नादर हबिबी / हान्स यु चु
संयुक्त राज्य अमेरिकाको वर्तमान सरकारले आप्रवासनविरोधी नीति कडा बनाउँदै लगेको छ। ट्रम्प सरकारले वैधानिक आप्रवासनमा समेत कडाइ गर्न थालेको छ। अवैध तरिकाबाट भित्रिएका आप्रवासी भकाभक लखेटिन थालेका छन्।
अमेरिकी सरकारले आप्रवासी संख्या घटाउन केही थान कडा नीति कार्यान्वयनमै ल्याइसकेको छ। आठ मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका पस्न प्रतिबन्ध, विदेशी दक्ष कामदारलाई अस्थायी रोजगारीका लागि प्रदान गरिने एच–१ बी भिसामा नियन्त्रण र आप्रवासन अधिकारीको आप्रवासनका लागि परेका निवेदन अस्वीकार गर्ने वा विलम्ब गर्नेलगायत नीति लागू गरी अमेरिकाले आफ्नो भूमिमा आप्रवासी घटाउन खोजिरहेको छ।
प्रतिभाशाली र दक्ष आप्रवासीहरू बाहिरिँदा अन्ततः अमेरिकी अर्थतन्त्रलाई नै हानी हुनेछ।
एकथरी अमेरिकी नागरिक आप्रवासीविरोधी विचार बोक्छन्। उनीहरू बलियो आप्रवासन नीतिका पक्षमा छन्। अनि उनीहरू विभिन्न देशबाट अमेरिका भित्रिएका उच्च दक्षता भएका आप्रवासीहरूका कारण आफ्नो देशको अर्थतन्त्रलाई फाइदा पु¥याइरहेको नदेखेझैं गर्छन्। वासिङ्टनले भन्न त पटकपटक भन्ने गरेको छ– ‘उच्च दक्षता भएका पढेलेखेका आप्रवासीलाई स्वागत गर्न हामी तयार छौं।’ तथापि अमेरिकामा अहिले फैलिएको आप्रवासनविरोधी परिस्थितिले त्यस्ता दक्ष मानिसमा नकारात्मक प्रभाव पार्न सक्छ।
आप्रवासनविरोधी परिस्थितिले त्यस्ता प्रतिभावान् व्यक्तिलाई अमेरिका जान निरुत्साहन मात्र गर्दैन, त्यहाँ अहिले काम गरिरहेका आप्रवासीहरूलाई समेत आफ्नै देश फर्किन प्रोत्साहन गर्छ। अमेरिकी उच्च प्राविधिक उद्योगका अगुवाहरूले यस्तो अवरोधले अनुसन्धान र प्राविधिक विकासमा असर पर्ने बताइसकेका छन्।
बढ्दो आप्रवासनविरोधी भावना
सन् १९६० को दशकसम्म अमेरिकाले उत्तर–पश्चिम युरोपबाट आउने गोरा मानिसलाई मात्र आप्रवासन सुविधा दिन्थ्यो। इटाली वा ग्रिसका नागरिकलाई पनि स्वागत गथ्र्याे। पछि आप्रवासनको यो दायरा फराकिलो पारिएपछि अमेरिकामा संसारभरबाट अप्रवासीको ठूलो हुल नै पसेको छ। विगत आधा शताब्दीमा अमेरिकामा आउने आप्रवासीहरू मुख्यतः गैरयुरोपेली छन्। उनीहरूको अमेरिका आगमनले त्यहा“का गोरा जातिमा असन्तोष पनि बढेको छ।
पछिल्ला दशकमा आप्रवासनविरोधी भावना बढ्नाका पछाडि धेरै कारण छन्। अमेरिकाका केही पुराना बासिन्दा आप्रवासीहरूले आफ्नो काम खोसेको र आपूmले खाइपाइ आएको सामाजिक सेवा न्यून बनाएको भनी रुष्ट छन्। अन्य केही मानिस भने आफ्नो देशमा गैरगोराको जनसंख्या बढ्दै गएकामा चिन्तित छन्। यसो हुनुमा उनीहरू आप्रवासीको बढ्दो संख्या दोषी ठान्छन्।
अमेरिकाका पुराना बासिन्दामा आप्रवासीविरोधी भावना बढ्नाको मूल कारण उनीहरू र आप्रवासी अनुपात असन्तुलन हो। पछिल्ला वर्षमा त्यहा“ विभिन्न जाति र संस्कृतिका आप्रवासीहरूको संख्या निकै बढेको छ। फलतः पुराना बासिन्दा र आप्रवासीको अनुपात असन्तुलन अझ उकालो लागेको छ। पहिले आप्रवासीको पक्ष वा तटस्थमा रहेका मानिसले समेत अहिले आफ्नो धारणा बदलिरहेका छन्। आप्रवासीहरूको संख्यात्मक बहुमतका कारण उनीहरू आत्तिएका छन्।
अमेरिकाको राजनीति, संस्कृति र आर्थिक वृत्तमा पुराना बासिन्दाले आफ्नो अवस्था क्रमशः कमजोर बन्दै जाने संशय नै उनीहरूको चासोको मूल जरा हो।
कमजोर सामाजिक अन्तरक्रिया
सुरु–सुरुमा हार्दिकतापूर्वक स्वीकारिएका आप्रवासी परिवारहरूले समेत अहिले क्रमशः विभेद, बहिष्कार र दुव्र्यवहार महसुस गर्न थालेका छन्। गैरयुरोपेली समुदायका अति सम्पन्न र उच्च शिक्षित व्यावसायिक परिवारको तीव्र आगमनका कारण अमेरिकाका केही ग्रामीण भेगमा देखिने गरी रूपान्तरण भएका छन्।
आफ्नो ठाउ“मा फरक देखिने समुदायको संख्या बढ्दै गएपछि अमेरिकाका पुराना बासिन्दा ‘फरक देखिने’ आफ्ना नया“ छिमेकीका कारण चिन्तित बनेका छन्। उनीहरू आफ्ना नया“ छिमेकीस“ग अन्तरक्रिया गर्न हिचकिचाउने गरेका छन््। धेरै सामाजिक वैज्ञानिकले नया“ बासिन्दाको संख्या बढे सँगसँगै समुदायमा परिवार अलग–अलग रहने सम्भावना प्रचुर हुने बताउ“छन्। पहिलेजस्तै अहिले त्यहाँ आफ्ना छरछिमेक भेट्ने, चिनजान गर्ने र बेलाबेला सामाजिक अन्तरक्रिया गर्ने फुर्सद कसैलाई छैन।
आफ्नै छिमेकी चिन्दैनन् अधिकतर
अमेरिकाको कुनै सानो सहरमा तपाईंले चिनिया“, भारतीय, रुसी, इरानी, अरबी र अन्य राष्ट्रियताका मानिसका साथै सर्वसाधारण युरोपेली–अमेरिकी भेट्नुहुन्छ। तर त्यस्तो सहरमा सामाजिक अन्तरक्रिया निकै दुर्लभ हुन्छ। सामाजिक भेला, विभिन्न देशबाट आएका छरछिमेकबीच भेटघाट निकै मुस्किलले मात्र हुने गर्छन्। त्यहा“का धेरै बासिन्दालाई आफ्नो घरस“ग टाँसिएको अर्को घरमा को बस्छ र उनीहरूको नाम के हो भन्नेसमेत थाहा हु“दैन। जातीय उपेक्षाका कारण त्यहा“का बासिन्दाबीच यस्तो अवस्था बनेको हो।
आदिवासी र आप्रवासीबीचको अनुपातका कारण बहुमत गोरा जातिमा छाएको चिन्ताले निम्त्याउने सामाजिक र राजनीतिक परिणामलाई उपेक्षा गर्न सकिन्न। आप्रवासीविरोधी समूहहरू बारम्बार जनसांख्यिक असन्तुलनमा खेल्ने गरेका छन्। फलतः उनीहरूले बहुमत जनसंख्याको समर्थन पनि पाउने गरेका छन्। उनीहरूको सदस्यता पनि बढेको छ।
आप्रवासन र केही समुदायको उच्च जन्मदरका कारण आफू अल्पमतमा पो परिने हो कि भन्ने अनुपातिक चिन्ता सन् १९७० को दशकदेखि युरोपेली देश र अमेरिकामा बढेको हो। एक प्रकारले ‘विस्थापनको भय’ बढ्दै गएको छ। परिणामतः आप्रवासन रोक्न वा आप्रवासीलाई बाहिर निकाल्न राजनीतिक आन्दोलन भइरहेका छन्। पछिल्ला वर्षमा युरोप र उत्तर अमेरिकामा यस्ता आन्दोलन निकै लोकप्रिय बन्दै गएका छन्।
तथापि, आप्रवासीविरोधी आन्दोलनले अन्ततः अमेरिकालाई नै क्षति पुग्ने देखिन्छ। किनभने अमेरिकामा काम गरिरहेका दक्ष जनशक्तिमा उल्लेख्य संख्या आप्रवासीकै छ। आप्रवासीहरूलाई नकार्नुको अर्थ नयाँ–नयाँ सम्भावनाका ढोका बन्द गर्नु हो र प्राविधिक विकासमा अमेरिकाको क्षमतामा क्षति पु¥याउनु हो।
सिलिकन भ्यालीको सफलतापछाडि आप्रवासी प्रतिभा
सन् १९६५ मा अमेरिकाले आप्रवासन ऐन, १९२४ खारेज ग¥यो। त्यो ऐनले सीमित समुदायका मानिसलाई मात्र आप्रवासीका रूपमा स्वीकार्ने मापदण्ड बनाएको थियो। उक्त ऐन खारेज भएयता संसारभरबाट ठूलो संख्यामा प्रतिशाली मानिस अमेरिकामा ओइरिएका छन् र त्यहा“को अर्थतन्त्र उत्थानमा योगदान गरेका छन्। परिणामस्वरूप अमेरिकाले गणित, जीव विज्ञान, औषधि विज्ञान, कम्प्युटर विज्ञान र अरू धेरै क्षेत्रमा बीसौं शताब्दीको उत्तर्राद्धसम्ममा धेरै प्रगति हासिल ग¥यो। विविधतायुक्त र समावेशी वातावरणमा उच्च प्राविधिक केन्द्रहरू फस्टाए। यसको सबभन्दा उपयुक्त उदाहरण त सिलिकन भ्याली नै हो।
सन् २०१७ मा ‘सिलिकन भ्याली प्रतिस्पर्धात्मक र अनुसन्धान परियोजना’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सान फ्रान्सिस्को तटमा कार्यरत उच्च दक्षताप्राप्त जनशक्तिमध्ये ५७ प्रतिशत मानिस बाहिरबाट आएका हुन्। सिनेटर स्पेन्सर अब्राहमले उद्धृत गरेका अर्को अध्ययनअनुसार सन् १९७२ देखि १९७७ सम्म भारतको मुम्बईस्थित भारतीय प्रविधि प्रतिष्ठानबाट उत्पादित उच्च दक्षताप्राप्त इलेक्ट्रिकल इन्जिनियरहरूमध्ये ६० प्रतिशतभन्दा बढी अमेरिकामा बसाइँ सरेका थिए। यस्ता उच्च दक्षता हासिल गरेका जनशक्तिको प्रचुर उपलब्धताका कारण अमेरिकाले दशकौंदेखि प्राविधिक तथा सैनिक प्रभाव कायम राख्न सकेको हो।
आप्रवासनविरोधी भावनाको विस्तारले संसारमा अमेरिकी प्राविधिक नेतृत्वको आधार बनेका विज्ञान र इन्जिनियरिङ क्षेत्रका प्रतिभा आपूर्तिमा कमी आउन सक्छ। अमेरिकी व्यापारीहरू त्यहा“को अर्थतन्त्रमा आप्रवासीको अमूल्य योगदान रहेको यथार्थता खुला रूपमा स्वीकार्छन्। अमेरिकी व्यापारीहरू टिम कुक, एप्पलका सिइओ, जामी डिमोन, जेपी मोर्गनका सिइओले सन् २०१८ अगस्टमा त्यहा“का गृहमन्त्रीलाई लेखेका पत्रमा भनिएको छ– संघीय सरकारले आप्रवासन नियममा कानुनी पुनरवलोकन गर्दै गर्दा कानुनअनुसार आएका हजारांै दक्ष जनशक्तिका सन्दर्भमा कुनै परिवर्तन गर्नु हुन्न। यसले अमेरिकामा प्रतिस्पर्धात्मकतामा ¥हास आउनेछ।
आप्रवासी नीतिले आक्रामक वातावरण बन्न सक्छ
त्यसकारण आगामी वर्षमा अमेरिकी नीति–निर्माताहरूले गोरा मतदाताको ठूलो हिस्सामा बढ्दो आप्रवासनविरोधी भावना र दक्ष जनशक्तिको आवश्यकताबीच सन्तुलन मिलाउनुपर्छ। त्यहा“का पुराना बासिन्दामा रहेको असन्तुलित जनसांख्यिक अनुपातप्रतिका चिन्ता र विस्थापन भइने भयलाई उपेक्षा गर्नु भनेको पपुलिस्ट र अतिवादी राजनीतिक समूहलाई आफ्ना स्वार्थपूर्तिका लागि खेल्न दिनु हो।
यस्तो अवस्थाले पपुलिस्ट नेताहरूलाई विजयी बनाउने मात्र होइन, बरु आप्रवासी समुदायविरुद्ध क्रूर र डरलाग्दो सामाजिक वातावरण बन्छ। परिणामतः त्यहा“ बस्दै आएका दक्ष आप्रवासी जनशक्ति लखेटिनेछ। प्रतिभाशाली र दक्ष आप्रवासीहरू बाहिरिँदा अन्ततः अमेरिकी अर्थतन्त्रलाई नै हानी हुनेछ।
(लेखक हबिबी अमेरिकास्थित ब्रान्डिस विश्वविद्यालयमा मध्यपूर्वको अर्थतन्त्रविज्ञ प्राध्यापक हुन्। अर्का लेखक यु चु यल विश्वविद्यालयको अर्थशास्त्र विभागस“ग सम्बद्ध छन्।) स्रोतः चाइना डेली / नेपाली अनुवाद : नीरज लवजू
प्रकाशित: १७ भाद्र २०७६ ०४:०८ मंगलबार