११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

प्रजातन्त्र अन्त्य हुँदै छ ?

डोमिनिक मोइसी
सन् १९७० र १९८० को दशकमा फ्रान्सेली राजनीतिका दार्शनिक पियर ह्यासनरजस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञहरूले संयुक्त राज्य अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धात्मक क्षय प्रक्रिया सुरु भएको अनुभव विश्वलाई भइरहेको तर्क गरेका थिए। रुसका लागि  अफगानिस्तानको द्वन्द्व तथा अमेरिकाका निम्ति भियतनाको युद्ध असफलताबाट सम्बन्धित मुलुकलाई पुगेको क्षतिभन्दा महँगो साबित भए। सन् १९८९ सम्ममा परिणाम प्रस्ट भइसकेको थियो ः आफ्नै गल्ती र अन्तरविरोधका कारण सोभियत संघ अमेरिकाभन्दा निकै चाँडो कमजोर भयो, उसको साम्राज्य ढल्यो।

अहिले फेरि एकपटक विचारधारा र राजनीतिक मोडलसम्बन्धी प्रतिस्पर्धात्मक क्षयको अवधारणा सान्दर्भिक हुन पुगेको छ। हालै ‘फाइनान्सियल टाइम्स’लाई रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले दिएको अन्तर्वार्तामा उदार प्रजातान्त्रिक आदर्श ‘ओब्सुलिट’ अर्थात् असान्दर्भिक भइसकेको घोषणा गरे। तर अझै मस्कोका सडकमा विरोध प्रदर्शन जारी छ। अधिनायकवादी मोडलका आफ्नै प्रशस्त समस्या छन् भन्ने कुरा हङकङमा भएको प्रदर्शनले देखाइरहेको छ।

खासमा प्रदर्शनकारीहरू विश्व यतिबेला युद्धपछि इतिहासको तेस्रो अँध्यारो चरणमा प्रवेश गरेकामा चिन्तित छन्। पहिलो चरण, सन् १९४५ देखि १९८९ सम्म शीतयुद्धले गाँजेको थियो। दोस्रो, सन् १९९० देखि २०१६ सम्म उदार प्रजातान्त्रिक शासन व्यवस्थाको कमजोर प्रतिनिधित्वले प्रभाव पारेको थियो। तर अहिले विश्व संयुक्त अधिराज्य बेलायतमा ब्रेक्जिट पक्षधरको जित र अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयपछि खतरनाक ‘लोकरिझ्याइँ’ चरणमा विश्व प्रवेश गरेको छ।
तर यो विश्लेषणमा अहिलेको निराशावादी मानसिकता र अवश्यम्भावी घटना प्रतिबिम्वन भएका छन्। यतिबेला चेक रिपब्लिक, स्लोभाकिया र रोमानियालगायत थुप्रै मध्य युरोपेली देशमा ‘लोकरिझ्याइँ’ आफैं आक्रमणमा पर्न थालेका छन्। साथै फ्रान्समा राष्ट्रपति इमानुअल म्याक्रोनले आफ्ना आलोचकले सोचेभन्दा बढ्ता शास्त्रीय उदारवादी प्रजातन्त्रको वकालत गरिरहेका छन्।

प्रजातन्त्र र अधिनायकवाद दुवै उत्तिकै क्षयीकरणमा छन्। अहिलेका निम्ति कुन मोडल बालियो हुन्छ भन्ने कुरा अनिश्चित छ।

त्यसकारण प्रजातन्त्र र स्वतन्त्रता अन्त्य भइसकेको र लोकरिझ्याइँ र अधिनायकवादको जित भइसकेको भन्ने टिप्पणी अपरिपक्व छन्। अन्यथा नभएमा, स्वतन्त्रता र प्रजातन्त्रप्रतिको चाहना अझ बढ्नेछ। नकारात्मक भावनाले यसको कारणलाई अझै समाप्त पारेको छैन।

यसकारण वर्षौं पुरानो प्रश्न यथावत् छ: कुन मोडल बढ्ता खतरामा छ– प्रजातन्त्र कि अधिनायकवाद ? यसको जवाफ पूर्वनिर्धारित छैन। तर यो निश्चित रूपमा राजनीतिक व्यक्तित्व, घटनाक्रम र संस्कृतिमा निर्भर रहन्छ।

यस सन्दर्भमा सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचन महत्वपूर्ण हुनेछ। यसबाहेक पहिलेका दुई निर्वाचनभन्दा बढी अनिश्चितता यसमा हुनेछ। केही व्यक्तिले सन् २०१२ को निर्वाचनमा बाराक ओबामा हार्छन् भन्ठान्नु  स्वाभाविक थियो। र, केही व्यक्तिले सन् २०१६ मा निर्वाचन जित्छन् भन्दा सजिलै पत्याउन सकिन्नथ्यो। सन् २०२० को चुनाव यी दुई निर्वाचनभन्दा एकदमै फरक हुनेछ।

सन् २०१६ मा एकदमै गलत भएपछि मलगायत धेरै विश्लेषक यो वर्ष धेरै सावधान भयौं। विश्व वित्तीय तथा आर्थिक सम्भ्रान्तहरूको एउटा महŒवपूर्ण हिस्सा आगामी महिनामा अमेरिका आर्थिक मन्दीको चपेटामा प¥यो भने ट्रम्प पुनः निर्वाचित हुनेमा अझै विश्वस्त छन्। यसबाहेक उनीहरूको निदानको उपाय फेरि अर्कोपटक गल्ती नहोस् भन्ने सावधानीमा मात्र आधारित छैन, बरु धेरै जना यस्तो परिणाम अवश्यम्भावी ठान्छन् र केही यसको अपेक्षा गर्छन्।

यस क्षणमा आइपुग्दा सन् १९३० को तुलना दिमागमा आउनु स्वाभाविक हो। वास्तवमा ट्रम्प र एडोल्फ हिटलरबीच केही समानता छन्। ट्रम्पको पुनर्निर्वाचनको प्रसंग आउनासाथ उदारवादी संस्थापन पक्षको ठूलो हिस्सामा हिटलर सन् १९३० मा सत्तामा पुग्दा जर्मनीका वित्तीय तथा औद्योगिक कुलीनहरूले जस्तो व्यवहार गरेका थिए, त्यस्तै प्रतिक्रिया भइरहेको छ। त्यतिबेला जर्मन बैंकर र मालिकहरू आफ्नो मुलुकमा उदाएको असभ्य नयाँ चान्सलरलाई नियन्त्रण गर्न सकिनेछ। हिटलरको अनौठो व्यवहार र उपस्थिति हुँदाहुँदै पनि उनीहरू विश्वस्त भए, कारण उनी साम्यवादविरुद्ध सबैभन्दा उत्तम रक्षाकवच बनेका थिए।

प्रजातन्त्र र स्वतन्त्रताको हार भइसकेको र लोकरिझ्याइँ र अधिनायकवादको जित भइसकेको भन्ने टिप्पणी अपरिपक्व छन्। अन्यथा नभएमा, स्वतन्त्रता र प्रजातन्त्रप्रतिको चाहना अझ बढ्नेछ। नकारात्मक भावनाले यसको कारणलाई अझै समाप्त पारेको छैन।

दुःखको कुरा, अहिलेका धेरै कुलीनले वास्तविक संसारका रुचि र मूल्यबाट पूर्णतः अलग्गिँदा पनि इतिहासबाट केही सिक्न, सोच्न र तदनुकूल व्यवहार गर्न सकेका छैनन्। व्यवसायका निम्ति ट्रम्प असल हुन्जेल उनी अमेरिकी मूल्य÷मान्यता र विश्वमा यसको छवि र स्वार्थविरुद्ध एक मात्र सबैभन्दा ठूलो चुनौती हुँदा पनि उनीहरूले वास्ता गरेका छैनन्। व्यापारका मामिलामा ट्रम्प चीनसँग अझै केही अगाडि जालान् र सही प्रश्न पनि गरिरहलान्। तर उनले निर्वाचन ‘रेस कार्ड’को बढ्ता प्रयोग गरिरहेका छन्, तर उनी आफैं रंगभेदी भने होइनन् अनि त्यस्तो अवस्थामा उनको सशक्त समर्थनका निम्ति सहयोग मागिरहेका छन् भने किन नदिने ?

यस्तो सोचाइ अत्यन्तै घातक हुन्छ। फ्रान्सेली–लेबनानी लेखक अमिन मालोफले भनेका छन्– ‘निराशा हात लाग्नुभन्दा अपेक्षामा गल्ती हुनु उचित हुन्छ।’ यसविपरीत प्रजातान्त्रिक कसेन्ड्र (दुर्भाग्य र विपत्तिको भविष्यवाणी गर्ने ग्रिक मिथकीय पात्र) हरूका निम्ति खराब अवश्यम्भावी छैन। अधिनायकवादी र लोकरिझ्याइँवालाहरूले अझै विजय ध्वजाका फहराइसकेका छैनन् र धेरै ठाउँमा प्रजातन्त्रवादीहरूले संघर्ष गरिरहेका छन्।

अथवा, यसलाई थोरै आशावादी भएर भन्दा प्रजातन्त्र र अधिनायकवाद दुवै उत्तिकै क्षयीकरणमा छन्। अहिलेका निम्ति कुन मोडल बालियो हुन्छ भन्ने कुरा अनिश्चित छ। तर प्रजातन्त्र समाप्त पार्नु कहिल्यै बुद्धिमानी निर्णय हुने छैन, यसको अन्त्य हुन्छ भन्नु झन् टाढाको कुरा हो। (लेखक फ्रान्सको प्यारिसस्थित इन्टिस्टच्युट मोन्टेनका विशेष सल्लाहकार हुन्।) कपिराइट ः प्रोजेक्ट सिन्डिकेट, २०१९

प्रकाशित: १३ भाद्र २०७६ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App