१६ चैत्र २०८० शुक्रबार
विचार

देउवासँग जनअपेक्षा

संसद् पुनस्र्थापना र नेकपाको नाम विवादमा पूर्वएमाले र माओवादी केन्द्रलाई अलग गर्ने गरी सर्वोच्च अदालतबाट भएको फैसलाले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ। सर्वोच्चको आदेशसँगै तीन वर्षदेखि एउटै पार्टीमा रहँदै आएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र फेरि आआफ्नो पार्टीमा पुगेका छन्। सर्वोच्चको फैसलासँगै एकल दलको केपी ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिने हो भने ओली तत्कालै अल्पमतमा परेर संविधानको धारा ७६ को ४ अनुसार संसद्मा विश्वासको मत लिन बाध्य हुनेछन्।  

राजनीतिक स्थायित्व र समृद्धिको मूल नाराका साथ चुनावी तालमेल गरेर पार्टी एकीकरण गरेका तत्कालीन एमाले र माओवादी केन्द्रको सरकार तीन वर्षमा आफ्नो जनविरोधी गतिविधिका कारण इतिहासकै अलोकप्रिय सरकारका रूपमा चित्रित भएको छ। आफ्नै पार्टी तत्कालीन नेकपा, अहिले ब्युँतिएको नेकपा एमालेलगायत सबै राजनीतिक दल, नागरिक समाज र हरेक तह र तप्काका जनता ओली सरकारविरुद्ध छन्।

यसर्थ, समय घटनाक्रमले अब परिस्थिति सम्हाल्ने र जनअपेक्षालाई निराशामा परिणत हुन नदिन महŒवपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मूल अभिभारा कांग्रेसको काँधमा आइपुगेको छ। २००७ सालदेखि पटकपटक विभिन्न आन्दोलनमा होमिएर देश र जनताको  नेतृत्व गरेको कांग्रेसले फेरि एकपटक मुलुकको नेतृत्व गरेर ‘समृद्ध मुलुक, स्वतन्त्र नेपाली’ को मूल आकांक्षा पूरा गर्नैपर्ने एतिहासिक वातावरण सिर्जना भएको छ। विगतका  हरेक  राजनीतिक घटनाक्रममा राजनीतिको मियोका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको कांग्रेसले आज फेरि एकपटक आफ्नो राष्ट्रिय दायित्वलाई जिम्मेवार ढंगले निर्वाह गर्नुपर्ने खाँचो देखापरेको छ। आफ्नै पार्टीभित्रका नेताहरूको समेत प्रश्नको घेरामा परी जनविश्वास गुमाएको केपी ओली नेतृत्वको सरकारलाई जतिसक्दो छिटो विस्थापित गर्दै उत्पन्न निराशालाई विद्रोहमा परिणत हुन नदिन कांग्रेससामु नेतृत्व गर्नैपर्ने गहन दायित्व थपिएको छ।

लोकतन्त्र बचाउने कार्य मात्रै होइन, राष्ट्रिय एकता तथा स्वाधीनता अक्षुण राख्ने गहन जिम्मेवारी प्रकारान्तरले कांग्रेस सभापति शेरबहादुर देउवाको काँधमा आएको छ। मुलुकले खोजिरहेको यो भूमिका निर्वाह गर्न कांग्रेस सभापति शेरबहादुर देउवा एक्ला अनुभवी नेता हुन्। छ दशकदेखि अनेकन राजनीतिक आरोह÷अवरोह खेप्दै आएका देउवाको अभिभावकत्वमा सबै लोकतन्त्रवादी र राष्ट्रवादी राजनीतिक दल र समुदाय गोलबद्ध हुनुपर्ने आवश्यकता देखिएको छ। प्रतिनिधिसभा विघटनदेखि अहिलेसम्मको राजनीतिक घटनाक्रममा परिपक्व राजनीतिज्ञका रूपमा देउवा मात्रै देखिएका छन्। आफ्नै पार्टीका केही नेताले अदालतलाई धम्क्याउने र तर्साउने अभिव्यक्ति पनि दिए तर देउवाले लोकतन्त्र जोगाउनका लागि अदालतलाई कुनै प्रकृतिको प्रभाव पार्न खोजेनन्।  

उनले अदालतको स्वतन्त्रतामा प्रश्न गर्न नहुने लोकतान्त्रिक चरित्र प्रदर्शन गरे। जसका कारण अदालत आफ्नो स्वतन्त्र र निस्पक्ष फैसला गर्न सक्षम भयो। संसद् विघटनदेखि अहिलेसम्मको राजनीति देउवाले कोरेको मार्गचित्रमा अघि बढेको छ। पार्टी र लोकतान्त्रिक पद्धति जोगाउने उनको अडानमा कतिपय कांग्रेसकै अपरिपक्व र इष्र्या भरिएका तŒवहरूले विरोध गरेर गाली पनि बर्साए तर त्यसलाई पनि देउवाले लोकतन्त्रमा विरोध  हुन्छ, त्यसलाई लोकतान्त्रिक प्रणालीमा आउने निखारका रूपमा स्वीकार गरेर कसैप्रति पनि आग्रह वा पूर्वाग्रह राखेनन्। यो हदसम्मको व्यवस्था र प्रणालीप्रतिको प्रतिबद्धता र अडान विगतमा कांग्रेसकै अघिल्लो पुस्ताले पनि देखाउन सकेको थिएन। यो  मानेमा देउवा लोकतान्त्रिक प्रणालीको नायक बनेका छन्।  

प्रतिनिधिसभा पुनस्र्थापनापछिका दिनमा पनि दाहाल–नेपाल र ओली दुवै समूहले  प्रधानमन्त्रीका लागि गरेको ‘अफर’ लाई ठाडै अस्वीकार गरेका थिए। किनकि उनी  पदमा पुग्न होइन, प्रणाली जोगाउने अभियानमा  थिए।  त्यसैले प्रधानमन्त्रीको  पद किस्तीमा राखेर आएका नेतालाई देउवाले कानुनीरूपमै दल विभाजन गरेर आउनूस् अनि कुरा गरौँला भनेर जवाफ फर्काए। देउवाका यी अडान र स्पष्टताले उनको राजनीतिक हैसियत मात्र होइन, कांग्रेस र लोकतन्त्रप्रति नै जनताको विश्वासको  जग बलियो बनाउने आमभरोसा थपिएको छ।  

तर  राष्ट्रिय  राजनीतिमा  देउवाको  भूमिका बढेको, देश जनता र लोकतन्त्र मात्र   होइन, कांग्रेसलाई बलियो बनाउन खेलेको भूमिकाबाट आत्तिएका पार्टीभित्रकै केही नेता अहिले अत्तालिएका छन्। राजनीतिमा उल्लेखनीय योगदान नभएका कतिपय मानिस काँग्रेस सभापति बन्ने उच्च महŒवांकाक्षा बोकेर त्यसको तारो देउवालाई बनाउने दुस्प्रयास गरिरहेका छन्। देउवालाई गाली गर्दा ताली पाइन्छ भन्ने मनोदशाबाट ग्रसित पात्रहरू पार्टी भन्दा पनि आफू कसरी बलियो बन्ने र देउवालाई कसरी बिस्थापित गर्ने भन्ने मनोविज्ञानबाट अभिप्रेरित देखिन्छन्, जुन कुरा पार्टीको हितमा किमार्थ छैन। दशकौँ हिउँद वर्षा गुजार्दै, भिड्दै धुलोबाट आएका नेताहरूविरुद्ध अनर्गल प्रचार र भ्रम सिर्जना गरेर ऐतिहासिक पार्टीको नेतृत्व हत्याउने असफल हत्कण्डामा उनीहरू उद्यत छन्।  

कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्दै गर्दा यसका सभापतिको राजनीतिक कद बढेकोमा चिन्तित हुने तर आफूलाई असली कांग्रेस भनेर चिनाउन खोज्ने   कोइलीको स्वरूपमा देखापरेका कौवाहरूबाट पार्टीलाई जोगाउनुपर्ने चुनौती पनि आज त्यत्तिकै देखापरेको छ। तीन वर्ष  संसद्मा  प्रतिपक्षीका रूपमा निर्वाह गरेको  भूमिका तथा प्रतिनिधिसभा विघटनदेखि संसद् पुनस्र्थापनासम्म र तत्पश्चातको राजनीतिमा  सभापति देउवाले लिएको सुझबुझपूर्ण निर्णयका कारण कांग्रेसको साख जोगिएको छ। आमजनसमुदायले आगामी दिनमा पनि कांग्रेस सभापति देउवाबाट यस्तै जिम्मेवार भूमिकाको अपेक्षा गरिरहेका छन्।  

प्रकाशित: २ चैत्र २०७७ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App