१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

प्रेमको स्नायु विज्ञान

प्रेम के हो ? मनोवैज्ञानिक दृष्टिमा प्रेम मनमस्तिष्कमा पैदा हुने एक धनात्मक भावना (पोजेटिभ फिलिङ) हो। यो भावना बाल्यकालदेखि नै विकसित हुन्छ। सामान्यतया जब कुनै व्यक्ति अन्य व्यक्ति, पशुपक्षी, स्थान तथा पदार्थ आदिप्रति आकर्षित हुन्छ। 

त्यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लभ वा अफेक्सन) को संज्ञा  दिइन्छ   तर  प्रेमको  अर्थ व्यापक र विस्तृत छ।

स्नायु विज्ञानको दृष्टिमा भने प्रेम एक जटिल न्युरोबायोलोजिकल घटना हो जुन मस्तिष्कमा, खासगरी लिम्बिक प्रणालीमा पैदा हुने आस्था, विश्वास, आनन्द तथा रिवार्ड जस्ता भावानात्मक गतिविधिहरूमा निर्भर रहन्छ। छोटो शब्दमा भन्ने हो भने प्रेम मस्तिष्कको एक लिम्बिक प्रक्रिया हो।

यस प्रक्रियामा अक्सिटोसिन, भ्यासोप्रेसिन, डोपामाइन तथा सेरोटोनिन जस्ता स्नायु रसायनहरू सक्रियरूपमा सामेल हुन्छन्। जानकारी रहोस्, यहाँ चर्चा गर्न खोजिएको प्रेम पनि प्रेमी÷प्रेमिकाबीचको प्रेमको स्नायु मनोवैज्ञानिक दृष्टिकोण हो।  

स्नायु मनोविज्ञानका अनुसार प्रेम भावनाले व्यक्तिको मनमस्तिष्कमा मात्र होइन कि व्यक्तिको सम्पूर्ण शरीर तथा व्यवहारमा समेत परिवर्तन ल्याउँछ। प्रेमको हरेक चरण फरक फरक स्नायु रसायनहरूको उत्सर्जनद्वारा सञ्चालित हुन्छ। प्रत्येक चरणमा निस्कने स्नायु रसायनहरूको ककटेलले व्यक्तिको सोच्ने र व्यवहार गर्ने तरिकालाई प्रभाव पार्न सक्छ जसले मानिसको जीवनलाई स्वस्थ, सकारात्मक तथा रंगीन बनाउन सहयोग गर्छ।

वास्तवमा प्रेम जीवनको प्रेरक शक्ति हो, मस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो। जब मानिस प्रेममय हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुन पुग्छ। प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ। त्यसैले नै बेन्जामिन डिजरायलीले भनेका छन्– हामी सबै प्रेम गर्नका लागि उत्पत्ति भएका हौँ। यो नै अस्तित्वको सिद्धान्त हो। र, एक मात्र अन्त। प्रसिद्ध वैज्ञानिक डा. हेलेन फिसरका अनुसार स्नायु विज्ञानका दृष्टिमा प्रेमका तीन चरण हुन्छन्। ती हुन्, बासना (लस्ट), आकर्षण (एट्राक्सन) तथा आशक्ति (अट्याचमेन्ट)।

प्रेममा पर्नुको पहिलो चरण वासना वा इच्छाको चरण हो। वासना यौन सन्तुष्टिको लालसा हो, जुन विपरीत लिंगीसँग मिलनका लागि उत्प्रेरित गर्न व्यक्तिमा विकसित भएको भावना हो। प्रेमको यस चरणमा थैलामसले पुरुषको शरीरमा टेस्टोस्टेरोन तथा महिलाको शरीरमा एस्ट्रोजिन निष्कासन गर्छ। वास्तवमा भन्ने हो भने पुरुषमा टेस्टोस्टेरोन हार्मोनले तथा महिलामा एस्ट्रोजिन हार्मोनले नै लस्ट पैदा गराउँछ।

जब यी हर्मोनहरू शरीरमा उपयुक्त मात्रामा निस्काशन हुन्छन्, प्रजनन प्रणाली नियमित हुन्छ, शरीरमा ऊर्जा स्तर तथा सेक्स ड्राइभ बढ्छ। यस चरणमा फेरोमोन्स जस्ता गन्धबिहीन रसायनहरू पनि शरीरमा निस्काशन हुने गर्छन्, जसले वासना चरणमा महŒवपूर्ण भूमिका खेल्छन्। फेरोमोन्सले व्यक्तिमा प्रारम्भिक इच्छा पैदा गर्न मद्दत गर्छ।

लस्ट मानिसमा मात्र होइन, हरेक प्राणीमा देखा पर्छ, यही लस्टका कारण उनीहरू यौन साथीको खोजीमा हुन्छन्। लस्टको चरणमा एडे«नालाइन तथा नोरएपिनेफ्रिन जस्ता हार्मोन्स शरीरमा फैलिन्छन्, तीव्रताका साथ। एडे«नालाइन तथा नोरएपिनेफ्रिनले मुटुको चाल बढाउँछ, पसिना निकाल्छ भने मस्तिष्क रसायन डोपामाइनले उमंग (युफेरिया) को अनुभव गराउँछ। यस चरणमा व्यक्तिको प्राथमिक उद्देश्य भावनात्मक सम्बन्ध बनाउनुको सट्टा सेक्स गर्नु हुन्छ।

हो, सेक्स प्राकृतिक कुरा हो। हरेक सामान्य मानिसमा यसको चाहना हुने गर्छ। अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञहरू यस कुरामा सहमत छन् कि मानिसमा सेक्स भावना जन्मदेखि नै एक ऊर्जाका रूपमा मौजुद हुन्छ। यस्तो सेक्स ऊर्जा युवाकालमा निकै बलवती हुने गर्छ। विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणअनुसार युवाहरूमा सेक्ससम्बन्धी आकर्षण निकै तीव्र हुन्छ।  

सेक्स भावना आफैँमा खराब होइन, निर्मल प्रेमपूर्ण अंगालोको यौन क्रिडाले मानिसलाई परम आनन्दित बनाउँछ। स्त्री–पुरुष, दुवैलाई स्वर्गीय सुख दिलाउँछ। सम्यक सेक्सले शरीरलाई स्वस्थ र ऊर्जाशील बनाउने काम पनि गर्छ। वास्तवमा उध्र्वगामी अर्थात् धनात्मक दिशाको यौन एक ऊर्जा हो, असीमित शक्ति हो। त्यसैले भन्न सकिन्छ– उध्र्वगामी प्रेम र यौन भावनाले नै मानिसलाई शान्ति दिन्छ, शक्ति दिन्छ, मनमस्तिष्कलाई अपार ऊर्जा दिन्छ। र, नै मानिस महान् बन्छ।

–लेखक साइकोथेरापिस्ट हुन्।

प्रकाशित: २ फाल्गुन २०८० ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App