२३ फाल्गुन २०७७ आइतबार
विचार

विश्वविद्यालय शिक्षामा नयाँ सामान्यीकरण

मानवीय सिप, उद्यमशीलता विकास र रोजगारीका विकासलाई विश्वविद्यालय शिक्षा अनिवार्य जस्तै मान्ने हाम्रो समाज छ। यो सत्य पनि होतर पछिल्लो समयमा छोटो अवधिमा शैक्षिक परिदृश्य फेरिएका छन्। हालैको विश्वव्यापी महामारीले संसारभरका शिक्षालय बन्द भए। हैसियत हुनेले वैकल्पिक विधि अपनाए तर अधिकांश शिक्षक÷विद्यार्थी निष्क्रिय भए। परम्परागत शिक्षाका वैकल्पिक उपायहरूको माग बढ्दै गएको छ। कोभिडपश्चातको अवस्थामा यस तथ्यलाई आत्मसाथ गर्दै नयाँ सामान्यीकरणमा अगाडि बढ्नुपर्ने हुन्छ।

हाल विश्व परिवेशमा देखिएका घटनाले तत्कालमा विश्वविद्यालय र कलेजहरूको शिक्षण सिकाइलाई पूर्ववत्निरन्तरता दिन चुनौतीबढेको छ।यसले अन्ततःविश्वविद्यालयहरूको अस्तित्वमा संकट आइपर्ने खतरासमेत बढेको छ। यस सम्बन्धमा संस्था सञ्चालनको खर्चव्यवस्थापन,सरोकारवालाहरूको सहकार्य र व्यवस्थापकीय दूरदर्शिताकोअहं भूमिका हुन्छ। त्यस्ता संस्था सञ्चालन र विकासको मूल आधार भनेको तिनीहरूले प्रदान गर्ने सामाजिक, सांस्कृतिक, आर्थिक, वैज्ञानिक आदि विशिष्ठीकृत सेवाबापत प्राप्त हुने लाभ हो। त्यस्तो स्रोत साधारणतया पाँच किसिमबाट संकलन हुन्छ। सरकारी ढुकुटीबाट प्राप्त कोष, विद्यार्थीको शैक्षिक शुल्क, अनुसन्धान कोष, दान वा सहयोग र(स्व–व्यवसायबाट) उपार्जन गर्ने लाभ मुख्य हुन। तर वर्तमान अवस्थाका कारण भविष्यमा विश्वविद्यालयहरूको आयको स्रोतमा निकै गिरावट आउनेछ। यसको असर विश्वविद्यालयको जीवनमा निकै महँगो पर्नेछ।यहाँ कार्यरत शिक्षक कर्मचारीको तलव, प्रशासन र भौतिक पूर्वाधारलगायत नियमित गतिविधिहरू सञ्चालन गर्न कोषको उपलब्धता हुने छैन।  

शिक्षामा सञ्चालन खर्च व्यवस्थापनको कुरा गर्दा हालको खर्चको निरपेक्ष विश्लेषण गरी कम प्रतिफल दिने गतिविधिहरूकटौती गर्नुपर्छ। शिक्षालाई ‘नाफाको धन्दा’ बनाउनेदेखि अशोभनीय भद्धा तडकभडकलाई रोक्नुपर्छ। बढी भन्दा बढी समय शैक्षिक उन्नयनका गतिविधिमा लाग्दै समाज र राष्ट्रको प्रगतिमा योगदान दिन सक्नुपर्छ। अनुसन्धानबाट प्राप्त ज्ञानलाई समुदायको हित र नीति निर्माणमा योगदान दिन प्रेरित गर्नुपर्छ। विश्वविद्यालयका पदाधिकारी र आबद्ध सबैले अनुशासन  र पारदर्शीको आदर्श कायम गर्नुपर्छ।  

समानान्तर (उच्च) शैक्षिक गतिविधि विकास

कोभिडपश्चातको अवस्थामा विश्वविद्यालयहरू निर्विकल्प उच्च शिक्षाको स्थल रहने छैनन्। यसको थालनी सञ्चार प्रविधिको विश्वव्यापी संस्था गुगलले आफूलाई आवश्यक पर्ने दक्ष जनशक्ति (स्नातक तहको गुगल केरियर सर्टिफिकेट कोर्ष) आफैँउत्पादन गर्ने घोषणा गरिसकेको छ। उक्त कार्यको सिको गर्दै अबका दिनका अन्य रोजगारदाताले यस्तै बाटो लिन सक्नेछन्।

अहिलेको अवस्था विश्वविद्यालयले सम्भावनाहरूको खोजी गर्ने बेला हो। आफ्ना शिक्षक, कर्मचारी र विद्यार्थीलगायत सरोकारवालाको सम्बन्धलाई समाज र राष्ट्रको हितमा अधिकतम परिचालन गरी विश्वास जित्नु आवश्यक हुन्छ।

विश्वविद्यालयको हालको व्यवस्थापनको अवस्था दुःखलाग्दो छ। त्यहाँ कार्यरत कतिपय शिक्षक कम्प्युटर चलाउन जान्दैनन्, इमेल छैन। राष्ट्रिय÷अन्तर्राष्ट्रिय समसामयिक विषयमा अध्ययन÷अनुसन्धान वाविषयविज्ञको धारणा र (समस्याको) वस्तुनिष्ठ निकासदिने हैसियत राख्दैनन्। उहिले बाजेको पालाका कुराको रटान गराउने शिक्षाबाट आजका समसामयिक समस्याको निकास दिने विद्यार्थी जन्माउन सकिन्न। अधिकांश विद्यार्थीमा शोध वा जीवन र जगतका विविध विषय क्षेत्रबारे स्वअध्ययन गर्ने परिपाटी निकै कम छ। शैक्षिक गतिविधिहरू ठप्प भएको यो अवधिमा नविश्वविद्यालय र कलेजहरूले आफ्ना विद्यार्थी खोज्न सकेका छन्न त आगामी दिनको प्रष्ट कार्यदिशाको खाका नै तयार पारेका छन्। हाल योअवस्था देखिरहँदा कोभिडपश्चातको अवस्थामा (नयाँ सामान्यीकरण) ती विश्वविद्यालयशिक्षण सिकाइका उपयुक्त वैकल्पिक उपायहरूको पहिचान र उपयोग गर्नसक्नेमा शंका छ।  

शिक्षामा नयाँ सामान्यीकरणका आयाम

राज्यले सुझाएको सबैकालागि वैकल्पिक शिक्षाका चारैवटा विधि उच्च तथा मध्यम वर्गलाई सम्म ठीकै होला तर आर्थिकरूपमा कमजोर परिवार र भौगोलिकरूपमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि उपलब्ध हुन सकेका छैनन्। यसका लागि समुदाय र स्थानीय सरकारको सहकार्यमा प्रतिकूल परिस्थितिमा उपयुक्त विधि वा प्रविधिको माध्यमबाट स्थानीय आवश्यकता र सम्भावनाको पहिचान र निकासमा सहभागी हुन र आफूले सम्पादन गरेका कामको शोध तयार गर्न लगाउन सकिन्छ।विद्यार्थीको योगदान र शोधको मूल्याङ्कनको आधारमा शैक्षिक स्तर प्रमाणित गर्ने परिपाटीको विकास गर्नु सान्दर्भिक हुन्छ। शिक्षाका लागि समाज नै पाठशाला हुन सक्छ। त्यसको सानो नमुना खोटाङ जिल्लाको दिक्तेलमा खुलेको सहज शिक्षा हो। नेपालले पहिले प्रयोग गरिसकेको राष्ट्रिय विकास सेवालाई परिस्कृत गरी सञ्चालनमा ल्याउन सकिन्छ।  

स्थानीय सम्भावनाको खोजी

कोभिड–१९ ले समस्यासँगै नेपाललाई देश सुहाउँदो शिक्षा नीति अवलम्बन गर्ने मौका सिर्जना गरेको छ। ठूला भवन र भड्किलो रबैयाका आधारमा अकुत शुल्क असुल्ने तर व्यावहारिक ज्ञान भन्दा पनि घोकन्ते जमात जम्मा गर्नेहरूलाई निषेध गर्ने मौका आएको छ। अबको शिक्षामा पढ्नका लागि कलेज धाउनैपर्ने बाध्यता रहने छैन। वर्तमान अवस्थामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशको वस्तुनिष्ठ जानकारीसहित त्यसमा आफनो योगदान दिन सक्ने दक्ष र सवल मानवस्रोतको आवश्यकता पहिले पनि थियो र आगामी दिनमा थप महसुस हुँदैछ। विश्वव्यापीरूपमा सुख र समृद्धिका आधार भनेको प्राकृतिक, सांस्कृतिक, सामाजिक, भौगोलिक, आर्थिक, प्राविधिक पक्ष नै हुन। यस्ता विविध पक्षको व्यावहारिक र वैज्ञानिक विशिष्टीकरण गर्नु आवश्यक हुन्छ।  

जीवनउपयोगीदक्षता विकासमा जोड

शिक्षाले सक्षम नागरिक तयार पार्नुपर्छ। यसका लागि विश्वविद्यालयहरूले विद्यार्थीलाई उनीहरूको परिवेशको गहन अध्ययन गरी त्यसको प्रस्तुतीकरण गर्न लगाउन सक्छ। विश्वविद्यालयको विद्यार्थीले स्कुल तहका विद्यार्थीको सिकाइ शिक्षाका साथै स्थानीय संभावनाको खोजी र विकासमा केही योगदान दिन सक्छन्। यस्ता क्रियाकलापलेदेश बुझेको जनशक्ति उत्पादनमा बल पुग्नेछ। पछिल्लो समयमा यो शिक्षा पद्धति प्राविधिक तथा अन्य संकायमा उच्च शिक्षामा बढ्दैछ। विद्यार्थीहरू तोकिएको अवधिसम्म निर्दिष्ट उद्देश्यका साथ तोकिएका नियम पालनागरेरसामाजिक कार्यमा योगदान दिन्छन्, अध्ययन गर्छन् र त्यसको अध्ययन प्रतिवेदन तयार पार्छन्। त्यस्तो योगदान वा सिकाइको विज्ञहरूले परीक्षण गरी प्रमाणित गर्छन्। नेपालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षामा यो शिक्षण विधिको सफल प्रयोग गर्दै आएको छ भने अन्य शैक्षिक संस्थाले पनि त्यसको अनुशरण थालेका छन्। यस प्रकारको शिक्षा अन्य संकाय र तहको शिक्षामा कार्यान्वयन गराउन सके विद्यार्थीलाई सैद्धान्तिकरूपमा दक्ष र व्यावहारिकरूपमा जिम्मेवार बनाउन सकिन्थ्यो।  

प्रायोजित (प्राविधिक) शिक्षा  

स्थानीय स्रोत साधनमा आधारित औद्योगिक तथा सामाजिक क्षेत्रलाई आवश्यक पर्ने दक्ष र उच्च दक्ष जनशक्तिको सहज उत्पादनमा विश्वविद्यालयले यथाशीघ्र पहल थाल्नुपर्छ। यसका लागि हाम्रा विश्वविद्यालयले उल्लेख्य संख्यामा जनशक्ति खपत गर्ने संस्था वा क्षेत्रको(संभाव्य) जनशक्तिहरूमागको लगत तयार पारी सम्भव भएसम्म रोजगादाताको (पूर्ण वा आंशिक) लगानीमा पढाउने परिपाटीको विकास गर्नुपर्छ। नेपालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साशास्त्रमा यस प्रकारको प्रयास दश वर्षअघिदेखि गर्दै आएको हो। जिल्ला वा स्थानीय सरकारको प्रायोजनमा पढेका करिब एक दर्जन चिकित्सकहरू संझौता गरेको अवधिसम्म तोकिएको स्थानमा सराहनीय काम गरेका छन्। यसको अनुशरण अन्यत्र पनि गर्नु थप सान्दर्भिक भएको छ।  

गाउँदेखि सहर,देशदेखि विदेश जोड्ने शिक्षा

अबको शिक्षाले गाउँ र सहर जोड्नुपर्छ। उच्च शिक्षाका प्रतिष्ठानहरू सहरमा केन्द्रित भएका र अधिकांश मानिस ग्रामीण क्षेत्रमा बस्ने भएको हुँदा विश्वविद्यालयहरूले सरोकारवालाहरूको सहकार्यमा स्थानीय पालिका, जिल्ला, प्रदेश वा राष्ट्रको विकासको गुरुयोजना बनाउने र त्यसको कार्यान्वयनमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। कतिलाई लाग्न सक्ला, अहिलेको विश्वव्यापीकरणको जमानामा गाउँमा पढेर के हुन्छ? आफ्नो गाउँ वा देश बुझेको व्यक्तिले विश्व बुझ्छ किनकि हरेक मानिस वा समाजका खास खास चरित्र वा विशेषता साझा हुन्छन्। दक्ष व्यक्तिले जागिरलाई नै जीवनको साध्य बनाउँदैन बरु उद्यमी बन्नेतर्फ प्रेरित हुन्छ। यस्ता सिकाइका लागि विद्यार्थी र विश्वविद्यालयलाई जतिसक्दो समाजको नजिक लैजानुपर्छ। यसका लागि स्थानीय व्यक्ति वा संस्थालाई मानित शिक्षक तोकेर उनीहरूको मूल्यांकनका आधारमा शैक्षिक गतिविधिहरू अगाडि बढाउन सकिन्छ।  

प्रविधिको विकासमा जोड

युनिसेफको अध्ययनअनुसार गुणस्तरीय शिक्षामा व्यतित गरेको प्रत्येक वर्षले व्यक्तिको आम्दानीमा करिव दश प्रतिशत र समग्रमा राष्ट्रिय आयमा १८ प्रतिशतको योगदान गर्छ। यस्तै अर्को सर्भेक्षणका अनुसार विश्वका सबै बच्चालाई आधारभूत शिक्षा दिन सक्दा गरिबीको अवस्था कम गर्न मद्दत मिल्नेछ। नेपालमा अहिले पनि गरिबीको रेखामुनिको जनसंख्या करिव २५ प्रतिशत छ। त्यो आंकडालाई साँघुरो पार्न पनि शिक्षामा विविधीकरण गरी गरिबहरूको पहुँचमा पु¥याउनुपर्छ। शिक्षालाई सहज बनाउन विभिन्नखालका प्रविधिको ठूलो भूमिका हुन सक्छ। संभव भएसम्म सूचना सञ्चारका प्रविधिको माध्यमबाट जोडिने अपेक्षा राखिनु जायज हुन्छ। त्यसका अलावा खेल, सुधारिएको चकपाटी (ब्लाकबोर्ड), कक्षा वा स्रोतव्यक्तिको अदलीबदली प्रणाली, विभिन्न पेसा÷व्यवसायको स्थलगत अवलोकन र अध्ययन, प्रस्तुतीकरण आदि विधिका माध्यमबाट प्रविधिमा विविधीकरण गर्दै सिकाइ शिक्षालाई निरन्तरता दिन सकिन्छ।

(सहप्राध्यापक–जनस्वास्थ्य संकाय,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)

प्रकाशित: ३ कार्तिक २०७७ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App