coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

‘कश्मीर’मा चीनको चासो

अगस्ट ५ तारिख भारतले संविधानको एउटा धारामा प्रतिबन्ध लगाउँदै भारत नियन्त्रित कश्मीर क्षेत्रको विशेष स्थानलाई रद्द गर्ने घोषणा गरेपछि त्यहाँ युद्धको त्रास बढेको छ।सात दशकदेखि अस्थिर कश्मीरमा भारतले लादेको तानाशाहले भारत, चीन र पाकिस्तान तीनै मुलुक एकैचोटि तरंगित हुन पुगेका छन्। कश्मीर आफ्नो भूमि भन्दै भारतले आन्तरिक मामिला भने पनि यो मुद्दामा पाकिस्तान र चीन पनि जोडिएका छन्। यही विषयमा भारत र पाकिस्तानबीच बारम्बार युद्ध भइरहेका छन् भने चीन र भारतबीचको सीमा विवादमध्ये एउटा क्षेत्र कश्मीरको लदाख (हाल भारतको केन्द्र शासित क्षेत्र) हो।

सन् १९४७ अगाडिसम्म विश्वकै सुन्दर, स्वतन्त्र हिमाली राज्य कश्मीर भारत र पाकिस्तानको विभाजनसँगै युद्ध भुमरीमा फसेको हो। यसपछि कश्मीरमा तीन चिरा भयो र ४५ प्रतिशत भूभाग भारतको नियन्त्रणमा गयो भने ३५ प्रतिशत पाकिस्तानको नियन्त्रणमा पुग्यो। बाँकी २० प्रतिशत भूभाग चिनियाँ क्षेत्रमा पर्छ। चीन–भारतसीमा विवाद कश्मीरमा मात्र छैन। अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर क्षेत्रफलचीनले आफ्नो दाबी गरिरहेको छ। यो भूमिलाई दक्षिणी तिब्बत भनिन्छ।

पाकिस्तानले संयुक्त राष्ट्र संघमा उठाएको कुरामा चीनले समर्थन गरेपछि कश्मीर मुद्दामा भारत एक्लिन पुग्यो। भारतको पुरानो मित्र रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले पनि भारतमाथि चिसो पानी खन्याइदिए।

सन् १९६२ देखि जम्मु–कश्मीरमा चीन र भारतबीच सीमा विवाद भइरहेको छ। चीन पाकिस्तान इकोनोमिक कोरिडर सिपेक जम्मु–कश्मीरको पश्चिमी भागस्थित काराकोरम हिमालय क्षेत्रबाट पार हुने गर्छ। यसैकारणभारतले सिपेकको विरोध गरिरहेको हो। त्रिपक्षीय विवादित भूमि कश्मीरलाई अहिले भारतले आफ्नो आन्तरिक मामिला भन्दै संविधानको ३७० धारा निलम्बन गरेपछि चीनले आपत्ति जनाएको हो। चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुब्राह्मन्यम जयशंकरबेइजिङ भ्रमणमा रहेका बेला चिनियाँ अडान र आपत्ति व्यक्त गरेका हुन्।

वाङले भारतीय समकक्षी जयशंकरसँगभारतले कश्मीरको स्थितिलाई झन् जटिल बनाएको भन्दै चीन त्यसको विपक्षमा उभिएको स्पष्ट जवाफ दिए। उनले कश्मीर समस्यालाई शान्तिपूर्ण समाधान गर्न पाकिस्तान र भारतको ध्यानाकर्षण पनि गराए। चीनको संकेत भारतले कश्मीर मामिलामा यथाशक्य पाकिस्तानसँग वार्ता गर्नुपर्छ भन्ने थियो। जयशंकरसँग वाङले भने, ‘चीनको सीमा मिचिएको लदाख क्षेत्र भारतले  केन्द्र शासित बनाएर चिनियाँ सार्वभौम अधिकार र हितमा चुनौती दिएको छ। यो कुरा चीनले कदापि स्वीकार गर्दैन।’ भारतले कश्मीर मामिलामा क्षेत्रीय शान्ति र स्थिरता भंग गरेको भन्दै वाङले चिन्ता प्रकट गरे। भेटपछि चिनियाँ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय शान्ति र स्थिरतामा नयाँ दिल्लीले रचनात्मक भूमिका निर्वाह गर्ने आशा उल्लेख छ।

चिनियाँ समकक्षी वाङसँग जयशंकरले कश्मीरभारतको भूभाग भएको तथा त्यो नितान्त आन्तरिक मामिला भएको बताउँदै भने, ‘भारतले अन्य मुलुकको आन्तरिक मामिलामा कहिल्यै टिप्पणी गर्दैन र अन्य मुलुकबाट पनि भारत त्यस्तै अपेक्षा गर्छ।’ नेपाल, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्सलगायतदक्षिण एसियाली मुलुकहरूको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप र टिप्पणी गरिरहने भारतको उक्त भनाइले उसको द्वेध चरित्र उदांगिएको छ।

जयशंकर सन् २००९ देखि २०१३ सम्म चीनका लागि भारतीय राजदूत थिए। त्यस अवधिमा वाङ यी चिनियाँ परराष्ट्र मन्त्रालयमा ताइवान मामिला हेर्थे। त्यतिबेला बारम्बार भेटघाट भई व्यक्तिगत सम्बन्ध पनि राम्रो बनाएका कारण मोदीले जयशंकरलाई बेइजिङ पठाएका थिए। गत वर्षचिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको उहान वार्ताको दोस्रो संस्करणका रूपमा वाराणसी वार्ताको तयारीसँगै कश्मीर मुद्दामा चीनलाई मत्थर बनाउन बेइजिङ आएका जयशंकरले चिनियाँ समकक्षीको कडा टिप्पणीपछि ‘पहिलो गाँसमै ढुुंगा’ अनुभूत गरे।

पछिल्लो समय चीन र भारतले सीमा समस्यामा थुप्रै सफलता प्राप्त गरेका छन्। नियमित सीमा वार्ता र संयुक्त सैन्य अभ्यासले दुई देशबीच देखिएको दोक्लमकोतिक्तता कम गर्न केही हदसम्म सफल भएको मानिन्छ। तर कश्मीर घटनाले चीनलाई झस्काइदिएको छ। १८औंदेखि २०औं शताब्दी मध्यसम्म विदेशी हस्तक्षेपको पराकाष्ठा भोगेको चीन आर्थिक तथा कूटनीतिक रूपमा बलियो भइसकेको वर्तमान परिप्रेक्ष्यमा आफ्नो सार्वभौम जोडिएको कुरामा कदापि सम्झौता नगर्ने अडानमा छ। दक्षिण चीनसागर, पूर्वी चीनसागर, ताइवानलगायत विषयमा चीनको कूटनीति स्पष्ट अडानसाथ उभिएको छ।

यतिबेला चीनको हङकङमा दंगा भड्किरहेको छ। अमेरिकाले ताइवानलाईहतियार बेच्ने निर्णय गरेसँगै चीन–अमेरिका व्यापार युद्ध शिथिल हुन सकेको छैन। यही मौकामा जम्मु–कश्मीरमा चीनले उति ध्यान नदिने सोचेर भारतले यो कदम चालेको हुन सक्छ। क्षेत्रीय एकतासँग चीनले भारतसँग ‘बार्गेनिङ’ गर्छभन्ने भारतीय सोचाइ ‘बुम¥याङ’ भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ताह्वा छनु यिङले भारतीय कदमअस्वीकार्य भनेर टिप्पणी गरिन्। उनले भनिन्,‘चीन सधैं भारतले मिचेको चिनियाँ भूभागको विपक्षमा छ। चीनको पश्चिमी क्षेत्रको भारतीय सीमामा रहेको चिनियाँ भूभाग भारतले मिचेको छ। भर्खरै भारतले चिनियाँ सार्वभौम भूमिबेवास्ता गर्दै एकपक्षीय रूपमा आफ्नै कानुन परिवर्तन गरेको छ। भारतको कदम अस्वीकार्यछ र यसको कुनै वैधानिक प्रभाव छैन।’ उनले पाकिस्तानको कदम वैधानिक अधिकार र पाकिस्तानी रुचि भन्दै चीनले समर्थन जनाएको पनि बताइन्।

जयशंकरभन्दा पहिले चीन आएका पाकिस्तानी विदेशमन्त्री शाह महमद कुरेसीसँगको भेटमा चिनियाँ परराष्ट्रमन्त्री वाङले कश्मीरमा चीनको पनि गहिरो सरोकार रहेको भन्दै यही कारण भारत–पाकिस्तानबीच आणविक युद्ध हुनसक्ने चिन्ता व्यक्त गरेका थिए। बेइजिङले पाकिस्तानलाई निरन्तर सहयोग गर्नेउनले दोहो¥याए। पाकिस्तानी विदेशमन्त्री कुरेसीले राष्ट्रसंघको सुरक्षा परिषद्मा कश्मीर मुद्दा प्रवेश गराउनबेइजिङको समर्थन खोजेका थिए। चीनले हरियो बत्ती बालेपछि पाकिस्तानले यो मुद्दा औपचारिक रूपमा राष्ट्रसंघमा प्रवेश गराएको छ।

पाकिस्तानी प्रयासमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा अगस्ट १६ तारिख कश्मीरबारे अनौपचारिक छलफलभयो। त्यस क्रममा संयुक्त राष्ट्र संघीय सचिवालयले कश्मीरको वर्तमान परिस्थिति र संयुक्त राष्ट्र संघीय भारत–पाकिस्तान सैनिक मामिला पर्यवेक्षक टोलीको प्रतिवेदन ग्रहण ग¥यो। सुरक्षा परिषद्ले छलफल सुरु गरेपछि भोलिपल्ट त्यसको स्वागत गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्विट गरे। सुरक्षा परिषद्ले यसअगाडि कश्मीरसम्बन्धी गरेका निर्णयको यसपटकको छलफलले पुनःपुष्टि गरेको भन्दै उनले प्रशंसा गरेका छन्।

उक्त छलफलपछि आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ च्युनले छलफलको अवस्था तथा कश्मीर क्षेत्रमा चिनियाँ अडानको व्याख्या गरे। उनले भने, ‘सुरक्षा परिषद्का सदस्यहरूले कश्मीर क्षेत्रको परिस्थितिप्रति कडा चिन्ताव्यक्त गरेका छन्। सम्बन्धित पक्षले संयमता राख्दै परिस्थिति अझ चर्किंदै गएकाले एकतर्फी कारबाही नचाल्ने आशा गरिएको छ।’ भारतले संविधान संशोधन गरेर क्षेत्रीय तनाव निम्त्याएको औंल्याउँदै कश्मीर क्षेत्रको परिस्थितिप्रति चीनले गम्भीर चिन्ता गरेको पनि उनले स्पष्ट पारे। भारतको यो कदमले चीनको सार्वभौमिक अधिकारलाई पनि चुनौती दिएको भन्दै दुई देश बीचको सीमा क्षेत्रमा शान्ति कायम गर्ने सम्झौता उल्लंघन भएको उनको दाबी छ।

पाकिस्तानले संयुक्त राष्ट्र संघमा उठाएको कुरामा चीनले समर्थन गरेपछि कश्मीर मुद्दामा भारत एक्लिन पुग्यो। भारतको पुरानो मित्र रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले पनि भारतमाथि चिसो पानी खन्याइदिए। उनले भने,‘कश्मीर भारतको आन्तरिक मामिला होइन। यो त भारत र पाकिस्तानले राजनीतिक र कूटनीतिक तरिकाबाट यसको समाधान गर्नुपर्ने विषय हो।

व्यापक दमन र सेनाका हतियारबीचपनि कश्मिरी नागरिकले भारतीय कदमको विरोध गरिरहेका छन्। युद्धै घोषणानभए पनि सीमा क्षेत्रमा भएका गोली हानाहानमा केही पाकिस्तानी र भारतीय सैनिकको मृत्यु भइसकेको छ। भारतले सदाबहार शत्रुका रूपमा हेर्ने गरेको पाकिस्तानी आवाजमा चिनियाँ आवाज मिसिएपछि भारतलाई कूटनीतिक क्षेत्रमा अप्ठेरो परेको छ।

आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा विदेशी विषेशज्ञका रुपमा कार्यरत छन्।

प्रकाशित: ५ भाद्र २०७६ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App