१६ चैत्र २०८० शुक्रबार
विचार

घरेलु मदिरा नियन्त्रणका लागि ‘अप्रेशन क्लिन’

सुर्खेत– प्रहरीले घरेलु मदिरा नियन्त्रणका लागि सुर्खेत प्रहरीले ‘अप्रेशन क्लिन’ अभियानको सुरुवात गरेको छ । घरेलु मदिराका कारण महिलामाथि हुने हिंसा र अन्य अपराध बढेको भन्दै यसको नियन्त्रणका लागि ‘अप्रेशन क्लिन’ अभियानको सुरुवात गरिएको प्रहरीले जनाएको छ ।

बुधबारबाट सुरु भएको अभियानको पहिलो दिन वीरेन्द्रनगरबाट पाँच सय लिटर भन्दाबढी तयारी घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । ‘अपराधमुक्त समाज बनाउने अभियान अन्र्तगत यो अभियानको सुरुवात गरिएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले भने, ‘यो अभियानलाई जिल्लाभर सञ्चालन गछौं ।’

प्रहरीले बुधबार इत्राम, नेवारे, बाङ्गेसिमललगायतका क्षेत्रमा अभियान सञ्चालन गरेको थियो । ‘पहिलो दिन पाँच सय भन्दाबढी तयारी घरेलु मदिरा बरामद गर्न हामी सफल भयौं,’ एसपी चर्तुवेदीले भने, ‘यसलाई अभियानकै रुपमा सबै प्रहरी युनिटमार्फत जिल्लाभर पु¥याउँछौं ।’

उनले घरेलु मदिराकै कारण विभिन्न हिंसाका घटना बढेकाले नियन्त्रणका लागि अभियानको सुरुवात गरिएको बताए । ‘महिलामाथि हुने हिंसा, चोरी, सामाजिक अपराधका पछाडि घरेलु मदिरा देखियो,’ उनले भने, ‘त्यसैले यसलाई नियन्त्रण गर्नका लागि अभियानको सुरुवात गरेका हौं ।’

प्रहरीले अभियानको पहिलो दिन होटल तथा कटेजहरुमा चेकजाँच गरेको थियो । प्रहरीका अनुसार उपत्यकाभित्रका होटल, कटेजका साथै मदिरा उत्पादन हुने क्षेत्रहरुमा पनि दैनिक शर्च अभियान सञ्चालन गर्ने, उत्पादित र तयारी मदिरा नियन्त्रण गर्ने जनाएको छ । ‘पहिलो चरणमा भएकाले उत्पादक तथा विक्रेताहरुलाई पक्राउ गरेका छैनौं,’ उनले भने, ‘दोस्रो पटक मदिरा उत्पादन तथा विक्री गरेको पाइए पक्राउ गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउँछौं ।’

 

प्रकाशित: २० पुस २०७४ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App