१९ श्रावण २०७७ सोमबार
विचार

बाघका कुरा बाघपीडितसँगै

नेपालमा पाँच दशकदेखि वन तथा वन्यजन्तु संरक्षणका प्रयास जारी छन् ।जसका कारण थुप्रै सफलताहासिल भएका पनि छन् । यस्ता संरक्षणका कुरा आममानिसमा सुनाउन र सुनिन थालेको केही वर्ष बितेका छन् । त्यसमा पनि दूरदराजका सफलता र संघर्षका कुरा निकै कममात्र जानकारीमा पाइन्छ । वन्यजस्तुसंरक्षणको सफलतासँगै स्थानीय स्तरमा चुनौती पनि प्रशस्त थपिएका छन् ।र,तिनका समाधानका प्रयास पनि भएका छन् । खासगरी स्थानीय स्तरमा ।तर यसबारेकमैमात्र सुन्न पाइएको छ ।वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्य गर्दाको करिव डेढ दशक लामो अनुभवले भन्नै मन लागेको एक स्थानीय प्रयास (जहाँ बाघका कुरा बाघबाटै पीडित व्यक्तिसँगै)यहाँ प्रस्तुत गर्न चाहन्छु ।  

हरेक वर्ष विश्व बाघ दिवसका अवसरमा विगतमा बाघको आक्रमणबाट भएका घाइते र परिवार गुमाउन पुगेका असहायहरूसँग भलाकुसारी गर्नुरेवा उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कार्कीको दोहोरिइरहने दैनिकी हो।उनका पिताको भालुको आक्रमणमा परी करिब१२ वर्षे अपाङ्ग जीवनपछि निधन भयो ।तर पनि कार्की वन्यजन्तु संरक्षणको अभियानमा अविच्छिन्न लागेकै छन् ।यसरी १५ वर्षदेखि वन्यजन्तु संरक्षण अभियानमा क्रियाशील उनीचितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको रिउ खोलाको किनार माडी नगरपालिका, हरिनगर गाउँका बासिन्दा हुन् । बाघको आक्रमणबाट आफ्नो परिवारका सदस्यगुमाएका टोल÷छिमेकका उपभोक्तालाई भेटेर बाघको आनीबानी बुझ्ने, यसको संरक्षणको महत्व बुझाउने र सामुदायिक कोषहरूतथा संरक्षणका साझेदार संस्थासँग समन्वय गरी सक्दो आर्थिक तथा अन्य सहयोगमा जुट्ने व्यक्तित्व छ कार्कीको । भन्छन्–विश्व बाघ दिवसमा यस्ता दूरदराजका सुषुप्त अवस्थामा रहेका आवाज बाहिर ल्याउन सकियो भने पीडितलाई पनि आत्मसन्तुष्टि मिल्ने र चेतना अभिवृद्धिमा पनि टेवा पुग्ने हुन्छ ।  

जबशिवबहादुर२०७१ सालमा रेवा मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित भए, त्यस बेलादेखि उनले हरेक वर्षको विश्व बाघ दिवसलाई पीडितहरूसँगको साक्षात्कार, छलफल र अन्तक्र्रिया गरी मनाउने गर्छन् । उनको उपभोक्ता समितिको कार्यक्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वमा परेका ५० जना घाइते छन् भने बाघको असमझदारीमा परी मृत्यु हुनेको संख्या ३ जना (महिला २ जना) र गम्भीर घाइतेको संख्या ७जना (महिला २ जना) छ । बाघबाट भएका घाइतेलाई उनी यो दिन यस क्षेत्रको आर्थिक समृद्धिसँग मानव र बाघको सहअस्तित्वको भूमिकाको विषयमा जानकारी गराउने गर्छन् भने जुन दिन पीडित र बाघबीच जम्काभेट भएको थियो, त्यो दिनलाई सम्झने प्रयास गर्न लगाउँछन्घाइतेलाई। घाइतेको मनमा बाघप्रति यदि कुनै नकारात्मक सोच छ भने पनि त्यसलाई कसरी पखाल्ने र बाघप्रतिको माया कसरी वृद्धि गर्ने भन्ने विषयमा नै उनी उक्त दिनको उपयोग गर्छन् ।  

समितिको आन्तरिक आर्थिक स्रोत हेरेर उक्त दिन उनले आफ्नो कार्यक्षेत्रका पीडितलाई नगद वा जिन्सीसामग्री पनि दिने गरेका छन् । यो अभियानका लागि उनलेकरिब७५ हजार रुपियाँ खर्च गरेका छन्। प्रतिव्यक्ति१,५०० देखि२,००० रुपियाँसम्मको नगद वा जिन्सी दिने गरेका छन्प्रत्येक २९ जुलाइका दिन । यो अभियानलाई निरन्तरता दिनुपर्छ भन्ने सोचले५,५०,००० रुपियाँ बाह्य सहयोग र२,००,००० रुपियाँ आन्तरिक स्रोत जुटाइ मानव–वन्यजन्तु राहत अक्षय कोष खडा गरेका छन् जुनउनकै समितिअन्तर्गतको रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संंस्थामा छ ।वार्षिक १० प्रतिशत ब्याज आउने गरी मूल धन नमासिने र ब्याजबाट वास्तविक पीडितलाई वर्षको एकपटक सम्मान गर्नेयो काइदा आफैँमा नौलो छ ।

उनले यो वर्षको २९ जुलाइ, विश्व बाघ दिवसका दिन पनि यस्तै कार्यक्रम आयोजना गरे । बाघ संरक्षणलाई युवासँग जोडेर लानुपर्छ भन्ने सोचका साथ १५ सदस्यीय समुदायमा आधारित चोरी सिकार नियन्त्रण एकाइक्रियाशील बनाएका छन् । अनिमानव–वन्यजन्तुद्वन्द्व व्यवस्थापनका लागि ५ सदस्यीय द्रुत कार्य टोलीसमेतबनाएका छन् । हिंस्रक वन्यजन्तुको आनीबानी र तीबाट बच्ने सुरक्षित उपाय, समस्याग्रस्त वन्यजन्तुको उद्धार, वन्यजन्तुबाट प्रभावित टोलबस्तीमा सचेतना अभियानमा द्रुत कार्य टोलीक्रियाशील छ । जैविक विविधता संरक्षण चेतना अभिवृद्धि, चोरी शिकार नियन्त्रणका सचेतनामूलक अभियान, व्यवहार परिवर्तनका लागि सञ्चार कक्षाजस्ता गतिविधिमा भने चोरी सिकारनियन्त्रण एकाइलाई क्रियाशील बनाएका छन् । द्रुत कार्य टोलीका लागि चाहिने अत्यावश्क औजार, सामग्री तथा फिल्ड गियरका सामानसमेत जोहो गरेका छन् । यो सब केका लागि त ? बाघ जोगाउन बाघबाट पीडित समुदाय र युवाको साथसहयोग अनि सहकार्य चाहिन्छ भन्छन् शिवबहादुर ।  

पूर्व, पश्चिम र उत्तर, तीनैतिर चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणी क्षेत्रमा सोमेश्वर पहाड, चारैतिर घना जङ्गलले घेरिएको र बीचमा रहेको उपत्यका ‘माडी भ्याली’एकातर्फ भौगोलिक र प्राकृतिक हिसाबले सुन्दर र ऊर्वरशील भूमि हो भने अर्कोतर्फ मानव र वन्यजन्तुबीच अत्यधिक द्वन्द्वहुने क्षेत्र पनि । सोमेश्वर पहाडको जङ्गलजुन भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने जैविक मार्गका रूपमा छ, यस क्षेत्रबाट ठूला वन्यजन्तु ओहोरदोहोर गर्ने गर्छन् भने विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तुहरूको स्थायी बासस्थान नै हो । माडी क्षेत्रका समुदाय प्राकृतिक स्रोतमा आश्रित पनि छन् । यस्तो विषम भौगोलिक बनावटका कारण पनि यो क्षेत्र मानव र वन्यजन्तुबीचको द्वन्द्वग्रस्त क्षेत्र हो ।तर स्थानीय सरकार र संरक्षण साझेदार संस्था भने स्थानीय संघ÷संस्थाको सहयोगमा द्वन्द्वलाई अवसरमा बदल्न दिन÷रात लागिरहेका छन् ।

निकुञ्ज वरपरको प्रभावित क्षेत्रलाई नेपाल सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको छ । सम्बन्धित निकुञ्जको आम्दानीको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रमा सामुदायिक विकास, संरक्षण कार्यक्रम, आयआर्जन तथा सिप विकास र संरक्षण सचेतनामूलक शीर्षकमा कार्यक्रम सञ्चालन गर्न पाइने प्रावधान छ । सोहीअनुरूप, रेवा उपभोक्ता समितिले यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनकालागि सोलार तारबार तथा मेसजाली निर्माण, नदीकटान रोकथामकालागि तटबन्धन र वृक्षारोपण, आयआर्जनकालागि तरकारी खेती तथा मध्यवर्ती सामुदायिक वन व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गरेको छ । संरक्षण साझेदार संस्था तराई भू–परिधि कार्यक्रमसँगको सहकार्यमा प्रभावित क्षेत्रका समुदायको जीविकोपार्जन सुधारकालागि माछा पालन, बाघ प्रजाति र चौपायाबीचको द्वन्द्व न्यूनीकरणकालागि सुरक्षित बाख्राको खोर, गोठ सुधार तथा एकीकृत पशुपालन कार्यक्रम, सोलार तारबार, सिप विकास, जलवायु परिवर्तनजन्य जोखिम न्यूनीकरणका अभ्यास तथा पर्या–पर्यटन प्रवर्धन, सामुदायिक होमस्टे जस्ता कार्य सञ्चालन भइरहेको छ ।  

विश्वव्यापीरूपका दूरगामी सोचसफल बनाउन अर्थात यथार्थमा परिणाममुखी बनाउन स्थानीय स्तरमैकाम गर्नुपर्छ। प्रतिवेदनहरूका अनुसार करिव १०० वर्षको दौरानमा यो प्रजाति एक लाखबाट घटेर करिब ३,२०० को संख्यामा आइसकेको थियो । १० वर्ष पहिले बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धतामा हस्ताक्षर गर्ने राष्ट्रमध्ये नेपाल पनि हो ।सन् २०१८ को तथ्याङ्कअनुसार नेपालमा पाटे बाघको संख्या २३५ पुगेकोछ जबकि सन् २००९ मा बाघ १२१ वटा थिए ।बाघको संख्या हेर्दा नेपाल लक्ष्य हासिलउन्मुख देखिन्छ । यस सफलताको मुख्य कारणमध्येभू–परिधिस्तरीय संरक्षण अभ्यास जस्तै तराई भू–परिधि कार्यक्रमपनि एक हो ।

अन्त्यमा, बाघको बासस्थान वरपर बस्ने स्थानीय समुदायसँगको सहअस्तित्व र चितवन, माडी क्षेत्रमा भएका उदाहरणजस्तै, स–साना स्थानीय प्रयासले समग्र राष्ट्रमाबाघको बासस्थान जोगाउन र यसको उचित संरक्षण र व्यवस्थापनमा सहयोग पुग्ने नै छ ।आफ्नो गाउँठाउँमा रहेर स्थानीय स्तरबाट बाघ संंरक्षणमा गरेका प्रयासका कारण शिवबहादुर कार्की चितवनमात्र हैन, अन्यत्रका यस्तै बासिन्दाका लागि पनि प्रेरणाका स्रोत हुन्। जसलाई सबैले अनुशरण गर्नु उपयुक्त हुन्छ ।माडी, चितवनका बासिन्दाले देखाएका संंरक्षणप्रतिको अग्रसरताविश्वकै लागि एक सिकाइ र उत्प्रेरणा हुन सक्छ ।  
(फिल्ड प्रोग्राम एसोसिएट, तराई भू–परिधि कार्यक्रम)

प्रकाशित: १५ श्रावण २०७७ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App