबन्धकहरू, वर्तमान बाइडेन प्रशासनमा अधिक कर तिर्नेछन्, शीर्ष २५ को विशाल बहुमतमा भने थोरै परिवर्तन देखिनेछ।

प्रोपब्लिकालाई प्रदान भएको आइआरएसको छानबीन लेखको एक प्रकाशित शृंखलाले पर्दाफास गरेको छ कि कसरी वर्षौ बजेट कटौती एजेन्सीको कानुन लागु गर्ने क्षमता तथा कसरी सबैभन्दा ठूला निगमहरू धनी आइआरएसको कमजोरीबाट लाभान्वित भएका छन्। उनीहरूले यो पनि देखाएका छन् कि कसरी गरीब क्षेत्रका मानिसलाई अब धनी क्षेत्रहरूको तुलनामा लेखापरीक्षाका लागि अधिक संभावना छ। प्रोपब्लिकाले सो प्रारम्भिक तथ्यांक प्रशोधन गरी बाहिर ल्याएका हुन्।

जानकारी प्रमाणित गर्न यसका तत्त्वहरूलाई पहिले नै सार्वजनिक कर विवरणहरू, जस्तै– अदालतका कागजातहरू, राजनीतिज्ञहरूको वित्तीय खुलासा र समाचार कथाहरूको साथमा जाँच गरिएको छ। यस लेखमा कर जानकारी उल्लेख गरेको प्रत्येक व्यक्तिको टिप्पणी प्रोपब्लिकाले सोध्दा बफेट, ब्लुमबर्ग र इचनले प्रतिक्रिया दिँदै उनीहरू सबै आफूले तिर्नुपर्ने कर तिरेको बताएका थिए।

सोरोसका एक प्रवक्ताले एक बयानमा भनेका छन्– २०१६ र २०१८ को बीचमा जर्ज सोरोसले आफ्नो लगानीमा पैसा गुमाए, त्यसैले उनीहरूले ती वर्षहरूमा संघीय आयकर तिर्न सकेनन्। सोरोस लामो समय धनी अमेरिकीहरूका लागि उच्च कर समर्थन गरेको छ। बेजोसका व्यक्तिगत र कर्पोरेट प्रतिनिधिहरूले यस विषयमा विस्तृत प्रश्न प्राप्त गर्न अस्वीकार गरे। प्रोपब्लिका उनको तलाक वकिल, एक व्यक्तिगत प्रतिनिधि र परिवारका सदस्यहरूको माध्यमबाट स्कटसम्म पुग्नका लागि प्रयास गर्दा पनि उनले जवाफ दिएनन्। त्यस्तै, मस्कले पनि विस्तृत प्रश्नको जवाफ दिएनन्।

करहरू सामूहिक बलिदानको एक प्रकार हो। कसैले पनि आफ्नो मेहनतले कमाएको पैसा सरकारलाई दिन मन पराउँदैन तर प्रणाली मात्र तबसम्म काम गर्छ जबसम्म यो निष्पक्ष मानिन्छ।

२५ सबैभन्दा धनी अमेरिकिहरूका लागि कर डाटाको यस विश्लेषणले अमेरिकी प्रणाली कति अनुचित छ भन्ने प्रमाणित गर्छ। २०१८ को अन्त्यसम्म, यी २५ धनीको सम्पत्ति ४१.१ ट्रिलियन थियो। यो रकम १४.३ मिलियन साधारण ज्याला कमाउने अमेरिकीहरूको धनलाई एकसाथ राख्दा बराबर हुन्छ। २०१८ मा शीर्ष २५ का लागि व्यक्तिगत संघीय कर बिल ४१.९ बिलियन थियो भने भने ज्याला कमाउनेका लागि ४१४३ बिलियन।

प्रकाशित: १ आश्विन २०७८ ००:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App