२१ पुस २०८१ आइतबार
image/svg+xml
विचार

जल, जमिन र जंगल

जीवन र प्रकृतिको अद्भुत मेल हुन्छ। जल, माटो र हरियो वातावरणसँग परस्पर स्नेह हुन्छ। म एउटा गान्धीवादी कार्यकर्ता हुँ। त्यसैले मेरा लागि यो स्कुल पनि गान्धी नै हो। गान्धी जुन आधारभूत सिपको कुरा गर्नुहुन्थ्यो, जुन सर्वाेदयको कुरा गर्नुहुन्थ्यो, त्यसमा कतै पनि केन्द्रीकृत व्यवस्था थिएन। विकेन्द्रीकरण र ट्रष्टसिपबिना गान्धीवादी मूल्यलाई राम्ररी बुझ्न कठिन छ। यो मूल्य प्रकृति र पर्यावरणसँग जोडेर जुन चिन्ता छ, त्यसकारण पनि जरुरी छ।

गान्धीजीको पूरै लेखनमा पर्यावरण शब्दको कतै पनि उल्लेख छैन। यो कति अनौठो कुरा छ कि स्वच्छतादेखि ‘दावोस समिट’सम्म महात्मा गान्धीको कुरा गरिन्छ, प्रकृति, ग्राम्य जीवन, कृषिको कुरा गरिन्छ।

वास्तवमा पर्यावरणका लागि जुन नयाँ चिन्ता छ, त्यो नै स्वयंमा विरोधाभासी छ। गान्धी चर्खादेखि स्वराजसम्म र जीवनदेखि प्रकृतिसम्म एउटै कुरा गर्नुहुन्छ। उहाँले हामीलाई सिकाउनु हुन्छ, भोगवादी शैलीको विकास र उन्नतिको लालच, प्रकृतिसँगै मानव जीवनलाई पनि बर्बाद गरिदिनेछ। संयमित र अहिंसक जीवनशैलीको ताकेता मात्र पर्यावरणसँग जोडिएको सवालको जवाफ हो। पर्यावरणविद् अनुपम मिश्रको पुस्तक आज भी खरे हैं तालाब मा यो कुरा उल्लेख छ।

हामी यो सोच्न बाध्य हुनुपर्छ कि समाजमा पारस्परिक जीवन छ। कृषि, पशुपालनबाट जोडिएको हाम्रो संस्कार छ। हामी त्यसलाई विकासको तराजुमा कसरी नाप्ने ? इनार र पोखरी बनाएर पुण्य कमाउने सोच अब विलुप्त भइसकेको छ। यसविपरीत टावर, अपार्टमेन्ट, एक्सप्रेस हाइवेलाई विकासका प्रतीक बनायौं। प्रकृतिसँग जुन तरिकाको व्यवहार २०औं शताब्दीको उत्तरार्धदेखि वर्तमानसम्म जारी छ, त्यसमा हामी आफ्नो सम्पूर्ण विनाश र बर्बादीबाट मात्र केही पाइला टाढा छौं।

तपाईंहरूलाई कसैले पनि यो सवाल सोध्न सक्छ कि आखिर के गर्ने ? के विकासको मार्ग छोडिदिने ? कि यो सम्भव छ कि हामी अब इतिहासमा हजार पाँच सय वर्षपछाडि फर्किने ? घडीको सुई टिकटिक गर्दै अगाडि बढ्दै गइरहेको छ। सत्य हो, अब हामी न त पाइला पछाडि सार्न सक्छौं, न त भविष्यको चिन्ता छाडेर कतै अतीतको काखमा बस्न सक्छौं। तर, यसको यो मतलब बिल्कुलै होइन कि प्रगतिको नाममा पुराना सबक बिर्सिने ?

जीवनरूपी विकासको कला हाम्रो समाजले हजारौं वर्षको चिन्तनपछि सिकेको छ। पहिला हिन्दु धर्ममा धेरै कमीकमजोरी थिए। जसलाई हाम्रा सन्तमहन्त, ज्ञानीहरूले आस्थाले जोडिएर समस्त आयामका लागि स्वस्थ्य विकसित परम्परा कायम गर्नुभयो। स्कुलको शिक्षा, क्याम्पस, विश्वविद्यालयमा काम लाग्दैन। हामी अक्षर सिक्छौं, भाषा सिक्छौं। कुरा प्रकृति र पर्यावरणको गरौं त, हामीलाई जीवन र संस्कारका लागि स्कुले शिक्षातर्फ उन्मुख हुनुपर्छ। यसको ज्ञान पुर्खाहरूले अनेक पिँढीसम्म सिकाएका छन्। जीवन र प्रकृतिको मेल, जल, माटो र हरियालीसँग परस्पर प्रेम, यिनीहरूबीच सहज सम्बन्ध वर्तमान युगको आवश्यकता हो।

स्थान र परिस्थितिका हिसाबले प्रकृतिसँग हाम्रो सम्बन्ध होस्। जल, जंगल र जमिनको सुरक्षा हाम्रो स्कुले शिक्षाको प्रमुख सोपान हुनुपर्छ। प्रकृतिले जल, जंगल र जमिनका रूपमा हामीलाई सुखद जीवन यापन गर्न एउटा अवसर दिइरहेको छ। जसअन्तर्गत हामीले सफा पानी, स्वच्छ हावा र हरित वातावरणको सिर्जना गर्नुपर्छ।

हामी उच्च दिमागवाला प्राणी हौं। विडम्बना, हामीले यसको दुरूपयोग गर्‍यौं। कलकारखानाको फोहोर पानी, कृषिमा मलको अत्यधिक प्रयोगले हामी स्वच्छ हावापानीबाट वञ्चित भयौं। ध्वनि, धुवाँ प्रदूषणले स्वच्छ हावाको सिर्जना गर्‍यौं। पर्यावरणविद्, वैज्ञानिक, भूगर्भवेत्ताहरूले सरकार र आमजनतालाई यसको गम्भीर दुष्परिणाम हुनेछ भनी बारम्बार चेतावनी दिइरहेको छ। तर, हामी आफ्नो दुनियाँमा निश्चिन्त छौं।

विकास जरुरी छ तर विनाशको स्थितिमा विकास घातक हुन्छ। रातारात कुनै चमत्कार सम्भव छैन। परन्तु, युवा जनशक्तिलाई प्रेरित गरेर हिमाल, पहाड, तराईका बासिन्दा जल, जंगल र जमिनबाट नै स्वरोजगारको दिशामा कार्य गर्‍यौं भने वास्तवमा युवाहरूलाई आजीविकाको साधन बन्न सक्छ। हिमाली पारिस्थितिकीलाई पनि नवजीवन मिल्नेछ।

अब हामीले सचेत हुने बेला आइसकेको छ। अब अन्य कुनै पनि कथ्यमा नआएर पारम्परिक जीवन पद्धति र संस्कारलाई समृद्ध बनाउनुपर्छ, जसमा माटो, गोबर, पाथर, पानी, रुख सबै पूज्य बन्छन्। प्रकृतिलाई आदरसाथ पुज्ने हाम्रो सभ्यता हो। यदि उही प्रकृति नै विनाश गर्‍यौं भने नोक्सानी स्वतः हुन्छ। परिवर्तनको प्रक्रिया र सुधारको सुरुवात हामी स्वयंबाट गर्न सक्नुपर्छ।  

प्रकाशित: १९ पुस २०८१ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App