८ वैशाख २०७८ बुधबार
विचार

बंगाली चुनावको सन्देश

भारतको पश्चिमबंगालमा चुनाव हुँदैछ। पहिलोचरणमा ३० क्षेत्रको सकियो। ७ चरण बाँकी छ। मुख्यमन्त्री ममता बनर्जी र प्रधानमन्त्री नरेन्द्र मोदी आमने/सामने भिडन्तमा छन्। तृणमुल कांग्रेस (टिएमसी) र भारतीय जनता पार्टी (भाजपा) बीच मुख्य भिडन्त भए पनि चुनाव बनर्जी र मोदीको स्वत्व र व्यक्तित्वको टक्कर बने। भाषा र संस्कृतिलाई जीवनअंग मान्ने बंगालमा धार्मिक ध्रुवीकरण जयश्रीरामको रथमा भाजपाले चुनावी यात्रा गर्दैछ भने बंगालको विशिष्टतामा बनर्जी। लामो समय नेतृत्व गरेका कांग्रेस र कम्युनिस्ट पार्टी तपसिलमा परे। चुनाव त पश्चिम बंगालमा हुँदैछ तर प्रभाव भने सिंगै उपमहाद्वीपमै पर्नेछ।

सधैँ विकास, सामाजिक समस्या, राजनीतिक नारामा केन्द्रित हुने बंगालको चुनाव अहिले धार्मिक नारा र समाजको ध्रुवीकरणमा केन्द्रित छ। 

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सय वर्षीय (सन् १९२५–२०२५) हिन्दुराज्य बनाइ सक्ने सांस्कृतिक राष्ट्रवादको घोषित समय आउन मात्र ४ वर्ष बाँकी छ। त्यसको अन्तिम राजनीतिक प्रयास बंगाल,असम,तमिलनाडु र केरलामा हुँदैछन्। ती परिणामले अन्यराज्यको आगामी चुनावलाई मात्रै हैन, भारतीय राजनीतिलाई पनि  प्रभाव पार्नेछ। भाजपाको जय श्रीरामभर्सेस टिएमपीको चुनावी जनगीत ‘खेला हवे’हो।सो गीतमा सबै खेल चुनावमा हुन्छ भन्ने हो। खेलप्रेमी बंगाली मनोविज्ञानमा खेल र कला संस्कृतिको घालमेल गरेर राजननीतिक तुफान ‘खेला हवे’ले ल्याएको छ।

बंगाली विशेषता

चुनाव अन्य ३ राज्यमा भएतापनि बंगालले नै सबैको ध्यान खिचेको छ। भारतीय सत्तापथ काउवेल्ट अर्थात गौमार्ग (अन्यन्त्र गाईले दूध दिन्छ तर काउवेल्टमा गाई राजनीतिको केन्द्र हो) मानिए तापनि बंगाललाई भारतीय सोच निर्माता, पंजावलाई हिम्मत र त्यागका रूपमा लिइन्छ। भारत,पाकिस्तान स्वतन्त्रतासँगै धर्मका आधारमा बंगाल र पंजाव टुक्रिए। पाकिस्तान इस्लामिक गणराज्य भए पनि पूर्वी पाकिस्तान भने धार्मिकरूपमा भाषा र संस्कृतिका कारण धर्मनिरपेक्ष बंगलादेश बन्यो।

भाषा, साहित्य, कला र क्रान्तिकारी विशेषता बंगाली पहिचान हो। धार्मिक आवेगमा चुनावी मैदानमा शंखघोष गरिरहेको भाजपाको अश्वमेघ यज्ञको श्यामाकर्णे घोडाको लगाम बंगाली ‘खेला हवे’ले रोक्न सक्छ कि सक्दैनरुबंगको जंगमा क्याप्टेन (मुख्यमन्त्री उम्मेदवार) बेगर हेलिएको भाजपाले सांसद र केन्द्रीय मन्त्रीसमेतलाई उम्मेदवार बनाएको छ भने उसका अधिकांश उम्मेदवार अन्य पार्टीबाट दलबदल गराइएका छन्। कैयौँ नेतालाई केन्द्रीय एजेन्सीले भ्रष्टाचारमा उभ्याएपछि भाजपा बनेका छन्। सांस्कतिक राष्ट्रवाद भर्सेस धर्मनिरपेक्षतामा ध्यान खिचिएको हो भने मां, माटी मानुष प्रतिपक्षको केन्द्रीय नारा बनाएकी प्रमुख चेहरा ममता वनर्जी बनेकी छन्।

संन्यासी विद्रोह, तिभागा आन्दोलन, सन्थाल विद्रोहका लप्का विभिन्न कालखण्डमा बंगालमा देखापरे। महाअनिकाल झेलिसकेको बंगालको क्रान्तिकारी किसान आन्दोलनको गढ नन्दीग्राम,सिंगरुर, जंगलमहल र लालगढ बन्दै गए। नक्सल विद्रोह (माओवादी) को आधारभूमि ‘आमार बाडी, तुमार बाडी.. नक्सलवाडी नक्सलबाडी’ ले कम्युनिस्ट आन्दोलनमा अलग्गै प्रभाव छाड्यो। त्यसका झिल्का पूर्वी नेपालको झापा किसान विद्रोहसमेत बनेको थियो। अहिले पनि त्यसका लप्का रेड करिडोरमा फैलिएका छन्। कुनै समय एकापसका घोर विरोधी कांग्रेस र भाकपाले अस्तित्वको लडाइँमा चुनावी गठबन्धन गरे। उनीहरूले सिलगढी नगरपालिकाको सफल अभ्यास समग्र बंगालमा लगाउने कोसिस गरिरहेका छन्।  

बंगाल र कम्युनिस्ट  

तेलंगना सशस्त्र र सशक्त किसान संघर्ष भारतीय कम्युनिस्टका आत्मा बन्यो। मनोबल थियो। सत्तासँग पौठेजोरी खेले। समयसँगै संघर्षको रूप फेरिए पनि तेलंगनाको आत्मा भने मरेन। विचार फेर्न सकिन्छ, ध्वस्त गर्न भने सकिँदैन। विचारयुक्त संघर्ष भनेको हिमालबाट निस्केको अविरल बग्ने नदी जस्तै हो, यसले बाटो बदल्न सक्छ तर थुन्न सकिन्न।  

लोकपृय चुनाववाट निर्वाचित सान मारिनो संसारको पहिलो कम्यनिष्ट देश हो। इटलीको छेउमै रहेको त्यो युरोपेली सानु देशमा सन १९४५ देखि सन १९५७सम्म कम्युनिष्ट सत्तामा रहे। भारतको केरल प्रान्तमा ५ अप्रिल १९५७ मा विएस नम्बुदरीपादले कम्युनिष्ट नेत्त्व सम्हाले। त्यो सरकारलाई २वर्षमै अपदस्थ गरियो।सन ६४ मा भाकपा फुट्यो। आन्तरिक कारण त थिएनै, शीतयुद्दका कारण, चीन र सोभियत कम्युनिष्टको अन्तरविरोध पनि  थियो।

तेलंगना सशस्त्र र ससक्त किसान संर्घष भारतीय कम्युनष्टिका आत्मा बन्यो। मनोवल थियो। सत्तासंग पौठाजोरी खेले। समयसंगै संर्घषको रुप फेरिए पनि तेलंगनाको आत्मा भने मरेन। विचार फेर्न सकिन्छ, ध्वस्त गर्न भने सकिँदैन। विचारयुक्त सर्घष भनेको हिमालबाट निस्केको अविरल बग्ने नदी जस्तै हो, यस्ले बाटो बदल्न सक्छ तर थुन्न सकिन्न।  

सन १९६५मा ८ डकुमेन्ट सहित माकपाबाट बिद्रोह गरेका नक्सल आन्दोलनको सर्वोच्च नेता चारु मजुमदार १६ जुलाई १९७२मा गिरफतार परेर २८जुलाई लालबजार लकअपमै मारिए। यसैपनि काग्रेस र माकपाको सयुक्त अभ्यासको दमनमा परेको नक्सल आन्दोलनले प्रभाव किसानहरुमा थियो। अझ २००७ं नंदीग्राममा केमिकल फ्याक्ट्री र विशेष आर्थिक क्षेत्रका लागि जमीन अधिग्रहणविरुद्द ठूलो जन आंदोलन भयो। त्यसको वैधानिक नेतृत्व ममता बनर्जीले गरिन।

नन्दीग्राम, सिहरुर, जंगलमहल, र लालगढमा नक्सल प्रभावक्षेत्रमा नोभेम्वर २०११मा  पोटिब्युरो सदस्य मोलजुला कोटेश्वर राव (किसुन जी) को हत्या त भयो तर त्यससंगै अफिसियल कम्युनिष्ट पार्टी माकपाको  हैसियत पनि बबुरो बनाईदियो। ३३ वर्ष३५३ दिन बंगालको सत्तामा रहेको माकपालाई सडकमा पछारिदियो। आधारक्षेत्रमा नक्सल थिए भने उनको लडाईको संसदिय चेहरा ममता वनर्जी बनिन्।तर त्यसलाई निरन्तरता दिन उनले सक्ने विषय थिएन।लोकप्रिय जनमतबाट सरकारमा जान सकेपनि निरन्तरता दिन बुर्जुवा शक्तिले दिँदैन। या नारा र भूमिका छाड्नुपर्छ  वा प्रभु वर्गको दयामा सरकार चलाउनुपर्छ। त्यही गति भयो।

नारा र संर्घषको अपहरण

जनसरोकारको राजनीति केन्द्रमा रहेको माकपा सत्ता संघर्ष वैचारिक थियो। जबउसको राजनीति हतियार संघर्ष रहेन,आत्मिक ऊर्जा वैचारिक रहेन, सरोकार पछाडि  छुटे, नेता र राजनीतिक दलमानैतिक बल सकियो।त्यस्तो बेला माकपाले सत्ता निरन्तरता दिन सक्ने कुरै थिएन। आवारापुँजीविरुद्ध लड्नुपर्नेमा अहंकार र सर्वकालीन सोच्नपुग्दा भष्मामासुर बन्न अनिवार्य थियो।

जसरी सन् १९७१मा कांग्रेसी सिदार्थ शंकर रेको सरकारले कोलकाताको प्रेसिडेन्सी कलेजमा समेत नक्सलका नाममा कारबाही गरे, त्यस्तै माकपाका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले जंगलमहल दमनको नाममा कोलकातामा समेत कारबाही देखियो। ज्योति बसु सरकारले जसरी माकपा कार्यकर्ता र पुलिसको संयुक्त कारबाही टोली लगाए, भट्टाचार्य नेतृत्वले पनि सोही तरिका पछ्यायो। त्यसको प्रतिक्रिया ममताले फाइदा लिन सकिँन। कुनै बेला प्रधानमन्त्रीका प्रस्तावित ज्योति बसु थिए। सभामुख सोमनाथ चटर्जी र गृहमन्त्री इन्द्रजीत गुप्तो सम्हालिसकेको माकपाको अहिले लोकसभामा ३ सांसद मात्र छन्, त्यो पनि बंगालबाहिरका।  

माकपा नेतृत्वबीचमै टक्कर भएर ज्योति प्रधानमन्त्री बन्न पाएनन् भने सम्मानित नेता सोमनाथ चटर्जीको साधारण पार्टी सदस्यतासमेत खारेज गरिए। अर्कोतर्फ नक्सल विद्रोहताका कैयौंँ नेता/कार्यकर्ता पनि भाजपामा सामेल भए। सिने अभिनेता मिथुन चक्रवर्ती त्यसका पछिल्ला उदाहरण बने। ममतालाई पराजय गराउन वातावरण तयार गर्ने कांग्रेस र माकपा अहिले अस्तित्वको लडाइँमा छन्। सधैँ विकास, सामाजिक समस्या, राजनीतिक नारामा केन्द्रित हुने बंगालको चुनाव अहिले धार्मिक नारा र समाजको धु्रवीकरणमा केन्द्रित छ। जुन मुद्दालिएर नक्सलवादको जन्म भएको थियो त्यो नंदी ग्राम, जंगलमहल, लालगढ, सिगरुरमा देखापरे, त्यो यथावत छ। जसको आधारमा ममताले सत्ता पाइन, अहिले उनको ध्यान अन्यन्त्र मोडियो।

अन्तमा

बंगालको विगतको अभ्यास भनेकै इतिहासले शिक्षामात्रै दिँदैन्, शिक्षा नलिनेलाई दण्डपनि दिन्छ भन्ने हो। इतिहासको दण्ड कांग्रेस र वाममोर्चाले झेलिसके।अभियान त अक्सर विद्रोहका रूपमा सुरूवात हुन्छ तर ती  सम्झौताका रूपमा अन्त हुन्छन्। नायक खलनायकमा फेरिन्छन्, समर्थकका आशा, अपेक्षा, कुण्ठा प्रतिक्रियाका रूपमा व्यक्तिन्छन। नायक ध्वस्तहुँदा पनि हस्तक्षेपले दिने संकेत र सन्देशभने इतिहास समृद्ध हुँदै नयाँयुग र नयाँ समाज बनिरहेको हुन्छ। ट्रेडमार्क के छ रु नारा के लगाइन्छन्? झण्डा कस्तो उठाइन्छ ? पार्टी इतिहास के छ? भन्दा पनि अहिलेको भूमिका, पक्षधारिता के छ भन्ने हुन्छ। वर्ग सिफ्ट गरेका कम्युनिस्ट बुर्जुवाभन्दा पनि आदर्शहीन र जनअनुत्तरदायी हुन्छन्। संगठनको आधार लालमण्डले (नाम कम्युनिस्ट, आचरण गुण्डा, अपराधी, व्यभिचारी र भ्रष्टाचारी) बन्छन्। कार्यकर्ता लम्पटमा फेरिएर लाल दास बन्छन्।

प्रकाशित: १९ चैत्र २०७७ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?