१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

प्रथम प्रधानन्यायाधीश: बिर्सन नसकिने व्यक्तित्व

सप्तरीमा जन्मेका अनिरुद्धप्रसाद सिंह हामीसामु नभए तापनि उहाँ देशको न्यायपालिका, संविधान निर्माण र प्रशासकीय व्यवस्थाका एक स्मरणीय सच्चा इमान्दार व्यक्तिका रूपमा पाउनु नेपालीको अहोभाग्य हो। उहाँले प्रारम्भमा २००३ सालमा झापा गोश्वाराको प्रमुख हाकिम भएर काम गर्नुभयो। २००४ सालदेखि २०११ सालसम्म झापा हुँदै दाङ, कपिलवस्तु, पाल्पामा बडाहाकिम भएर काम गर्नुभएको थियो। २०१२ पछि उहाँ शाही परामर्शदाता समितिमा नियुक्त हुनुभयो। २०१८ सालमा राजा महेन्द्रको राजदरबारमा विशेष जाहेरी विभाग गठन भई त्यहाँको प्रमुख भएर काम गर्नुभएको थियो।  

सौभाग्यको कुरा हो, त्यसपछि उहाँ कानुनवेत्ताको हैसियतबाट २०१३ जेठदेखि २०१६ सालसम्म सर्वोच्च अदालतको प्रथम प्रधानन्यायाधीश भएर २०१६ असार १६ गतेसम्म कार्यरत हुनुभयो। सर्वोच्च अदालत भन्दा अगाडि सर्वोच्च अदालतलाई प्रधान न्यायालय भनिन्थ्यो। प्रधान न्यायालयको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान हुनुहुन्थ्यो। उहाँ पनि न्यायपालिकाको इतिहासमा अत्यन्त इमानदार र एक अमर व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।

नेपालमा के छैन ? तर विश्वको एक मात्र हिन्दु अधिराज्यलाई विस्थापित गरेर यो क्षेत्रमा इसाई साम्राज्य स्थापित गर्नमा २०६३ सालपछिका नेपालका पार्टीका नेताहरू लागेका छन्।

अनिरुद्धप्रसाद सिंह प्रधानन्यायाधीशमा नियुक्त भएपछि सर्वोच्च अदालतमा नजीरहरूको अभिलेखीकरण सुरु गर्नुभयो। २०१५ सालदेखि उहाँले नेपाल कानुन पत्रिका प्रकाशन थालनी गराउनुभएको थियो। यो पत्रिका अहिले पनि प्रकाशित भइरहेको छ। कानुन पत्रिका प्रकाशित गराउनु उहाँको अत्यन्त संस्मरणीय कार्य मानिन्छ। उहाँमा भित्री मनदेखि नैं देशमा सबैले न्याय पाउन्, अन्यायमा कोही नपरोस् भन्ने अठोट थियो। उहाँ पटक्कै घमण्ड नगर्ने एक इमानदार, भद्र र मृदुभाषी हुनुहुन्थ्थ्यो। २०१६ सालमा उहाँ लोक सेवा आयोगको अध्यक्षमा नियुक्त हुनुभयो। उहाँ कानुन मन्त्रीमा नियुक्त भएर काम गर्नुभयो। त्यसपछि २०३२ सालमा श्री ५ वीरेन्द्रबाट संविधान सुधार आयोगको अध्यक्षमा नियक्त हुनुभयो। त्यस संविधान सुधार आयोगका सदस्यमा कीर्तिनिधि बिष्ट, श्रीभद्र शर्मा र डिपी अधिकारी नियुक्त हुनुभयो। त्योबेला म पञ्चायत विश्लेषण केन्द्रको अध्यक्षका रूपमा काम गरिरहेको थिएँ।  

मैले पनि २०३२ सालपछि उहाँसँग अत्यन्त प्रभावित भएर बेलामौकामा भेटघाट गर्ने गर्थेँ। संविधान सुधार आयोगका सदस्यहरूलाई विश्लेषण केन्द्र रत्नपार्क बोलाएर अनेकौँ संविधानविद् तथा राजनीतिज्ञहरू बोलाएर लगातार एक हप्तासम्म छलफल गरेर त्यसको रिपोर्ट श्री ५ महाराजाधिराजमा र अध्यक्ष अनिरुद्धप्रसाद सिंहको समिपमा बुझाएका थियौँ। पञ्चायत विश्लेषण केन्द्रका धेरै सुझावमध्ये देशभित्र भ्रष्टाचार निवारण गर्नका लागि एक भ्रष्टाचार निवारण आयोग अत्यन्त आवश्यक छ भन्ने कुरा सबैतिर प्रतिवेदन बुझाएका थियौँ .। त्यसैको मान्यता भएर २०३२ सालको संविधानमा अख्तियार दुरुपयोग निवारण आयोग गठन भई त्यसैको प्रमुख आयुक्तमा श्री ५ बाट नियुक्त भएर २०३४ सालदेखि २०४२ सालसम्म काम गर्नुभयो।  

२०४२ देखि २०४७ साल कात्तिक २३ गतेसम्म राजसभा स्थायी समितिको अध्यक्षमा नियुक्त भएर काम गर्नुभयो। उहाँ राजसभा स्थायी समितिको अध्यक्ष भएको समयमा राम्रै समझदारी बढेको थियो। मैले थाहा पाएसम्म उहाँ मसँग अत्यन्त प्रभावित भएर २०४३ सालको राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनीत गराउन श्री ५ महाराजाधिराजकोमा सिफारिस गर्नुभएर म दोस्रो पटक सांसद भएको थिएँ। त्योभन्दा अगाडि २०३६ वैशाख १ गते राजाबाटै सांसद नियुक्त भएको थिएँ। वास्तवमा अनिरुद्धप्रसाद सिंहलाई न्याय जगत्को प्रतिष्ठा बढाउने एक समर्पित न्यायाधीशका रूपमा मानिन्छ। उहाँमा थोरै बोल्ने, ध्यानपूर्वक सुन्ने राम्रो बानी थियो। यस्ता मानिसको खोजी गर्दा कमै पाइन्छ। तराई क्षेत्रमा चैतुलाल चौधरी, गोपालचन्द्रसिंह राजवंसी, वेदानन्द झा, भोलानाथ झा, विन्देश्वरप्रसाद सिंह जस्ता कैयौँ देशभक्त वफादार व्यक्तिहरू पनि थिए र त्यस्ता राष्ट्रवादीहरू जहाँ जहाँ छन्, २०६३ सालपछि प्रोत्साहन नपाइरहेको अवस्था छ। 

नेपाल अधिराज्यको महत्वलाई अनुरुद्धप्रसाद सिंहले राम्ररी बुझेर त्यसको प्रतिष्ठा बढाउन सधैँ समर्पित हुनुभयो। विक्रम संवत् १८०० भन्दा अगाडि भारतलगायत एसियामा अंग्रेजी साम्राज्यको दबदबा बढ्न लागेको अवस्थामा हिमवत्खण्डका स–साना राज्यहरू आफ्नो अस्तित्वको खोजीमा थिए।   

नेपाल अधिराज्यको महत्वलाई अनुरुद्धप्रसाद सिंहले राम्ररी बुझेर त्यसको प्रतिष्ठा बढाउन सधैँ समर्पित हुनुभयो। विक्रम संवत् १८०० भन्दा अगाडि भारतलगायत एसियामा अंग्रेजी साम्राज्यको दबदबा बढ्न लागेको अवस्थामा हिमवत्खण्डका स–साना राज्यहरू आफ्नो अस्तित्वको खोजीमा थिए। त्योबेला गोर्खाका राजा पृथ्वीनारायण शाहलाई पनि गोर्खालगायत हिमवत्खण्डका हिन्दु राज्यहरूको अस्मिता खतरामा पर्न सक्छ भन्ने सोच राखेर यस क्षेत्रका स–साना हिन्दु राज्यको एकीकरण गर्न साम, दाम, दण्ड, भेदको नीति अवलम्बन गरेर पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा हरेक जातजाति, समूहको सक्रियतामा पृथ्वीनारायण शाहको समयदेखि स्थापित हुन सकेको हो– यो देवभूमिमा विश्वको एक मात्र हिन्दु अधिराज्य। त्योबेला यस क्षेत्रका तमाम जनता यस्तो सशक्त पृथ्वीनारायण शाह जस्तो एक कर्मठ हिन्दु राजाको संरक्षण पाउँदा जनताले खुसीसाथ राष्ट्रिय एकीकरणको समर्थन गरेका थिए।  

वास्तवमा त्योबेला यस क्षेत्रका थुप्रै हिन्दु राज्य संकटमा पर्ने अवस्था नहूँदो थियो त विशाल नेपालको एकीकरण गर्न गाह्रो पर्ने थियो। नेपालको एकीकरणमा प्रेरणाको स्रोतका रूपमा मगर जातिकी एक कन्याबाट प्रेरणा मिलेको कुरा पृथ्वीनारायण शाहले दिव्य उपदेशमा उल्लेख गरेका छन्। नेपालको राष्ट्रिय एकीकरणको अभियानमा मगर, गुरुङ, खस, ठकुरी, ब्राह्मणलगायत कामी, दमाइँ, सार्की आदिको सहयोगमा नेपालको एकीकरण अभियानमा सक्रिय बनेर लागेकाले पृथ्वीनारायण शाह सबै जातजाति र समुदायलाई राष्ट्रिय एकताका स्रोत ठान्थे। पृथ्वीनारायण शाहबाट एकीकृत विशाल नेपालको राष्ट्रि«यतालाई मजबुत गराउन राजा महेन्द्रको ठूलो योगदान थियो। यस कुरामा पछि अनिरुद्धप्रसाद सिंह राजा महेन्द्रसँग अत्यन्त प्रभावित हुनुहुन्थ्यो। नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य भएकामा उहाँ अत्यन्त गौरव मान्नुहुन्थ्यो र हिन्दु संस्कार न्यासध्यानमा उहाँ सधैँ तल्लीन हुनुहुन्थ्यो।  

नेपालको हावापानी यस्तो छ कि बाहै्र महिना काम गर्न सकिन्छ। संसारका अनेकौँ देशमा जे÷जति उत्पादन हुन्छ थोरबहूत यही भूभागमा उत्पादन हुने गर्छ। कैयौँ नदी र सयौँ खोला र झरनाले गर्दा यस भूभागलाई प्रकृतिको देनका रूपमा लिइन्छ। नेपाल पानी नै पानीको देश हो। नेपालको पानीलाई राम्ररी सिँचाइ र विद्युत् उत्पादनमा सदुपयोग गर्न सकियो भने नेपाल खाद्यान्नको भण्डार हुन सक्छ। नेपालको पानीबाट ८ करोड कि.वा. भन्दा बढी विद्युत् उत्पादन गरेर आफ्नो देश र छिमेकी देशलाई समेत हराभरा बनाउन सकिन्छ। जङ्गलै जङ्गलले सजिसजाउ नेपालभित्र अनेकौँ किसिमका जनावर, ८०० भन्दा बढी प्रकारका चरा चुरुङ्गी र विश्वमा दुर्लभ मानिएका जडीबुटी प्रशस्त पाइन्छन्। हरप्रकारले प्रकृतिले नेपाललाई साथ दिएको छ।  

अनुरुद्धप्रसाद सिंहका कार्य उहाँले जहाँ जहाँ काम गर्नुभयो अतुलनीय छन्। उहाँको जन्म १९७६ साल माघ २० गते सप्तरीमा भएको थियो भने निधन २०७७ भदौं ३१ गते। समयले सिर्जनात्मक मान्छेको सिर्जना गर्छ भने मान्छेले इतिहास निर्माण गर्दोरहेछ। त्यस्ता व्यक्ति यसरी नै दुनियामा अमर रहिरहन्छन्। राम्रो विचारलाई मान्छेले जति नै दबाउन खोजे तापनि त्यो दब्दैन। मान्छेले चाह्योे भने जे पनि गर्न सक्छ। अनुरुद्धप्रसाद यसका उदाहरण हुनुहुन्छ।

प्रकाशित: २६ कार्तिक २०७७ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App