११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

युवा वैज्ञानिक अब यता

भैरव रिसाल

युवा वैज्ञानिक अब यता
वातावरण, विज्ञान र प्रविधिमा स्नातक गरिसकेका र अनुसन्धान गरिरहेका युवा वैज्ञानिकबीच आफूले गरेका खोज र त्यसउपर आआफ्ना दृष्टिकोण राख्न, आलोचना–प्रत्यालोचना गर्न र निष्कर्षमा पुग्न समय–समयमा अनुष्ठान आयोजना हुनुपर्छ। यस्तो अभियानमा विश्वविद्यालय तथा अनुसन्धानमूलक संस्थाहरू अघि सर्नुपर्छ। गएको चैत २२–२३ गते वातावरण र दिगो विकास विषयमा एउटा ‘ग्य्राजुएट कन्फरेन्स’ आयोजना गरिएको थियो। यो पाँचौँ सम्मेलन थियो। यस्तो सम्मेलन त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान विभाग, रिसोर्स हिमालय प्रतिष्ठान, नेपाल सामाजिक तथा वातावरणीय संस्थाहरू मिलेर काठमाडौँ विश्वविद्यालय(धुलिखेल)को सि.भि. रमन सभाकक्षमा गरेका थिए।

यस्तो प्रयत्नमा काठमाडौँ विश्वविद्यालयको वातावरणीय विज्ञान तथा व्यवस्थापन स्कुल भर्खरै मिसिएको छ भने पोखरा विश्वविद्यालय पनि हालैमात्र गाँसिएको छ। नेपाल सरकारको शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले उक्त अभियानको अभिभावकत्व स्वीकार गरी यसमा सामेल भएको छ। यसपालिको सम्मेलनको मूल मुद्दा ‘वातावरण र दिगो विकासका खाँटी कुरा व्यापक जनतामा पु¥याउन युवाहरू’ भन्ने थियो। मान्छेहरू चिन्तन पनि के–के गर्छन्, के–के ! विश्वमा यदाकदा विलक्षण व्यक्तित्ववाला जन्मन्छन्, जस्तैः न्युटन र आइन्सटाइन। पछि अर्का त्यस्तै वैज्ञानिक जन्मे, स्टिभन हकिन्स– ब्रम्हाण्ड, क्वान्टम थ्योरी (सापेक्षतावाद) अन्वेषक/अनुसन्धाता। हकिन्स जो शारीरिक रूपमा अपांग थिए तर चिन्तन एवं अन्वेषणमा सबलांग। उनी जहिले आफूलाई सृष्टिको रचनामा केन्द्रित गर्थे। जो बितिसके। उनको चिन्तन सय/दुई सय वर्षपछि मान्छेलाई कहाँ राख्ने भन्ने थियो। त्यसैले त भन्थे– ‘मान्छे बस्नयोग्य अर्को ग्रह पत्ता लगाउने चुनौती छ।’

आजका तपाइ वातावरण, विज्ञान र प्रविधिका स्नातक युवाले विभिन्न अनुसन्धान गरी नयाँ–नयाँ कुरा पत्ता लगाउनु जरुरी छ। अबको विज्ञानले जलाशयमा फल्ने धान, गहुँ, मकै, भटमास आदि खाद्यान्न पत्ता लगाउनुप-यो। भातको सट्टा माछाले छाक टार्ने बानी बसाल्नुप-यो।

झाडावान्ता लागे आर्यघाट
सम्मेलनमा सहभागी स्नातक युवाबीच यो अभियानमा बढीभन्दा बढी जनता कसरी सामेल गराउन सकिन्छ भन्ने सीप आदानप्रदान गर्नु पनि यसको उद्देश्य रहेछ। विज्ञान र प्रविधिका स्नातक युवा सहभागीहरूले आपसमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञसँग मुख्य–मुख्य मुद्दामा सहकार्य गर्ने अवसर उपलब्ध गराउनु पनि यसको ध्येय रहेछ। यस्तो गरिमामय अनुष्ठानको मुख्य वक्तामा म परेछु। म अंग्रेजी भाषामा आफ्ना कुरा राख्न नसक्ने। वातावरण सहज एवं अनुकूल बनाउन सुरुमै आफ्नो कमजोरी राखेँ र भनेँ– ‘म अंग्रेजी भाषा जान्दिनँ, तपाईंहरू नेपाली बुझ्नुहुन्छ÷बुझ्नुहुन्न ?’ प्रायः सबै युवा हासे। कसैले पनि नेपाली बुझ्दिनँ भनेनन्। मैले आफ्नो उमेर बताउँदै थपेँ– ‘म ९१ वर्षमा हिँड्दै छु।’ मेरो उमेरले पनि त्यो भेलामा अनुकूल वातावरण बनायो। बसेर बोल्न भनिएको थियो तर बसिनँ, उभिएरै आफ्ना कुरा राखेँ। मैले भनेँ– ‘मेरी आमालाई झाडावान्ता लागेछ, १९८९ सालमा। तर उहाँलाई भक्तपुर अस्पताल वा वीर अस्पताल नलगी आर्यघाट लगेछन्। आमा त्यहीँ बित्नुभएछ। त्यो युगमा, त्यो समाजमा जन्मिएको म कस्तो हुँला बुझ्नोस्।’
नभइ नहुने

मेरा यस्ता मसिना कुराले नयाँ पुस्तालाई छोएछ। त्यसैले केही युवा सभाकक्ष बाहिर बसेका आफ्ना साथीहरूलाई बोलाएर भित्र ल्याए। सभास्थल झन्डै–झन्डै भरियो। कसैले पनि कानेखुसी गरेनन्। मेरो हौसला बढायो, त्यो उपस्थितिले। आफ्नो प्रस्तुतिलाई चार भागमा बाँडेँ– अस्ति, हिजो, आज र भोलिमा। त्यो अनुष्ठानलाई तताउँदै गएँ।

मान्छे भएपछि नभइ नहुने गाँस (खाना), बास  (घर) र कपास (लुगा)– यी प्रारम्भिक खाँचा हुन्। लुगा सजिलो, सुकिलो र ऋतुअनुसार हुँदा राम्रो। गाँस स्वस्थ, पाच्य र पथ्य हुनुपर्ने। ओत (घर) सामान्य भए पनि, सुविधासम्पन्न वातानुकूलित नभए पनि वातावरणमैत्री हुनुपर्ने रहेछ। त्यसपछि स्वास्थ्य, शिक्षा, रोजगारी चाहिने। जीवन, जगत्, जीविका र उपार्जनबीच सन्तुलन र समन्वय हुनसके उत्तम। मान्छेले आगो पत्ता नलगाउन्जेल एउटा युग थियो– ढुंगा नै सबथोक थियो। धातु पगाल्न जानेपछि अर्को युग आयो। पानी उम्लेर आउने वाफ–वाष्पशक्ति पत्ता लगाएपछि अर्को युग आउँदै गयो। यो मानव विकास र सभ्यतामा अस्ति थियो। डुंगा आविष्कार ग-यो मान्छेले, अमेरिका, भारतीय द्विप पत्ता लगायो मान्छेले नै। मानव विकास र सभ्यता विकासमा यो अर्को नयाँ खुड्किलो थियो।

आजको विज्ञान र प्रविधिले स्वाद प्रत्यारोपण (टेस्ट ट्रान्सप्लान्ट) गर्ने विधि पत्ता लगाउनुप-यो। आफूलाई मनपर्ने स्वाद अर्को वस्तुमा प्रत्यारोपण गर्ने प्रविधि पत्ता लगाउन सके, खाद्यसम्बन्धी मौलिक अधिकार सबैलाई प्राप्त हुनेछ। यस्ता कुरा कसरी सम्भव होला र जस्तो पनि लाग्छ। अनुसन्धानमा लामो समय लाग्न सक्छ। दुई/तीन पुस्ता पनि लाग्न सक्छ। तसर्थ बडो धैर्य र संयमपूर्वक आजका तपाईं युवा वैज्ञानिकहरू यस दिशातिर लाग्नु जरुरी छ।

डुंगादेखि आकाश युगसम्म
अब अर्को युग आयो हिजो जहाँ अमेरिकाका राष्ट्रपतिमा जर्ज वासिङ्टन निर्वाचित भए। फ्रेन्च रेभुलुसन भो, इन्डस्ट्रियल रेभुलुसन भो। यी अरू युगान्तकारी र नवयुगारम्भका घटना भए। यी घटनाले अर्को युग ल्याए। एउटा नयाँ स्थिति सिर्जना हँुदैगो। अनुसन्धान प्रयोगकै अभियानमा मान्छेले धेरै सहयोगी र उपयोगी कुरा पत्ता लगाउँदै गयो एकातिर भने अर्कातिर, पहिलो र दोस्रो विश्वयुद्ध मान्छेले नै ग-यो/गरायो। परमाणु विध्वंसक बम बनाएन मात्रै प्रहारै ग¥यो र नागासाकी हिरोसिमामा प्रलय नै गरायो। यो हिजो थियो।

अब आजका मान्छे अति प्रयोग र अति उपभोेगतिर लागेका छन्। सुविधा र सुखका लागि भुइँमुनिबाट कोइला अनि तेल झिकेर वातावरण विषाक्त बनाउँदै छन्। विषाक्त प्रशोधन गरेर उपयुक्त वातावरण बनाउन अक्सिजनजस्ता अमृतमय तत्व उत्सर्जन गर्ने भुइँमाथि रूख, वन र वनस्पति मासेर यो सुन्दर पृथ्वी ग्रहलाई मान्छे बस्न अयोग्य बनाउँदै छ, आज मान्छे नै। अस्ति संसार थियो, विश्व थिएन। हिजो विश्व भयो। आजको विश्वलाई विश्वबन्धुत्व चाहिएको छ। आज मान्छे डुंगाबाट आकाश युगमा पुगेको छ। परिणाममा आजको विश्व उष्णीकरण र अति शीतकरण युगतिर उन्मुख छ। कृत्रिम बौद्धिकता प्रयोग भइरहेको छ। मेरो विश्वलेषण यस्तो छ। आज अति उपभोगको व्यवहार यसरी बढिरहेको छ। आजको विश्वका सवा ७ अर्ब मान्छे सबैले ट्वाइलेट पेपर प्रयोग गरे भने त्यो पेपरको कच्चा पदार्थका लागि मात्र पनि आजको हाम्रो पृथ्वीजत्रा सातवटा ग्रह चाहिन्छन् रे ! अहिले हामी नेपालीको जीवन पनि बिजुलीमय भइरहेको छ। हामीकहाँ जलाशययुक्त विद्युत्का योजना हँुदै छन्। धान फल्ने पहाडका खेत जलाशय हुँदै छन्।

अर्काे युगका लागि
आजका तपाइ वातावरण, विज्ञान र प्रविधिका स्नातक युवाहरूले यी कुरामा अनुसन्धान गरी नयाँ कुरा पत्ता लगाउनु जरुरी भएको छ। अबको विज्ञानले जलाशयमा फल्ने धान, गहुँ, मकै, भटमास आदि खाद्यान्न पत्ता लगाउनुप-यो। भातको सट्टा माछाले छाक टार्ने बानी बसाल्नुप-यो। बगेको पानीमा करेन्ट–शक्ति हुन्छ, बाँध र नहर नबनाइकनै पानीबाट करेन्ट मात्र टिप्ने प्रविधि पत्ता लगाउनुप-यो। जसरी चुम्बकले फलाम मात्र टिप्छ। त्यसैगरी बगेको पानीबाट करेन्ट मात्र झिकेर विद्युत् शक्ति प्रयोग गर्ने। त्यस्तै पानीको झरनाबाट पनि करेन्ट मात्र झिक्ने। त्यस्तो प्रविधि आजको आवश्यकता हो।

साथसाथै आजका युवा वैज्ञानिकहरूको ध्यान यसतर्फ जानुपर्छ। मेरो विचारमा आजको विज्ञान र प्रविधिले स्वाद प्रत्यारोपण (टेस्ट ट्रान्सप्लान्ट) गर्ने विधि पत्ता लगाउनुप¥यो। आफूलाई मनपर्ने स्वाद अर्को वस्तुमा प्रत्यारोपण गर्ने प्रविधि पत्ता लगाउन सके, खाद्यसम्बन्धी मौलिक अधिकार सबैका लागि प्राप्त हुनेछ भन्नेजस्ता कुरा राखेँ। कुरा गम्भीरतापूर्वक सुने, युवा वैज्ञानिकहरूले। यस्ता कुरा कसरी सम्भव होला र जस्तो पनि लाग्छ। अनुसन्धानमा लामो समय लाग्न सक्छ। दुई÷तीन पुस्ता पनि लाग्न सक्छ। तसर्थ बडो धैर्य र संयमपूर्वक आजका तपाईं युवा वैज्ञानिकहरू यस दिशातिर लाग्नु जरुरी छ। गम्भीर भई सोच्नुहोस् भनी आफ्नो भनाइ टुंग्याएँ।

प्रकाशित: ९ असार २०७६ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App