९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

‘स्वान सङ’मा मुग्ध कांग्रेस

अंग्रेजी शब्दकोशमा एउटा शब्द छ । स्वान सङ । स्वान सङको के अर्थ हुँदो रहेछ भने जब भाले राजहाँस मृत्युको मुखमा पुग्छ उसले बडो हृदय विदारक गीत गाउँदो रहेछ । अरू सबै वरिपरिका हाँसहरूले आँसु चुहाउँदै त्यो मर्न लागेको राजहाँसको गीत सुनेर अफसोस मान्दा रहेछन् । नेपाली कांग्रेसबाट फाइदा लिएका र नलिएको कांग्रेस र गैरकांग्रेसले हंस गीत स्वान सङ टोनमा केही हप्ता यता लेखहरू लेख्दैछन् ।

कांग्रेसका रानी–राजकुमार–राजकुमारीले २०४८ पछिको आफ्नो आर्थिक, सामाजिक र राजनीतिक हैसियत कहाँबाट कहाँ पुग्यो भनेर हेरे मात्रै पनि कांग्रेस कहाँ–कहाँ चुक्यो भन्ने देखिन्छ । बिपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद, सूर्यप्रसादको नेतृत्वको कांग्रेस र शेरबहादुरको नेतृत्वमा पार्टी र सरकारमा कसरी चलेको छ, सजिलै भन्न सकिन्छ ।

नेपाली कांग्रेस र नेपालको प्रजातन्त्रबारे केही दिनयता कांग्रेसभित्रका र स्वतन्त्र र बुद्धिजीवी तथा प्रतिपक्षका लेखक तथा विचारकहरूले समय–समयमा लेख तथा रचना प्रकाशित गर्दै आएका छन् । ती लेखहरूले नेपाली कांग्रेसजस्तो पार्टी सिद्धान्तहीन बन्दै गएको र सीमित प्रतिनिधित्व हुने आफूलाई तराईकेन्द्रित भन्ने पार्टीहरूले दक्षिणी छिमेकीको रुचिमा देशै टुक्र्याउने खालका माग राखेर देशलाई दिशाहीन अवस्थामा पु¥याएका छन् । ठूलो कठिन परिस्थितिमा पनि कांग्रेसका पुराना नेताहरूले पार्टी र देश बचाएकै थिए । कांग्रेस पार्टी किन मधेसकेन्द्रित पार्टीका नाजायज मागसँग सम्झौता गर्न खोज्दैछ रु संशयको विषय छ ।

अगस्ट २, २०१७ को एउटा अंग्रेजी दैनिकमा क्यानडा निवासी नरेश कोइराला लेख्छन्, “नेपालको अहिलेको शैलीको प्रजातन्त्र तब मात्र बचाउन सकिन्छ, जतिखेर अहिलेका पुस्ताका भ्रष्ट नक्कली र फ्युडल नेताहरूलाई सत्ता र नेतृत्वबाट हटाउन सकिन्छ । कोइरालाले इकोनमिक इन्टलिजेन्स युनिट ९इआइयु० को डिमोक्र्यासी इन्डेक्स २०१६ उद्धृत गर्दै लेखेका छन्, “अमेरिकी डिमोक्र्यासी फल्स छ भने नेपालको डिमोक्र्यासी हाइब्रिड ९वर्णशंकर० छ । डिआई इन्डेक्सले फूल डिमोक्र्यासी, फल्स डिमोक्र्यासी, हाइब्रिड डिमोक्र्यासी र अथोरोटेरियनसमेत गरी चार प्रकारका प्रजातन्त्र ९डिमोक्र्यासीको० परिभाषा गरेको छ ।”

“हाइब्रिड डिमोक्र्यासीमा भ्रष्टाचारको बिगबिगी हुने र कानुनी शासन अत्यन्तै निरीह हुन्छ । त्यस्तो प्रजातन्त्रमा पत्रकारितालाई, पत्रकारलाई  प्रेसरहरू र दुरुत्साहित गरिन्छ । त्यस्तो प्रजातन्त्रमा न्यायालय स्वतन्त्र हुँदैन ।” अहिलेको नेपालमा आपूmलाई प्रजातन्त्रवादी र गणतन्त्रवादी भन्ने कांग्रेस एमाले र माओवादी रमाइरहेको प्रजातन्त्र हाइब्रिड ९वर्णशंकर० प्रजातन्त्र हो ।

कांग्रेसका तीन–तीन पटक मनोनित भएका सांसद र प्रतिष्ठित वकिल राधेश्याम अधिकारीले साउन १५ गतेको एउटा दैनिक छापामा कांग्रेसको भविष्य सकिएकै हो रु भन्ने शीर्षकको लेखमा अधिकारी लेख्छन्, “राष्ट्रियता प्रजातन्त्र र लोककल्याणकारी राज्य ९प्रजातान्त्रिक समाजवाद० यसको चुरो मूल्य एवं मान्यता हो । जनताप्रति उत्तरदायी, बहुलवाद, कानुनको शासन, विधिको सर्वोच्चता, स्वतन्त्र न्यायपालिका एवं स्वतन्त्र प्रेस यसका आधारभूत दार्शनिक आधार हुन् । यिनै मूल्य मान्यताको जगमा निर्माण भएको पार्टी आज जनतासमक्ष किन रक्षात्मक बनेको छ रु यो प्रश्न भने विचारणीय छ ।”

पार्टी सभापति देउवा प्रधानमन्त्री भएपछिको यो दुई–तीन महिनाको छोटो अवधिमा कांग्रेसले लिएको केही निर्णयले नै कांग्रेसको सैद्धान्तिक कथनी र कांग्रेसको सरकार र पार्टीले लिएको निर्णय गलत दिशातिर गएको देखिँदैन र रु

 प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावले कांग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा कहाँ अडेको छ रु त्यसै गरी कांग्रेसका महामन्त्री शशांक कोइरालाले सार्वजनिक समारोहहरूमा सर्वोच्च अदालत समेतका सबै अदालतलाई संसद्को मातहतमा ल्याउने पटक–पटक बताउँदै आएका छन् । कांग्रेसले यसको आधिकारिक खण्डन गरेको देखिएको छैन । जुन कांग्रेसका बीपी स्वतन्त्र न्यायालयको पक्षमा जीवनभर लडेका थिए । अहिलेको कांग्रेस बीपीकै लिगेसीमा चलेको छ भन्न पनि गाह्रो छ ।

‘प्रजातन्त्रको विनाश र नवउदारवादको ‘कुटिल क्रान्ति’ पुस्तक उद्धृत गर्दै लेखेका छन्, “जीवनको पूर्णता वा उच्च प्रकृति जस्ता कुरालाई आज नवउदारवादले पल्टाइदिएको छ । माक्र्स र अरू चिन्तकले भनेको मानव मूल्य अहिले ह्रास भइरहेछ । नवउदारवादको बाटोबाट पुँजीवादले अब पूरै मानवजातिलाई निल्दै छ । लोकतान्त्रिक सपनाहरूलाई यसले संकटमा पार्दैछ ।”

अहिले कांग्रेस पार्टी र यसको सरकार स्वतन्त्र निर्वाचनको पक्षमा पनि देखिँदैन । निर्वाचन आयोगलाई प्रधानमन्त्री एकै दिन निर्वाचन मिति तोक्न औँलो ठड्याइरहेको देखिएको छ । समाजवाद, विधिको शासन, स्वतन्त्र न्यायपालिकाजस्ता कुरा देखाउने तपसिलका कुरा मात्रै देखिए । २०४८ सालपछि कांग्रेसले कस्तो समाजवाद ल्यायो रु त्यसैले नै पचासौँ लाख युवा विदेशिन बाध्य भए । काठको बाकसमा दैनिक आठ देशबाट लास आउने अवस्था कांग्रेसको समाजवादी नीतिको परिणाम होइन र रु अहिलेका कांग्रेस लगायतका पार्टीहरूको ध्यान छिटोछिटो पैसा कमाउ मात्र भएको छ । अहिलेको कांग्रेस न समाजवादी हो, न त पुँजीवादी हो । सत्तावादी मात्रै देखिएको छ ।

कांग्रेसका नेता डा। शेखर कोइरालाले साउन २४ गतेको एक दैनिकमा ‘कहाँ चुक्यो कांग्रेस रु’ शीर्षकको लेख लेखेका छन् । कांग्रेसका सत्ता र शक्तिमा भएका केही राजकुमार र राजकुमारीले २०४८ पछिको आफ्नो  आर्थिक, सामाजिक र राजनीतिक हैसियत कहाँबाट कहाँ पुग्यो भनेर हेरे मात्रै पनि कांग्रेस कहाँ–कहाँ चुक्यो भन्ने देखिन्छ । पार्टीभित्र टिकटको किनबेच मनोनित सांसद पदको किनबेच, आइजिपी प्रकरण, पार्टी कार्यकर्तालाई हँसिया हथौडामा भोट हाल्न बाध्य पार्ने स्थिति र गाडीको लाइलेन्स लिन, ड्राइभिङ लाइसेन्स लिन र हुलाकको टिकट किन्न पनि कमिसन तिर्नुपर्ने स्थिति र ठूलो रूपमा पार्टीबाट र राज्यबाट भएका यावत् संस्थागत भ्रष्टाचारबाट जनता अवगत भइसकेका छन् । यस्तो अराजक अवस्थाको कांग्रेस पार्टीले पनि यति धेरै मत किन कांग्रेसले पायो । भन्ने पो समिक्षा हुनुपर्छ कि रु

६ साउन २०७४ मा एउटा दैनिक छापामा लोकेश ढकालले ‘बिपी दर्शन र कांग्रेस’ शीर्षकमा एउटा लेख लेखेका छन् । ढकाल लेख्छन्, “नेपाली राजनीतिको यही कठिन चुनौतीको बीचमा आज हामी राजनेता बिपी कोइरालाको ३५ औँ स्मृति दिवसमा उहाँलाई सम्मानपूर्वक स्मरण गरिरहेका छौँ । आज देश बिपीले कल्पना गरेका विचार र सिद्धान्तको बाटोमा छैन । स्वयं बिपीसमेतले स्थापना गरेका र लामो समयसम्म नेतृत्व गरेका ऐतिहासिक गौरवशाली प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस आफैँ उहाँको विचार र सिद्धान्तको मार्गमा छैन । लोकेशको यो भनाइ मार्मिक छ ।

माओले बीपी कोइरालासँग सेयर गरेका माओको अनुभवलाई मन छुने  गरी आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्, “माओले के भने भने रूसलाई त्यसभन्दा पहिलेसम्म ठूलो दाजु सम्झेर रूसका अनुभवहरू बेसी छन्, लेनिन र क्रान्तिहरू भनेर जहिले पनि रूसको कुराबाट निर्देशित हुन्थ्यौँ । केही घटनापछि हामीले के निश्चय ग¥यौँ भने अब हामी उनीहरूको कुरा मान्दैनौँ । त्यसको केही वर्षपछि हामी सत्तामा पुग्यौँ । अर्काको लहैलहैमा लागेर काम गर्दा अर्कालाई फाइदा हुने काम बेसी हुँदो रहेछ । हाम्रो त्यो अनुभव हो । तिमीहरूले पनि आफूलाई राम्रो हुने काम गर्नुपर्छ अर्काको निर्देशनमा जानु हुँदैन ।” नेपाली कांग्रेसका ढकालको उक्त मूल्यांकनबाट नै कांग्रेस कता छ भन्ने प्रस्ट हुन्छ । नीति, सिद्धान्त र विचार हराएको र भ्रष्टाचारको जालोमा फसेको अहिलेको कांग्रेसको गन्तव्य कहाँ छ भन्ने कुरो धेरै कांग्रेसजनले बुझिसकेका छन् । तिसौं वर्षदेखि सत्तामा बसिरहेका सामन्त शैलीका नेताको झोला मात्र अभिशप्त युवा पुस्ताले कति दिन बोक्ने धैर्य राख्छन् रु

२०१२ मंसिर १२ देखि १४ सम्म वीरगञ्जमा नेपाली कांग्रेसको छैटौँ महाधिवेशन सम्पन्न भयो । त्यो सम्मेलनमा बिपी कोइराला, सुपर्ण शमशेर र गणेशमानसिंह सभापतिका उम्मेदवार भए । अन्तिमसम्म पनि कसैले पनि नाम फिर्ता नगर्ने देखेपछि बिपीले भने, “साथीहरू म प्रतिस्पर्धा गर्दिनँ, म आफ्नो उम्मेदवारी फिर्ता लिन्छु ।”

हेर्नुहोस् । कति त्यागी छन् । बिपीको भिजन, दृष्टिकोण त्याग र अरू नेताहरू, सुवर्णशमशेर, गणेशमान, सूर्यप्रसाद उपाध्याय र कृष्णप्रसाद भट्टराईको त्याग तपस्या र बलिदान अतुलनीय छ । बिपी, सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराईको देनलाई कति वर्ष भजाउने रु इतिहासको सबै कालखण्डमा चीनका सनयतसेन, माओन्सतुङ, चाउएनलाई, देङस्याओपेङ जस्ता नेता जन्मँदैनन् । त्यसैगरी भारतमा जन्मेका जयप्रकाशजस्ता नेता पनि यदाकदा मात्र जन्मन्छन् । २०४६ पछि गिरिजाप्रसादको उदयप्रति जुन संस्थागत भ्रष्टाचारको शृङ्खला सुरु भयो अहिलेको प्रचण्ड देउवाकालीन भ्रष्टाचारको दलदल त्यसैको चरम विकृत रूप हो ।

बिपीले कतै लेखेका थिए “चीनको कोमिन्ताङ पार्टीका नेता डा। सनयतसेन यति प्रभावशाली थिए कि उनले चीनको राजनीतिलाई आफ्नै औँलाको टुप्पोमा घुमाउने सामथ्र्य राख्थे । कम्युनिस्ट पार्टी र कोमिन्ताङ पार्टी उनलाई बडो सम्मान गर्थे । चीनबाट जापानीलाई लखेटेपछि उनको पार्टीका नेता चेङकाइसेक भागेर ताइवान गए । अमेरिकाको सपोर्टमा छुट्टै राज्य ताइवान बनाएर बसे । सनयतको प्रभाव चीनमा सधैँ रहेन ।

सिद्धान्त भ्रष्ट आर्थिक भ्रष्टाचारमा लिप्त, कांग्रेस जो पद, पैसा र प्रतिष्ठाका लागि मरिमेट्छ, त्यसमा एउटा सैद्धान्तिक र वैचारिक कारणले आकर्षित युवाले आफ्नो आकर्षण कति दिन राख्छन् रु

नरेश कोइरालाले भनेजस्तै अहिलेको कांग्रेसका लोभी, कम अध्ययन गर्ने र भ्रष्टाचारको दलदलमा भएको नेतृत्वका पछि लाग्ने कि नयाँ विकल्प खोज्ने कांग्रेसका नयाँ क्याडरको चुनौती त्यही नै हो ।

हिजोको बिपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद भट्टराई र सूर्यप्रसादको नेतृत्वको कांग्रेस र अहिलेको शेरबहादुरको नेतृत्वको पार्टी र सरकार हेरे कांग्रेस कता जाँदै छ, सजिलै तुलना गर्न सकिन्छ ।

प्रकाशित: २२ भाद्र २०७४ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App