विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार ज्येष्ठ नागरिक (६० वर्षमाथिको उमेर) माथिहुने दुव्र्यवहार भन्नाले ‘आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम, कामको सिलसिला वा कामको अभाव, जसका कारणले ज्येष्ठ नागरिकलाई शारीरिक वा मनोवैज्ञानिक क्षति पुग्छ’लाई जनाउँछ। ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार पारिवारिक हिंसाचव्रmको एक हिस्सा पनि हुन सक्छ। सारांशमा ६० वर्ष माथिका व्यक्तिहरूका लागि उनीहरूको जीवनस्तरअनुरूप अमिल्दो व्यवहार वा बूढापाकाको आदर गर्ने सामान्य सिद्घान्तको विपरीत हुने व्यवहार नै ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार हो।
विश्वमा ज्येष्ठ नागरिकहरूको संख्या बढ्दै जाँदा दुव्र्यवहारबाट पीडित हुनेको संख्या पनि बढ्दै गइरहेको छ। यो अवस्थालाई मनन गरी सन् २००६ देखि हरेक वर्ष जुन १५ मा‘ज्येष्ठ नागरिकहरूमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवस’ मनाउन सुरु गरिएको छ। त्यसको विश्वव्यापी महत्वलाई मनन गरी संयुक्त राष्ट्रसंघले पनि सन् २०१२ देखि यो दिवसलाई मान्यता दिएको हो। त्यसैले संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूले जुन १५ लाई ‘ज्येष्ठ नागरिकहरूमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवस’कारूपमामनाउँदै आइरहेका छन्। अन्य मुलुकहरूमा जस्तै नेपालमा पनि यो दिवसविभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ।
सामान्यतः ज्येष्ठ नागरिकमाथि गरिने दुव्र्यवहार निम्नलिखित प्रकारका हुन्छन् :
१) आर्थिक दुव्र्यवहार : आय आर्जन वा धन सम्पत्तिको विषयलाई लिएर ज्येष्ठ नागरिकमाथि गरिने नराम्रा व्यवहारहरूलाई आर्थिक दुव्र्यवहार भनिन्छ। बलपूर्वक उनीहरूको सम्पत्तिआफ्नो नाममा पार्नु, उनीहरूको नाममा भएको सम्पत्ति बेचबिखन वा खरिद गर्न नदिनु,साथै उनीहरूले राखेको ठाउँबाट पैसा चोरी हुनु आदि जस्ता घटना यस दुव्र्यवहारभित्र पर्छन्।
२) शारीरिक दुव्र्यवहार : कुनैपनि विषयलाई लिएर ज्येष्ठ नागरिकहरूमाथि कुटपिट गर्ने अथवा शरीरलाई असर गर्ने खालका दुव्र्यवहार यस समूहमा पर्छन्। यो दुव्र्यवहारको सिकार भएका ज्येष्ठ नागरिकहरूको शरीरमा घाउ,चोट,सुजन,दाग आदि देखिन्छ।
३) हेँलाहोचो : ज्येष्ठ नागरिकहरूको गाँस, बास र कपासको साथै अन्य आवश्यकताहरूपूरा नगरिदिने खालको व्यवहार यस समूहभित्र पर्छ। हेलामा परेका ज्येष्ठ नागरिकहरूमा डराइरहने, एकोहोरो हुने, झस्कने खालका व्यवहार देखा पर्छन्।
४) भावनात्मक वा मानसिक दुव्र्यवहार : यस किसिमको दुव्र्यवहारभित्र गालीगलौज, अपमानजनक शब्दको प्रयोग, आँखातर्ने आदिजस्ता व्यवहारहरूपर्छन्। यो दुव्र्यवहारको सिकार भएका ज्येष्ठ नागरिकहरूमा टोलाउने, झोक्राउने,सही निर्णय लिन नसक्ने जस्ता मनोवैज्ञानिक समस्या देखिन्छन्।
५) यौन दुव्र्यवहार : ज्येष्ठ नागरिकहरूको इच्छा विपरीत जबर्जस्ती उनीहरूलाई यौन सम्बन्धित कार्यमा लगाउनुलाई यौन दुव्र्यवहार भनिन्छ। यस्तो खालको दुव्र्यवहार भएका ज्येष्ठ नागरिकहरूमा बारम्बार पेट दुख्ने, विनाकारण गुप्ताङ्गबाट रक्तश्राव हुने अथवा गुद्द्वारमा पीडाको गुनासो गर्ने आदि समस्याहरू देखिन्छन्।
६) आत्म अवहेलनाः माथि उल्लेख गरिएका दुव्र्यवहारभन्दा यस प्रकारको दुव्र्यवहार अलिक फरक खालको हुन्छ। यस किसिमको दुव्र्यवहारमा पीडक र पीडित एउटै व्यक्ति रहन्छ । अर्थात् आफूले आफैँलाई पीडा दिने कामहरू जस्तैः समयमा खाना नखाइदिने, पर्याप्त पानी नपिइदिने, औषधि खान छोडिदिनेजस्ता कामहरू यस दुव्र्यवहारभित्र पर्छन्।
नेपाली समाजमा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारका घटनाहरू एकदमै कम मात्र बाहिर आउँछन्। पारिवारिक इज्जतको डर, उजुरी गर्ने उपयुक्त निकायको अभाव र आफ्नो हक–अधिकारबारे अज्ञानताको कारणले गर्दा आफू दुव्र्यवहारमा परेको घटना बाहिर ल्याउन र स्वीकार्न ज्येष्ठ नागरिकहरू हिचकिचाउने गर्छन्।
नेपालमा ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहारसँग सम्बन्धित तथ्याङ्कको कमीलाई पूर्ति गर्ने उद्देश्यले गठन भएको एजिङ नेपालमा प्राप्त विगत ६वर्षयताकादुव्र्यवहारका तथ्याङ्क यसप्रकारछन्ः
आर्थिक दुव्र्यवहार र यसबाट मृत्यु भएका ज्येष्ठ नागरिकको संख्या (२०६९–२०७४) धेरै छ। विभिन्न नेपाली राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचार र पुलिस रिपोर्टका आधारमा एजिङ नेपालले संकलन गरेको तथ्याङ्कअनुसार पछिल्लो ६ वर्षयताको आर्थिक दुव्र्यवहारका कारण ४४ जना पुरुष र ४७ जना महिला गरी कुल ९१ जना ज्येष्ठ नागरिक आर्थिक दुव्र्यवहारबाट पीडित भएका थिए भने १ जना पुरुष ज्येष्ठ नागरिकको आर्थिक दुव्र्यवहारका कारण मृत्यु पनि भएको थियो।
यसरी नै शारीरिक दुव्र्यवहार र त्यसबाट मृत्यु भएका ज्येष्ठ नागरिकको संख्या (२०६९–२०७४)विगत ६ वर्षमा २२२ पुरुष र १८८ जना महिला गरी जम्मा ४१० जना छ । यसरी शारीरिक दुव्र्यवहारमा पर्ने ४१० जना ज्येष्ठ नागरिकमध्ये १४८ पुरुष, ९५ महिला गरी जम्मा २४३ जना ज्येष्ठ नागरिकहरूको मृत्यु भएको थियो।
यसरी नै हेँला र यसबाट मृत्यु भएका (बेवारिसे लास भेटिएको) ज्येष्ठ नागरिकको संख्या (२०६९–२०७४) पनि कम छैन। हेँलाको कारणले गर्दा सडक अथवा घरमै पनिबेवारिसे अवस्थामा मृत भेट्टिएका ज्येष्ठ नागरिकको संख्यामध्ये ४२३ पुरुष र १३२ महिलागरी जम्मा ५५५ जना छ। भावनात्मक वा मानसिक दुव्र्यवहारको सिकार भएका ज्येष्ठ नागरिको संख्या (२०६९–२०७४) २ जना पुरुष र ४ जना महिला गरी जम्मा ६ छ। यस दुव्र्यवहारको कारणबाट कुनै पनि ज्येष्ठ नागरिकको मृत्यु भने भएको तथ्यांक छैन ।यौन दुव्र्यवहारको सिकार भएका ज्येष्ठ नागरिकको संख्या (२०६९–२०७४) विगत ६ वर्षमा ६ छ। यी सबै महिला हुन्। यौन दुव्र्यवहारका कारण मृत्यु भएका ज्येष्ठ नागरिकबारे कुनैपनि समाचार बाहिर आएन।
प्रस्तुत तथ्याङ्क नेपाली समाजमा घट्ने दुव्र्यवहारको वास्तविक तथ्याङ्क हो भनेर यकिन गर्न गाह्रो छ। किनभने, ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारसम्बन्धी विश्वको तथ्याङ्क हेर्ने हो भने प्रत्येक २४ घटनामा १ घटना मात्र बाहिर आउँछ। यदि विश्वको तथ्याङ्लाई आधार मानेर हेर्ने हो भने माथिका सबै तथ्याङ्कहरूलाई २४ ले गुणन गरेर हेर्नुपर्ने हुन्छ।
ज्येष्ठ नागरिकहरूमाथि हुने दुव्र्यवहार रोक्नुहामी सबैको कर्तव्य हो। यसका लागि सरकारी तहदेखि व्यक्तिगत तहसम्मका नीति–नियम निर्माण साथै शिक्षा र तालिमको आवश्यकता पर्छ ।यदि कहीँकतै दुव्र्यवहार भएमा त्यस्ता घटनाहरूलाई बाहिर ल्याउनु पर्छ ताकि दोषीले सजाय र पीडितले न्याय पाउन सकून् ।त्यसैले आउनुहोस् ज्येष्ठ नागरिकहरूमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवसमा सहभागी हुँदै ज्येष्ठ नागरिकहरूमाथि हुने दुव्र्यवहार हटाउन आ–आफ्नो क्षेत्रबाट लागिपराैं।
प्रकाशित: १ असार २०७५ ०३:११ शुक्रबार