४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

आत्महत्यामा सामाजिक संरचनाको प्रभाव

नेपाली समाजमा दिन/प्रतिदिन आत्माहत्या बढ्दै गएको छ । यो अहिलेको जल्दोबल्दो समस्या हो । यसको दर बढेको बढ्यै छ तर राज्यको निकायले यो क्षेत्रलाई कसरी निराकरण गर्न सकिन्छ भनेर त्यति ध्यान दिएको पाइँदैन । समाजमा आत्महत्या हुन्छ, केही दिन यसबारे हो÷हल्ला हुन्छ, त्यत्तिकै हराएर जान्छ । कुनै पनि मानिसले त्यत्तिकै आत्महत्या गर्दैन । उसले जीवन जिउनका लागि धेरै संघर्ष गरेको हुन्छ । समाजमा जिउन हरप्रयास गरेको हुन्छ । धेरै संघर्षपश्चात पनि उसले जीवन जिउने आधार पाएन भने उसको अन्तिम उपाय आत्महत्या हो ।  

मनोचिकित्सक भन्छन्–आत्महत्या तनावपूर्ण जीवन परिस्थितिहरूको प्रतिक्रिया हो । यो मानसिक स्वास्थ्य समस्याहरूमा विशेषगरी डिप्रेसनको चरम अभिव्यक्ति हो । विभिन्न मनोविद्का अनुसार आत्महत्या भनेको एक जेनेटिक आधार हो, आफ्नै मनोविज्ञान र भावनात्मका कारणले गर्दा नै मानिसले आत्महत्या गर्ने निर्णय गर्छ । तर अब यो मनोवैज्ञानिक धारणा कतै अपुरो त छैन ? समाजमा मानिसले आत्महत्या गर्ने निणर्यहरू के समाजमा भएका सामाजिक संरचनागत कारण त होइन ? यसबारे घनिभूत छलफल हुनुपर्छ ।

कुनै व्यक्ति उच्चरूपमा समाजमा समाहित बनाउन सकियो भने जसले कुनै पनि व्यक्तिमा आत्महत्यालाई न्यून गर्न मद्दत गर्दछ । कारण सामाजिक संरचना  

समाजशास्त्री इमाइल दुर्खिमले भनेका छन् कि आत्महत्या मनोविज्ञानिक र भावनात्मक कारणले मात्र नभई सामाजिक कारणले हुन्छ अर्थात् यस्तो निर्णयमा मानिस पुग्छ । हो, मानिस सामाजिक प्राणी हो । ऊ समाजविना बाँच्न सक्दैन । कुनै पनि व्यक्ति वा परिवारलाई हाम्रा समाजमा भएका सामाजिक संरचनाले हरसमय बाँधिराखेको हुन्छ । अहिलेको जल्दोबल्दो समस्यामा आत्महत्याको समाजिक मुद्दा भनेको प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर आगो लगाई आत्महत्या गरिएको विषय हो । यही समयावधिमा धेरै मानिसले आत्महत्या गरिसकेका छन् । तर अरूको बारेमा खोजीनीति भएको छैन । भर्खर एक लोकदोहोरी गायकले आत्महत्या गरेका छन् ।  

आत्महत्या धेरै कारण भएका छन् । यसमा सामाजिक संरचनाले प्रभाव पारेको छ । कसैले वैवाहिक सम्बन्धमा दरार आएर आत्महत्या गरेका छन् । आत्महत्या हुने कारणहरू नेपाली समाजमा भएका सामाजिक संरचना नै हुन् ।  

मानव व्यवहारमा सामाजिक परिस्थितिले प्रभावित गर्छ । फलस्वरूप हामीले सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थाको परिवेश तथा सन्दर्भ बुझ्नु आवश्यक छ ।  

दुर्खिमका अनुसार मानिसले आत्महत्या गर्ने प्रमुख कारण सामाजिक हो । त्यसैले उनले जीवविज्ञान र मनोविज्ञान जस्ता अन्य विज्ञानबाट व्याख्या गरिएको आत्महत्याका कारण अस्वीकार गरेका छन् । जैविक र मनोवैज्ञानिक कारणले मात्र मानिस आत्महत्याका लागि तयार हुँदैन । यसमा धेरै सामाजिक कारणले प्रभाव पारेको छ । यो भनाइ शतप्रतिशत सान्दर्भिक पनि छ ।

कुनै व्यक्तिलाई समाजमा राम्ररी समाहित गर्न सकिएन भने त्यस्ता परिघटनाले उसलाई आत्महत्या गर्न प्रतादित गर्छ । यो अध्ययनले पनि देखाएको छ । त्यसैगरी कुनै व्यक्ति उच्चरूपमा समाजमा समाहित बनाउन सकियो भने जसले कुनै पनि व्यक्तिमा आत्महत्यालाई न्यून गर्न मद्दत गर्दछ ।  

कुनै पनि व्यक्ति जो डिप्रेसनमा छ, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थामा प्रतचडित छ भने जतिसक्दो चाँडो सामाजिक सद्भावको घेराभित्र ल्याउन सक्नुपर्छ । यस्ता धेरै हाम्रा सामाजिक संरचना छन् जसले आत्महत्या गर्न प्रेरित गर्छ । मानव व्यवहारमा सामाजिक परिस्थितिले प्रभावित गर्छ । फलस्वरूप हामीले सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थाको परिवेश तथा सन्दर्भ बुझ्नु आवश्यक छ ।  

आर्थिक वर्ष २०६८/६९ को आत्महत्या गर्नेको दर र आर्थिक वर्ष २०७८/७९ आत्महत्या प्रतिशत हेर्ने हो भने ७२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

रोकथाम र नियन्त्रण  

आत्महत्या रोकथाम विश्वभरि चुनौती बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष करिब आठ लाख मानिसले आत्महत्या गर्छन् । जुन संख्या प्रत्येक ४० सेकेन्डमा एउटा आत्महत्या बराबर हुन्छ । आर्थिक वर्ष २०२१–०२२ मा ६ हजार ७ सय ९२ जनाले आत्महत्या (औसत प्रत्येक दिन १८ जनाभन्दा बढी) गरेका देखिएको छ । यो संख्या अघिल्लो आर्थिक वर्ष २०२०–२०२१ को तुलनामा कम थियो जब ७,११७ (प्रत्येक दिन १९ भन्दा बढी)ले आफ्नो ज्यान आफैँ लिए ।  

चिन्ता छ कि आत्महत्या गर्ने अवस्था दिन÷प्रतिदिन बढ्दो छ । अझ झन् यसले विकराल रूप लिने अवस्था देखिँदैछ । आर्थिक वर्ष २०६८/६९ को आत्महत्या गर्नेको दर र आर्थिक वर्ष २०७८/७९ आत्महत्या प्रतिशत हेर्ने हो भने ७२ प्रतिशतले वृद्धि भएको देखिन्छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार ६.५ प्रतिशत मानिस आत्महत्या गर्ने योजना र विचार गर्छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार विश्वभर १५ वर्षदेखि २९ वर्षको उमेरमा मृत्युको एक प्रमुख कारण आत्महत्या हो । यसरी नेपाली समाजमा युवा जमात नै आत्महत्यामा बढी सहभागी रहेको पाइन्छ । 

मानिस दिन प्रतिदिन आत्महत्या गर्ने। आत्महत्या गर्ने सोच र विचार गर्ने। के यो अहिलेको सामाजिक समस्या होइन्? यसले भोलीको युवा जमात र समाजमा के मार्ग दर्शन दिन्छ? के यसको गहन रुपमा अध्ययन गरि यसको निराकरण गरिनु पर्दैन। यो एक समस्या र चुनौति पनि हो।  

राजनैतिक संरचना जसरी परिवर्तन भयो त्यसैगरि मानिसको दैनिक जिवनचर्या परिर्वतन हुन सकेको छैन्। हरेक क्षेत्रमा मानिसमा दुःख कष्ट छ। जिविकापार्जन गर्ने कुनै उपाए नै छैन। राजनीतिक परिवर्तनका लागि मात्र लामो अवधि बिताइएको छ।

राजनैतिक परिर्वतनसँगै विकासको अपेक्षा गरेका नेपाली समाजमा निराशा मात्र थुप्रिएका छन धेरै युवा विदेश पलाएन हुने क्रम दिन प्रतिदिन बढदो छ।  

मानिसको दैनिक जिविकापार्जन गर्ने अवस्था झन–झन खस्किदै गएको छ। बेरोजगार र आर्थिक समस्याले चेपिदै गएका छन्। युवा जमातमा निराश बढदै गएको छ। आर्थिक अवस्थाले दिनप्रतिदिन भङ्गालोमा घचट्दै छ। भर्खर आत्महत्या गर्ने आचार्यको समस्या पनि आर्थिक समस्यानै थियो । जीवनमा धेरै संघर्ष गर्दा पनि उनले व्यापार व्यवसायमा असफलता मात्र हात पारे। राज्यका संरचानाहरुका झन्झटहरुबाट पेलिदै गए। सामाजबाट अपहेलित हुँदै गए।  

अन्तमा उनले आत्महत्या गरे। यो त उनी एक मात्र पात्र हुन यस्ता समस्या घर घरमा हरेक समाजमा छन्। यसरी हरेक प्रयासमा पनि असफलता नै असफलताको कारण मानिसको अन्तिम उपाए नै आत्महत्या भएको छ।

मानिस दिन प्रतिदिन आत्महत्या गर्ने। आत्महत्या गर्ने सोच र विचार गर्ने। के यो अहिलेको सामाजिक समस्या होइन? यसले भोलीको युवा जमात र समाजमा के मार्ग दर्शन दिन्छ? के यसको गहन रूपमा अध्ययन गरी यसको निराकरण गरिनु पर्दैन। यो एक समस्या र चुनौती पनि हो। 

राजनैतिक संरचना जसरी परिवर्तन भयो त्यसैगरी मानिसको दैनिक जीवनचर्या परिवर्तन हुन सकेको छैन। हरेक क्षेत्रमा मानिसमा दुःख कष्ट छ। जीविकोपार्जन गर्ने कुनै उपाय नै छैन। राजनीतिक परिवर्तनका लागि मात्र लामो अवधि बिताइएको छ।

राजनैतिक परिवर्तनसँगै विकासको अपेक्षा गरेका नेपाली समाजमा निराशा मात्र थुप्रिएका छन् धेरै युवा विदेश पलाएन हुने क्रम दिन प्रतिदिन बढ्दो छ।  

मानिसको दैनिक जीविकोपार्जन गर्ने अवस्था झन्–झन् खस्किँदै गएको छ। बेरोजगार र आर्थिक समस्याले चेपिँदै गएका छन्। युवा जमातमा निराश बढ्दै गएको छ। आर्थिक अवस्थाले दिनप्रतिदिन अङ्गालोमा घचेट्दै छ। भर्खर आत्महत्या गर्ने आचार्यको समस्या पनि आर्थिक समस्या नै थियो । जीवनमा धेरै सङ्घर्ष गर्दा पनि उनले व्यापार व्यवसायमा असफलता मात्र हात पारे। राज्यका संरचानाहरुका झन्झटहरूबाट पेलिँदै गए। सामाझबाट अपहेलित हुँदै गए।  

अन्तमा उनले आत्महत्या गरे। यो त उनी एक मात्र पात्र हुन यस्ता समस्या घर घरमा हरेक समाजमा छन्। यसरी हरेक प्रयासमा पनि असफलता नै असफलताको कारण मानिसको अन्तिम उपाय नै आत्महत्या भएको छ।

निष्कर्ष  

के दिनप्रतिदिन भइरहेका आत्महत्याका घटना देश विदेशमा रहेका सहयोगी हातबाट आर्थिक सङ्कलन गरेर मात्र नियन्त्रण गर्न सकिन्छ ? कति जना मानिसका लागि आर्थिक सङ्कलन गर्ने त यो अवश्य पनि सम्भव हुँदैन। कुनै एक व्यक्तिलाई आर्थिक सङ्कलन गरेर यो समस्या समाधान हुन्छ त अवश्य नि हुँदैन।  

अब राज्यबाट नै एउटा संरचना बनाउनु पर्दछ। जसबाट यस्ता मानसिक समस्याबाट गुज्रिएकाहरूको पहिचान गर्न सक्नु पर्दछ। अव उपचार भनेको चिकित्सा विधि मात्र होइन। औषधी उपचार मात्र गरेर मानिसको उपचार हुँदैन। के मानिसलाई डिप्रेसन भएपछि अस्पताल लगेर मेडिकल उपचार गर्ने त? के यो नै प्रमुख समाधान हो त? यो अहिलेको प्रमुख प्रश्न हो?  

अब उनीहरूलाई मानसिक स्वास्थ्य भित्र अङ्कगणितका रूपमा गणना गरेर पुग्दैन अव यो समस्या समाज शास्त्रीय सामाजिक मनोवैज्ञानिक तवरबाट अध्ययन गर्नु पर्दछ। यसको खोज अनुसन्धान गरेर आत्महत्या कम गर्नेमा राज्यको निकाय नै अग्रसर हुनु पर्दछ।  

सामाजिक एकीकरण र सामाजिक नियमन भित्र पर्ने मूल्य मान्यताहरूलाई मिहिन रूपमा अध्ययन गरी आत्महत्या न्यूनीकरण गर्न राज्य र नागरिक समाजको आवश्यकता छ भने यस्तो संरचना बनाउन छिटो भन्दा छिटो पहल गर्नुपर्दछ।  अव यसको समाधान चिकित्सा प्रविधिले मात्र हुँदैन। समाज शास्त्रीय दृष्ट्रिकोणबाट मिहिन रूपमा अध्ययन गर्दै सामाजिक परामर्श गर्नुपर्दछ ।  

 

प्रकाशित: १५ आश्विन २०८० ००:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App