१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

जयतु संस्कृतम्को सम्मान

असार १ गते जयतु संस्कृतम् अभियान प्रारम्भ भएको दिन हो । नेपालको इतिहास अध्ययन गर्ने जोकोहीलाई पनि जयतु संस्कृतम् अभियानको महत्व, सन्दर्भ र उपादेयता थाहा हुन्छ । जुनसुकै कालखण्डमा पनि समय बलवान हुन्छ । समयले जनमत एकत्रित गराउँछ र जनताको पक्षमा जनमतको उपयोग गर्न लगाउँछ । जहानिया राणा शासनको समयमा सीमित घरानाका परिवार र तिनका सन्तानलाई बाहेक औपचारिकरूपमा लेखपढ गर्ने सुविधा थिएन । राणाहरूको विरोधमा बोल्नेलाई जीवन बलिदानको आहुतिमा समर्पित हुनुपर्ने उदाहरण सहिदहरूको जीवनीबाट थाहा पाएकै विषय हो । त्यस्तो बेलामा आधुनिक विषय पढ्न पाउनुपर्ने देखावटी माग तेस्र्याएर संस्कृत छात्रावासमा बस्ने विद्यार्थीले गरेको आन्दोलन जयतु संस्कृतम् थियो । यो अभियानलाई बृहत्तर बनाएर उनीहरूले राणा शासनविरुद्ध गाउँगाउँमा संगठन गर्ने हिम्मत गरेका थिए । त्यसैको संझना दिवससमेत असार १ नै भएकाले आजको दिन प्रजातन्त्रप्रेमीहरूका लागि एकतन्त्री शासनविरुद्ध शंखनाद भएको दिनका रूपमा इतिहासमा प्रख्यात छ ।  

अहिले संसार शान्तिको खोजीमा तड्पिइरहेको छ । घर समाज हुँदै देश र अन्ततः विश्वभर नै शान्तिको खोजी भइरहेको छ । शान्ति अभावले गर्दा हिजोआज मानवीयता, भाइचारा, पारस्परिक सद्भाव, सहयोग, विश्वबन्धुत्व जस्ता विषय इतिहासका पुस्तकमा सीमित हुँदै गएका छन् । घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियारको दवदवा व्यापक हुुँदै आएको छ । बाबुु/आमाको सल्लाह नमान्ने, अखाद्य वस्तुुहरू सेवन गर्ने, गुुरुको अनादर गर्ने जस्ता धेरै किसिमका स्वार्थी प्रवृत्तिमा बढोत्तरी भइरहेको छ । फलतः परिवारमा झगडा, मनमुुटाव बढ्दै गएको र यसले हत्या र आत्महत्यासम्म पुु¥याएका समाचार दिनदिनै हेर्न र पढ्न पर्ने भइरहेको छ । यो अवस्था लम्बिँदै गएमा शाश्वत मानव अस्तित्वमा गम्भीर कठिनाइ आएर सिङ्गो समाजमा नै ठूूलो दुुर्घटना हुुन सक्ने सम्भावनाको अनुुमान लगाउन सकिने भएको छ ।  

विभिन्न अध्ययनले सिद्ध गरेअनुसार खानपानले आचरणलाई असर गर्छ, आचरणले अध्ययनमा असर पार्छ । अध्ययनले चिन्तनलाई र चिन्तनले कर्तव्याकर्तव्यलाई प्रभाव पार्छ । कर्तव्याकर्तव्यले सुकीर्ति र दुस्कीर्ति फैलाउँछ । सुकीर्ति र दुस्कीर्तिले मानिसलाई मरेतुल्य बनाउँछ वा अजरामर तुल्याउँछ । यो विश्वजनीन सत्य हो । यो नै शाश्वत सत्यको विषय हो, प्राकृतिक नियम पनि यही हो । वेद, पुुराण, कुुरान र बाइबलले भन्दै आएका तथ्य पनि यसैभित्र समेटिएका छन् ।  

जुुनसुुकै धर्म सम्प्रदाय मान्नेका लागि पनि धार्मिक ग्रन्थहरू नै नीति, कानुन, समाज व्यवस्था र सामाजिक सद्भाव जगाउने स्रोत हुुन् । राज्यका नीतिनियम, संविधान पनि धार्मिक ग्रन्थहरूकै आधारमा विकसित हुँदै आएको हो । परोपकार, प्रेम, मित्रता, पारस्परिक सहयोग, विश्वबन्धुत्वको जगेर्ना गर्ने स्रोत र आधार पनि तिनै हुन् । त्यति हुुँदाहुँदै पनि सबै धार्मिक ग्रन्थहरू सर्व–स्वीकार्य छैनन् । यस अवस्थामा अहिलेसम्म उपलब्ध भएका अपेक्षाकृत निर्विवादी स्रोतहरूलाई आधार बनाउनुपर्ने हुुन्छ । त्यस्ता स्रोतहरूमा वेद नै सर्वमान्य छ । विश्वभरमा वेदको विरुद्धमा कुुनै ग्रन्थ लेखिएको यो पंक्तिकारलाई जानकारी छैन । यसमा पृथ्वीको, अन्तरिक्षको, वनस्पतिको, सूूर्यको महत्व दर्शाइ महत्व मानिएपछि पूूजा गर्नुुपर्छ भन्ने मान्यता बस्दै आएकाले वेदलाई पनि यदाकदा धार्मिक ग्रन्थका रूपमा परिभाषित गर्न थालिएको हुुन सक्छ । 

जयतु संस्कृतम्को अर्थ संस्कृत वाङ्मयको जय होस् भनिएको हो । संस्कृत वाङ्मयको जय होस् भनेको संस्कृत भाषामा आबद्ध सार्वजनिन कुराहरू अर्थात् सहअस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्वशान्ति, पारस्परिक सहयोग, सद्भावना, धार्मिक सहिष्णुता आदि भावनाको जय होस् भनिएको हो । 

वेदको मूूल रूप संस्कृत हो भन्नेबारेमा कुनै वादविवाद पाइँदैन । वेदमा नै विज्ञान, आयुुर्वेद, तन्त्र, ज्योतिष, वातावरण आदिको बृहत् चर्चा गरिएको छ । अहिले जर्मनी, बेलायत, फ्रान्स, अमेरिका, चीनमा भएका खोज र अनुुसन्धानले पनि वेदको महत्व अतुुलनीय भएको र यसको भाषा अत्यन्त वैज्ञानिक भएको तथ्य स्वीकारिसकिएको छ । वेदकै विषयलाई टीका, व्याख्या र विश्लेषण गर्ने क्रममा उपनिषद्, पुुराण र आख्यानहरू बनेका हुुन् । संस्कृत जत्तिकै वैज्ञानिक भाषा अहिलेसम्म प्रचलनमा आएका भाषामा अरू भेटिन्नन् । यसलाई नासाले नै पुुष्टि गरिसकेको छ । शब्दका दृष्टिले संसारमै सबैभन्दा सम्पन्न संस्कृत व्याकरणका दृष्टिले पनि बलियो भएकाले नासाले सन् २०३० पछि संस्कृतलाई कम्प्युटरको भाषा बनाउनेतर्फ अनुसन्धान गर्दैछ भन्ने जानकारीमा आएको छ ।  

सबै मानिस सुखी होउन्, निरोगी बनून्, सबैको उन्नति होस् (सर्वे भवन्तुु सुुखिनः) भन्ने विश्व जनिन चिन्तन बोक्ने आदर्श संस्कृत वाङ्मयमै छ । संस्कृत वाङ्मयले आकाश, पृथ्वी, पशु, चरा, सर्प, पानी सबैलाई ईश्वर मानेको छ । यिनीहरूको अस्तित्वमा नै संसार खडा भएको छ । हामी यसैभित्र छौँ । ‘यत्र विश्वं भवत्येक नीडम्’ लाई लोकव्यवहारमा ल्याउने शास्त्रसमेत संस्कृत वाङ्मय हो । यसमा संसारका कुनै पनि विद्वान्हरूले विरोध जनाएका छैनन्, विश्वको प्राचीनतम कल्याणकारी ग्रन्थ वेदलाई नै मानेका छन् ।

संस्कृत भाषा र वाङ्मयलाई उपयोगमा ल्याउने, यसभित्रको विज्ञान पक्षको महत्वबोध गराउने समेत उद्देश्यले देशमा संस्कृत विश्वविद्यालयलगायत केही संस्था स्थापना भएका छन् । त्यसरी स्थापना भएका संस्थामा ‘जयतु संस्कृतम्’ पनि एउटा हो ।

जयतु संस्कृतम् के हो ?
जयतु संस्कृतम्को अर्थ संस्कृत वाङ्मयको जय होस् भनिएको हो । संस्कृत वाङ्मयको जय होस् भनेको संस्कृत भाषामा आबद्ध सार्वजनिन कुराहरू अर्थात् सहअस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्वशान्ति, पारस्परिक सहयोग, सद्भावना, धार्मिक सहिष्णुता आदि भावनाको जय होस् भनिएको हो । सनातन धर्म, आपसी प्रेम, सद्भावको अभ्युत्थान होस् भन्ने आदर्श भावनाको शङ्खघोष नै जयतु संस्कृतम्को सन्देश हो । हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वले आआफ्नो अस्तित्व राख्न पाउनुपर्छ, ‘स्व’ को पहिचान दिन सक्नुपर्छ, एक–अर्कामाथि थिचोमिचो हुनुहुँदैन, स्वतन्त्रता र समानताका आधारमा सबैले आआफ्नो अस्तित्वको उपयोग गर्न पाउनुपर्छ भन्ने चिन्तनकोे नाम जयतु संस्कृतम् हो ।  

यसकारण जयतु संस्कृतम् कुनै भाषा, जात र जातिको नारा होइन  विश्व–मानवको समुन्नति, शान्ति र कल्याणकारी कार्यका निम्ति एक भएर अघि बढौंँ भन्ने आह्वान र विचार हो । म को हूूँ, कसरी आएको वा बनेको हुँ, म बसेको समाजको निर्माण कसरी भएको छ, मेरो र राष्ट्रका बीच कस्तो सम्बन्ध छ र हुुनुुपर्छ जस्ता प्रश्नको जवाफ जयतुु संस्कृतम्ले दिन्छ । म भन्नाले मभित्रको ऊर्जा र क्षमता हो । जुुन समाजमा हामी जन्मे–हुुर्केका छौँ, जसको छहारी पाएका छौँ, त्यसको संरक्षण गर्नुु र महत्व बुुभ्mनुु हाम्रो कर्तव्य हो । यो वास्तविकताको शंखघोष जयतुु संस्कृतम्ले गर्दै आएको छ ।  

नेपालको इतिहासअनुुसार वि.सं. २००४ सालमा चलाइएको जयतु संस्कृतम् आन्दोलन त्यसबेलाको हुुकुमी राणाशासनको विरुद्ध आवाज उठाउने पहिलो जनप्रयास थियो । राणाकालमा स्वस्फूूर्तरूपमा आएको यो अभियानले नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न ठूलो सघाउ पु-यायो । पञ्चायती शासनकालमा प्रजातन्त्रको शंखनाद गर्ने र मानव विचारलाई प्रश्रय दिने सबै संघ, संस्था र तिनका विचारमा प्रतिबन्ध लागेसँगै जयतु संस्कृतम् आन्दोलन पनि प्रतिबन्धित हुन पुग्यो र मौनप्रायः बस्यो । २०५४ सालमा संस्कृत क्षेत्रका अग्रणी एवं जयतुु संस्कृतम्का अभियन्ताहरूद्वारा अभियान स्थापनाको स्वर्णमहोत्सव मनाएसँगै संस्कृत वाङ्मयको संरक्षण गर्ने मूल उद्देश्य राखेर जयतु संस्कृतम् संस्था स्थापना गरी कानुनबमोजिम दर्ता गरियोे । कालक्रममा जयतु संस्कृत् अभियानका अभियन्तामध्येकै श्रीभद्र शर्मा, हेमराज ज्ञवाली, विद्यानाथ उपाध्याय यस संस्थाका अध्यक्ष हुुनुुभएको थियो ।  

मानव मूूल्यको जगेर्ना गर्न र पहिचान दिन इतिहास जोगाएर संस्कृत, संस्कृति, भाषा, वाङ्मयको संरक्षणमा जयतुु संस्कृतम् लागिपरेको छ । यसबाहेक संस्कृतमा भएका अमूूल्य सम्पत्तिलाई धेरैले बुुझ्ने र बोल्ने भाषामा अनुुवाद गर्ने काम पनि गरिरहेको छ । संस्कृतमा भएका चार प्रमुुख पक्ष– दर्शन, साहित्य, विज्ञान र कर्मकाण्ड (समग्रमा वाङ्मय) को प्रचारप्रसारमा यसका नियमित र विशेष कार्यक्रम छन् । विश्व संस्कृत सम्मेलनको तयारी गर्दैछ । महाभारतकालपछिको विश्व इतिहास तयार गर्ने उद्देश्यले उत्तर महाभारत लेख्न थालेको छ । नेपाल एकेडेमी, खुुला विश्वविद्यालयलगायतका संस्थासँग सहकार्य गर्दै आएको छ । संस्थाको जन्म दिन असार १ गतेका दिन पुुनः एकपटक वाङ्मय, भाषा र संस्कृति संरक्षणमा हौसला र सहकार्यमा सामेल हुुन यो दिवसले प्रेरणा प्रदान गरेको छ  ।  
अध्यक्ष, जयतुु संस्कृतम्

प्रकाशित: १ असार २०७७ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App